उपत्यकामा होलीको उल्लास, रंगियो काठमाडौंको वसन्तपुर

नेपालबहस संवाददाता
फागुन २२, २०७९ सोमबार १९:२६:९

२१ फागुन, काठमाडौं । तराइका केहि ज्जिला बाहेक देशभर सोमबार फागुपूर्णिमा हर्षाेल्लासका साथ मनाइँदै छ । तराईमा औपचारिक रुपमा मंगलबार मनाइने भए पनि आइतबार पनि फागुपूर्णिमा मनाइरहेका छन् ।
फागु पूर्णिमा अवसरमा काठमाडौंको वसन्तपुरमा भेला भएका बालबालिकादेखि युवाहरुले हर्षाेल्लासका साथ मनाइरहेका छन् । एक अर्कालाई रङ लगाएर शुभकामना साटासाट गर्दै नाचगान गरेर फागुपूर्णिमा मनाइरहेका छन् । रंगको चाड होली राजधानीमा उल्लासपूर्वक मनाइँदैछ । काठमाडौं, ललितपुर र भक्तपुरका विभिन्न चोक तथा सडकमा एकत्रित भएर प्रेम र सद्भावको शुभकामना साटासाट गर्दै होली मनाइँरहेका छन्
युवाहरु रंगले सजिएर एक आपसमा खुशी साटासाट गरिरहेका छन् । होलीको अवसरमा विभिन्न स्थानमा सांगीतिक कार्यक्रम पनि आयोजना भएका छन् । विश्वसम्पदा सूचीमा सूचिकृत ऐतिहासिक हनुमान ढोका क्षेत्रमा अवस्थित वसन्तपुर, भृकुटीमण्डप, दरबारमार्ग लगायतका क्षेत्रमा होली खेल्नका लागि युवायुवती, ज्येष्ठ नागरिक र बालबालिकाहरुले उत्तिकै उत्साहजनक सहभागिता जनाएका छन् ।
राजधानीको भृकुटीमण्डपमा आज विहान हाम्रो साझा एरोविक एण्ड डान्स’ले होली विशेष कार्यक्रमको आयोजना गरेको छ । स्वास्थ्यको लागि डान्स नारासहित विगत आठ वर्षदेखि काठमाडौंको भृकुटीमण्डपमा सञ्चालनमा रही निःशुल्क सेवा गर्दै आएको हाम्रो साझा एरोविक डान्सले वर्षभरिमा आउने विभिन्न चाडपर्वहरुमा पिकनिक, तीज, होली लगायतको अवसर पारेर विभिन्न मनोरञ्जनका कार्य पनि गर्दै आएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआज फागुन शुक्ल प्रतिपदा: ग्याल्पो ल्होसार मनाइँदै
फागुन १५, २०८१ शुक्रबार
राष्ट्रपति पौडेलद्वारा ग्याल्पो लोसारको शुभारम्भ
फागुन १५, २०८१ बिहिबार
महाशिवरात्रिः राष्ट्रपति पौडेलले गरे पशुपतिनाथको दर्शन
फागुन १४, २०८१ बुधबार
युएसएआईडीका कामदारहरूलाई आफ्नो कार्यस्थल दुई दिन भित्र खाली गर्न ट्रम्प प्रशासनको निर्देशन
फागुन १५, २०८१ बिहिबार
त्रिभुवन विमानस्थलबाट ३ केजी ७७५ ग्राम सुनसहित चार जना विदेशी नागरिक पक्राउ
फागुन १५, २०८१ बिहिबार
आज फागुन शुक्ल प्रतिपदा: ग्याल्पो ल्होसार मनाइँदै
फागुन १५, २०८१ शुक्रबार
शुक्रबार बिहानै काठमाडौंमा ६.१ म्याग्निच्यूडको भूकम्प
फागुन १५, २०८१ शुक्रबार
काठमाडौंको सुकेधारामा फोहरले पुरेको अवस्थामा शव फेला, हत्याको आशंका
फागुन १५, २०८१ बिहिबार
सिन्धुलीमा गोली लागेर एक जनाको मृत्यु, दुई पक्राउ
फागुन १५, २०८१ बिहिबार
अफगानिस्तानमा ५० लाखभन्दा बढी मानिस विस्थापित
फागुन १५, २०८१ बिहिबार
महाशिवरात्रि सकिएसँगै पशुपति क्षेत्रमा सफाइ सुरु
फागुन १५, २०८१ बिहिबार