मेयर भट्टराई सम्मानित
नेपालबहस संवाददाता
फागुन २२, २०७९ सोमबार १८:०:२२
२२ फागुन, खोटाङ । किरात समुदायको संस्कार संस्कृतिसँग सम्वन्धित वाबु (चिन्डो)लाई जापान पुर्याएर प्रचार–प्रसार गरेकामा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराई सम्मानित भएका छन् । गत माघमा भएको जापान भ्रमणका क्रममा जापानी मेयरलाई उपहार स्वरुप वाबु (चिन्डो) हस्तान्तरण गरेर फर्किएका मेयर भट्टराईलाई किरात राई चाम्लिङ खाम्बातिम संघीय कार्यसमिति, काठ्माडौंले सम्मान गरेको हो ।
किरात राई चाम्लिङ खाम्बातिम जिल्ला कार्यसमिति खोटाङको व्यवस्थापन एबं किरात राई चाम्लिङ खाम्बातिम संघीय कार्यसमितिको आयोजनामा आइतबारदेखि शुभम फाउण्डेसनमा सुरु भएको सम्मान तथा भाषिक कार्ययोजना निर्माण भेलाको अवसरमा मेयर भट्टराईलाई सम्मान गरिएको हो । मेयर भट्टराईलाई प्रतिनिधिसभा सदस्य रामकुमार राई पासाङ र खाम्बातिमका संघीय कार्य समिति अध्यक्ष युवराज राईले फेटा बाँधेर सम्मान–पत्र हस्तान्तरण गरेका थिए ।
मैत्रीपूर्ण भ्रमणका क्रममा जापान पुगेका मेयर भट्टराईले प्रिफेक्चर तोचिगी नगरका प्रमुख ओखावा हिदेकोलाई उपहार स्वरुप नेपाली मौलिक संस्कृति, पहिचान र राष्ट्रियता झल्काउने सामग्री उपहार स्वरुप हस्तान्तरण गरेका थिए ।
जापानी नगर प्रमुखसँगको औपचारिक भेटमा किरात राईको ऐतिहासिक एवं साँस्कृतिक सामग्रीहरु उपहार स्वरुप प्रदान गरी देशको साँस्कृतिक सम्पत्तीलाई प्रवद्र्धन गरेकामा तीन लाख चाम्लिङ भाषीको साझा संस्थाकोतर्फबाट सम्मान गरिएको खाम्बातिमका अध्यक्ष राईले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपताप्लेजुङको पाथीभरा क्षेत्रमा हिमपात
मंसिर ६, २०८१ बिहिबार
पहिचान पक्षधरले कोशीमा घोषणा गरे आन्दोलन
मंसिर ३, २०८१ सोमबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार
हिजबुल्लाहसँग युद्बबिरामबारे निर्णय लिन इजरायली मन्त्रिपरिषद बैठक सुरू
मंसिर ११, २०८१ मंगलबार
बाँसबारीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन घाइते
मंसिर ११, २०८१ मंगलबार
मृगौलाको डाइलासिस र पाठेघरको उपचार व्यवस्था मिलाउँछौँं: स्वास्थ्यमन्त्री पौडेल
मंसिर ११, २०८१ मंगलबार
एमाले महासचिव पोखरेलसँग भियतनाम कम्युनिष्ट पार्टीका नेताको भेट
मंसिर ११, २०८१ मंगलबार
रास्वपा सांसदविरुद्धको अवहेलना मुद्दामा थप विवरण मगाउने आदेश
मंसिर ११, २०८१ मंगलबार
सप्तरीमा दुई दिनमा ३८ जना पक्राउ
मंसिर ११, २०८१ मंगलबार