मधेसको होली पर्वको मुख्य आकर्षक जोगिरा युवा पुस्तामा कमी
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_E0Qh2H6kyW.jpeg
)
नेपालबहस संवाददाता
फागुन २२, २०७९ सोमबार १५:२४:५८
![](https://nepalbahas.prixacdn.net/media/albums/holi-10_DdaVT91Dfv.jpg)
सुधा देव
२२ फागुन, सप्तरी । एकआपसमा भएको मतभेद अन्त्य गर्दै मेलमिलाप गर्ने माध्यमको रूपमा मनाईदै आएको होली पर्व शुरू भएसंगै गाउँघरमा जोगिराको धुन गुन्जिन थालेको छ। जोगगिरा सरर धुन गुन्जिन केही कमि आएपनि परम्परा र संस्कृतिलाई निरन्तरता दिन जोगिरा गाउने चलन अझै कायम रहेको राजविराज १ का ७० वर्षिय सुला रजकले बताए।
उनले भने, ‘श्रीपञ्चमीदेखि फागु पूर्णिमासम्म गाइने फागु गीत होलीको एक हप्ता अगाडी त्यो पनि ग्रामीण भेगमा कतै कतमात्रै गुन्जिने, सुनिने देखिने गरेको छ, पहिले बुवाको पालोमा गीत गाएरै फागु आएको महशुस हुन्थ्यो , ढोल बज्थ्यो, मृदंग बज्थ्यो फागु गीत गुन्जिन्थ्योअहिले त्यसमा निकै कमि आएको छ ।’
‘जोगीरा सर‘र‘र‘, कौन तालपर ढोलक बाजे कौन ताल मृदंङ। कौन तालपर गोरिया नाचे कौन तालपर हम‘ भन्ने गीत, ढोल, मृदंग र डम्फूको स्वर अब न्युन सुन्न नपाइने गरेको राजविराज नगरपालिका वडा नं १३ बिषहरियाका ७० वर्षिया किशुनदेव यादवले बताए।’
उनले थपे, ‘पहिले पहिले त गाउँको कुनै निश्चित ठाउँमा गाउँका मानिसहरू एक ठाउँमा भेला भई अबेर रातिसम्म जोगीरा गाइन्थ्यो । गाउँका केटाकेटी ,महिला बृद्धबृद्धा र जोगीरा गाउँने व्यक्ति सबैले आनन्द लिएर हेर्थे र सुन्थे।गाउँ नै आनन्दित हुन्थे तर अहिले त्यस्तो रौनक छैन’
समयको परिवर्तनसँगै गाउँका युवा रोजगारीका लागि गाउँ छोड्दै शहर र बिदेशिएपछि जोगिरा सररर मा कमि आएको यादवको कथन छ। होलीको अबसरमा गाईने जोगिरा कार्यक्रममा युवाहरूसंगै ज्येष्ठ नागरिकले पनि रमाईलो गरेर आनन्द लिने गरेको राजविराज नगरपालिका २ का ६० वर्षिया सावित्री देवी देवले बताईन् ।
होलीको अबसरमा गाईने जोगिरा मधेसको पहिचान र गौरव हो।यसलाई निरन्तरता दिन सबैले पहल गर्नु पर्ने देवको भना छ । उनले थपे, झ यसको संरक्षणमा युवावर्ग अगाडि आउन जरुरी छ।ञ
समाजिक सदभाव ,मेलमिलाप साथ सरस्वती पूजाको मूर्ति सेलाएसँगै ढोलको ताल संगै सुरुहुने हुने होली पर्व १ लार , परालको ठूलो झुप्रो बनाएर होलिका दहनको भोलिपल्ट माल पुवा ,पूरी खाएर रम्दै रंग ,अबिर एक आपसमा दल्दै खुसी उमंगले मधेसमा होली मनाईने प्रचलन रहेको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकार्यसम्पादनमा सुदूरपश्चिम उत्कृष्ट, मधेस सबैभन्दा कमजोर
फागुन २, २०८१ शुक्रबार
शिक्षकको अभाव टार्न प्रदेश स्वयंसेवक शिक्षक परिचालन गर्दै मधेस सरकार
फागुन २, २०८१ शुक्रबार
वन्यजन्तुको बसाइ गाउँबस्ती नजिक, स्थानीय जनता प्रभावित
माघ २८, २०८१ सोमबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
बन्दीपुर–६ का सचिव कुट्ने वडाध्यक्ष पक्राउ
फागुन ५, २०८१ सोमबार
प्रतिनिधिसभाबाट ‘भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०८१’ सर्वसम्मतिले पारित
फागुन ५, २०८१ सोमबार
प्रधानमन्त्री ओलीद्वारा टरिगाउँ विमानस्थल अवलोकन
फागुन ५, २०८१ सोमबार
३ थान भरुवा बन्दुकसहित दुई जना पक्राउ
फागुन ५, २०८१ सोमबार
‘प्रहरी विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत
फागुन ५, २०८१ सोमबार