बिजुलीले गाउँ झिलीमिली भएपछि स्थानीयवासी हर्षित
नेपालबहस संवाददाता
फागुन २१, २०७९ सोमबार ०:२६:२६
२१ फागुन, जुम्ला । जुम्लाको तिला गाउँपालिका–७ मा रहेको ग्रामीण पोखरी गाउँमा सौर्य ऊर्जाबाट विद्युत् सेवा सञ्चालनमा ल्याइएको छ । उज्यालो पोखरी गाउँ घोषणा कार्यक्रमको आज उद्घाटन गर्दै कर्णाली प्रदेश सरकारका पूर्वआन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भणडरीले भने, “गाउँमा सहजरुपमा बिजुली उत्पादन भएको छ ।”
आगामी दिनमा प्रत्येकको घरमा दाउराबाट नभइ विद्युतीय चुलोबाट खाना पकाउनका लागि आवश्यक पर्ने स्रोत साधनको व्यवस्थापन गरिने विश्वास दिलाउँदै पूर्वमन्त्री भण्डारीले दीर्घकालीनरूपमा सेवा प्रवाह गरिने बताए । स्थानीय सरकारको समन्वय र आफ्नो पहलमा ५० किलोवाट क्षमताकोसौर्य ऊर्जा सञ्चालनमा आएको पूर्व कानुनमन्त्री भण्डारीले जानकारी दिए ।
वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र र तिला गाउँपालिकाको सहयोगमा सेवा विस्तार गरिएको हो । बिजुलीले गाउँ झिलीमिली भएपछि स्थानीयवासी हर्षित भएका छन् । वैकल्पिक केन्द्रको रु तीन करोड एक लाख ८८ हजार र पालिकाको रु ३० लाख साझेदारीमा सौर्य ऊर्जा निर्माण भएको गाउँपालिका अध्यक्ष मोतिलाल रोकायाले जानकारी दिए ।
विद्युत् सेवा नहुँदा यहाँका स्थानीयवासी सल्लाको दियालोका भरमा थिए । अब बिजुली आएपछि सबै खुशी भएको पोखरी सौर्य ऊर्जा उपझोक्ता समितिका सचिव गोविन्द रोकायाले बताए । सौर्य ऊर्जाले गाउँ नै झिलीमिली भएपछि बिजुली बाल्ने धोको पूरा भएको उनले उल्लेख गरे ।
सबै गरेर एक सय २० घरमा बिजुली बालिएको केन्द्रले जनाएको छ । एक घरले दुई बल्बभन्दा बढी बालेका छैनन् । गाउँमा पोलपोलमा बिजुली बालिएको छ । जतिबेला पनि मोबाइल चार्ज गर्न पाइएको छ । टीभी र वाइफाइ चलाउनसमेत सजिलो भएको पोखरी गाउँका स्थानीयवासी बताउँछन् ।
उत्पादन भएको बिजुलीबाट गाउँमा कुटानी, पिसानी र काठ चिरानी मेसिन पनि सञ्चालनमा आउन सहज हुने पोखरीवासी बताउँछन् । बिजुली बालेपछि स्थानीयवासीको मुहारमा खुशी देखिएको छ । दियालोको धूवाँका कारण स्थानीयमा श्वासप्रश्वाससम्बन्धि रोगले सताउने गरेको भए पनि बिजुली बल्दा त्यस्ता समस्या समाधान हुने स्थानीवासी धिरज रोकायाले विश्वास व्यक्त गरे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसाढे १७ करोड अमेरिकी डलर लगानीमा मनाङ मर्स्याङ्दी जलविद्युत् आयोजनाको निर्माण सुरु
मंसिर ८, २०८१ शनिबार
राष्ट्रिय प्रणालीमा जोडियो साञ्जेनको बिजुली
मंसिर ८, २०८१ शनिबार
रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो
मंसिर ६, २०८१ बिहिबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
सरकार जनतालाई स्वच्छ एवं शुद्ध खानेपानी पुरयाउन कटिबद्ध छ : मन्त्री यादव
मंसिर ९, २०८१ आइतबार
इरानले शुक्रबार फ्रान्स, जर्मनी र बेलायतसँग आणविक वार्ता गर्ने
मंसिर ९, २०८१ आइतबार
उपनिर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपति पौडेलको स्वीकृति
मंसिर ९, २०८१ आइतबार
इटहरीमा भएको सवारी दुर्घटनामा दम्पतीको मृत्यु
मंसिर ९, २०८१ आइतबार
राष्ट्रिय गौरवका आयोजनामा देखिएका समस्या तत्काल समाधान गर्न प्रधानमन्त्रीको निर्देशन
मंसिर ९, २०८१ आइतबार