राष्ट्रिय राजनीतिबारे सभापति देउवा र नेम्वाङबीच छलफल
नेपालबहस संवाददाता
फागुन २२, २०७९ मंगलबार ०:५२:८
२२ फागुन, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका तर्फबाट राष्ट्रपतिका उम्मेदवार रहेका सुवास नेम्वाङबीच परिछल्लो राजनीतिक घटनाक्रमका विषयमा छलफल भएको छ । २५ फागुनमा हुने राष्ट्रपति निर्वाचनको सम्मुखमा एमालेका संसदीय दलका उपनेतासमेत रहेका नेम्वाङले कांग्रेस सभापति देउवासँग भोट माग्ने सिलसिलमा भेट गरेका भएपनि उनीहरुबीच राष्ट्रिय राजनीतिले कांग्रेस र एमालेबीच सहकार्य खोजेको विषयमा छलफल भएको थियो ।
दुबै दलका उम्मेदवार राष्ट्रपतिको प्रतिस्पर्धामा छन् । यद्यपी नेम्वाङले आफु राष्ट्रपतिको उम्मेदवार भएकाले भेटगर्न आएको बताएका थिए । कांग्रेसबाट रामचन्द्र पौडेल राष्ट्रपतिका उम्मेदवार छन् । दुई नेताहरुबीच राष्ट्रपति निर्वाचनका अलावा अन्य राष्ट्रिय राजनीतिक विषयमा लामो छलफल भएको स्रोतको भनाइ छ । नेम्वाङले राष्ट्रका महत्वपूर्ण विषयहरुमा ठूला दल कांग्रेस र एमाले एकै ठाउँमा रहेर समान धारणा बनाउन आवश्यक देखिएको बताएका थिए ।
राजनीतिक स्थिरता र दिगो विकासका लागि समेत ठूला दल मिल्नुको विकल्प नरहेको नेम्वाङको भनाइ थियो । जवाफमा देउवाले कांग्रेसले आवश्यकताका आधारमा सबै दलसँग सहकार्य गर्दै आएको र भविश्यमा पनि सबै दलसँग राष्ट्रिय हितका विषयमा सहकार्य गरेर जाने बताएका थिए । देउवाले अहिलेको राजनीतिक अस्थिरता हटाउन सबै दलको सहयोग आवश्यक पर्ने भन्दै आर्थिक विकास लगायतका विषयमा काग्रेसले पनि सबै दल एक हुनुपर्ने आवश्यकता महसुस गरेको बताएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमृगौलाको डाइलासिस र पाठेघरको उपचार व्यवस्था मिलाउँछौँं: स्वास्थ्यमन्त्री पौडेल
मंसिर ११, २०८१ मंगलबार
एमाले महासचिव पोखरेलसँग भियतनाम कम्युनिष्ट पार्टीका नेताको भेट
मंसिर ११, २०८१ मंगलबार
‘नेपालमा गणतन्त्र र लोकतन्त्रले सफलता पाएको छ’
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार
हिजबुल्लाहसँग युद्बबिरामबारे निर्णय लिन इजरायली मन्त्रिपरिषद बैठक सुरू
मंसिर ११, २०८१ मंगलबार
बाँसबारीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन घाइते
मंसिर ११, २०८१ मंगलबार
मृगौलाको डाइलासिस र पाठेघरको उपचार व्यवस्था मिलाउँछौँं: स्वास्थ्यमन्त्री पौडेल
मंसिर ११, २०८१ मंगलबार
एमाले महासचिव पोखरेलसँग भियतनाम कम्युनिष्ट पार्टीका नेताको भेट
मंसिर ११, २०८१ मंगलबार
रास्वपा सांसदविरुद्धको अवहेलना मुद्दामा थप विवरण मगाउने आदेश
मंसिर ११, २०८१ मंगलबार
सप्तरीमा दुई दिनमा ३८ जना पक्राउ
मंसिर ११, २०८१ मंगलबार