कर्णालीमा औद्योगिक ग्राम निर्माण कार्य अति सुस्त
नेपालबहस संवाददाता
फागुन २२, २०७९ सोमबार १६:५८:२९
♦ हेमन्त केसी
२२ फागुन, सुर्खेत । कर्णालीमा औद्योगिक ग्राम निर्माण कार्यमा अलमल देखिएको छ । संघीय सरकारले अघि सारेको एक स्थानीय तह एक औद्योगिक ग्राम निर्माण कार्यक्रमअन्तर्गत छनोट भएका स्थानीय तहमा निर्माणले गति लिन नसकेको हो ।
सुर्खेतका चार तथा कालिकोट र जाजरकोटका एक–एक पालिकामा औद्योगिक ग्राम निर्माणको घोषणा गरिएको थियो । सुर्खेतको पञ्चपुरी नगरपालिकामा २०७६, भेरीगंगा, चौकुने र गुर्भाकोट नगरपालिका, जाजरकोटको शिवालय गाउँपालिकामा २०७७ सालमा तथा कालिकोटको शुभकालिका गाउँपालिकामा औद्योगिक ग्राम निर्माणका लागि २०७८ सालमा घोषणा गरिएको थियो ।
भेरीगंगाको रामघाटस्थित २० विगाह क्षेत्रमा औद्योगिक ग्राम निर्माणका लागि स्थान तोकिएको छ । उक्त क्षेत्रमा हालसम्म घेरबारको काममात्रै भएको छ । गत आर्थिक वर्षमा संघीय सरकारबाट आएको रकमले घेरबार गरिएको र यस वर्ष संघीय सरकारसँग बजेट माग गरे पनि आइनसकेको नगर प्रमुख यज्ञप्रसाद ढकालले जानकारी दिए ।
यस्तै पञ्चपुरी नगरपालिकाको वडा नं ६ र ८ को बीचमा पर्ने दुलालथाईमा औद्योगिक ग्राम निर्माणका लागि पाँच सय रोपनी जग्गा छुट्याइएको छ । उक्त क्षेत्रमा हालसम्म कार्यालयका लागि चारकोठे भवन, चमेना गृह, शौचालय निर्माण भएको पञ्चपुरी नगरपालिकाका प्रमुख लालवीर भण्डारीले जानकारी दिए । सडक, घेरबारलगायतका काम बाँकी रहेको नगरप्रमुख भण्डारीको भनाइ छ ।
चौकुने गाउँपालिकाको वडा नं ५ स्थित मायाताल औद्योगिक ग्राम निर्माण थालिएको छ । १० बिघा जग्गा छुट्याएर औद्योगिक ग्राम निर्माण थालिए पनि हालसम्म घेराबार, शौचालय र एक वटा कार्यालय भवनमात्रै निर्माण भएको छ । अघिल्लो वर्ष आएको बजेटले भवन र शौचालय निर्माणको काम भए पनि रकम अभावमा अन्य काम अघि बढ्न नसकेको गाउँपालिकाका अध्यक्ष खड्क विकले जानकारी बताए ।
पर्याप्त बजेट नहुँदा औद्योगिक ग्राम निर्माणमा समस्या भएको अध्यक्ष विकको भनाइ छ । उद्योग सञ्चालनका लागि पानी, विद्युतजस्ता पूर्वाधारको तत्काल आवश्यता रहेको उनले बताए । जाजरकोटको शिवालय गाउँपालिकाले वडा नं. ४ मा औद्योगिक ग्रामका लागि ४८ रोपनी जग्गा छुट्याएको छ । औद्योगिक ग्राम निर्माणकार्य भने सुस्त छ ।
चालू आर्थिक वर्षका लागि बजेट आएको छैन । बजेट नआउँदा समयमै निर्माण हुन नसकेको गाउँपालिकाका अध्यक्ष शेरबहादुर शाही बताउँछन् । कालिकोटको शुभकालिका गाउँपालिकाले पनि वडा नं. ४ राराकाटियाँ भन्ने ठाउँमा जग्गा छनोट गरेको छ । गत आर्थिक वर्षमा पूर्वाधार निर्माणका लागि ठेक्का सम्झौता भए पनि काम भने सुरु हुन सकेको छैन ।
निर्माण सुरु गर्नका लागि ठेकेदार कम्पनीसँंग छलफल गरेको र चाँडै सुरु हुने शुभकालिका गाउँपालिकाका अध्यक्ष गोविन्दप्रसाद आचार्यले बताए । “गत वर्ष आएको बजेटले पूर्वाधार निर्माण गर्नका लागि ठेक्का सम्झौता भएको छ,” उनले भने, “ठेकेदारले निर्माण सुरु नगर्दा ढिलो भएको छ हामीले पटकपटक काम सुरु गर्न भनेका छौं अब चाँडै सुरु हुन्छ ।”
कर्णाली प्रदेश सरकारले पनि औद्योगिक ग्राम निर्माणमा साझेदारीका लागि बजेट छुट्याउने गरेको छ । कार्यान्वयन नहुँदा वर्षेनी बजेट फ्रिज हुने गरेको छ । चालू आर्थिक वर्षमा पनि औद्योगिक ग्रामका लागि ३० लाख रुपैयाँ विनियोजन गरिएको छ । मन्त्रिपरिषद्को निर्णयका आधारमा उक्त रकम खर्च हुने मन्त्रालयले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपताप्लेजुङको पाथीभरा क्षेत्रमा हिमपात
मंसिर ६, २०८१ बिहिबार
पहिचान पक्षधरले कोशीमा घोषणा गरे आन्दोलन
मंसिर ३, २०८१ सोमबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार
हिजबुल्लाहसँग युद्बबिरामबारे निर्णय लिन इजरायली मन्त्रिपरिषद बैठक सुरू
मंसिर ११, २०८१ मंगलबार
बाँसबारीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन घाइते
मंसिर ११, २०८१ मंगलबार
मृगौलाको डाइलासिस र पाठेघरको उपचार व्यवस्था मिलाउँछौँं: स्वास्थ्यमन्त्री पौडेल
मंसिर ११, २०८१ मंगलबार
एमाले महासचिव पोखरेलसँग भियतनाम कम्युनिष्ट पार्टीका नेताको भेट
मंसिर ११, २०८१ मंगलबार
रास्वपा सांसदविरुद्धको अवहेलना मुद्दामा थप विवरण मगाउने आदेश
मंसिर ११, २०८१ मंगलबार
सप्तरीमा दुई दिनमा ३८ जना पक्राउ
मंसिर ११, २०८१ मंगलबार