अवकाशको १६ महिनामा दाङमा जमेको एसपी–डीएसपीको जोडी
नेपालबहस संवाददाता
फागुन २३, २०७९ मंगलबार १७:४८:५५
२३ फागुन, दाङ । दाङमा जिल्लामा अधिकांश क्रसर उद्योगहरु कानुन विपरित सञ्चालनमा रहेका छन् । त्यसमा स्थानीय जनप्रतिनिधिको लगानी छ, या उनीहरूको संरक्षण छ । ४५ उद्योग मध्ये १० ले मात्र अनुमति लिएका छन् । घरेलु तथा साना उद्योग कार्यालय दाङका अनुसार जिल्लामा हाल बालुवा र क्रसर उद्योग गरी ४५ उद्योगले नदीजन्य पदार्थ उत्खननका लागि अनुमति लिएका भएपनि जसमध्ये १० उद्योगले मात्र क्रसरको काम गर्न अनुमति पाएका छन् । बाँकी ३५ ले पनि नदीजन्य पदार्थको उत्खनन गरिरहेका छन् । तर दाङमा प्रहरी प्रशासनकै मिलेमतोमा अवैध क्रसरको संरक्षण भइरहेको छ ।
तत्कालीन माओवादी र कांग्रेसको सरकारको पालामा शक्तिकेन्द्रको प्रयोग गरी दाङका प्रहरी प्रमुख एसपी वीरबहादुर वली र डीएसपी राजन गौतमले यसको संरक्षण गरिरहेको दाङकै प्रहरी अधिकृतहरु बताउँछन् । उनीहरु ३० वर्षे सेवा अवधिको कारण १६ महिनामै अवकाश हुने भएकाले पनि शान्तिसुरक्षामा भन्दा अवैध रुपमा सञ्चालित क्रसर उद्योगलाई संरक्षण गर्नमै तल्लिन रहेको दाङका प्रहरी अधिकारीहरुले बताएका छन् ।
‘अवकाशको समय छोटो भएकाले यहाँ आर्थिक चलखेल गरेर नै धेरैजसो मुद्धा मिलाउने काम भइरहेको छ’, स्रोतले भन्यो । उनीहरुले पैसा आउने भएपछि मुद्धा दर्ता नगर्ने र पैसा नआउने भएपछि मुद्धा दर्ता गर्ने क्रम बढेको पनि जुनिएर प्रहरी अधिकृतहरुको दावी छ । केही समय पहिले घोराही २ रामपुरमा एक युवतीलाई विवाहको आश्वासन दिएर बलात्कार गरेको आरोपमा पक्राउ परेका शिव न्यौपानेलाई म्याद नथपेर ४ दिनसम्म हिरासतमा राखेपछि मिलापत्र गराइएको घट्ना पनि सार्वजनिक भएको छ ।
मुद्धा मिलाउनका लागि केटी पक्षलाई पनि हिरासतमा राखेर अन्तिममा आर्थिक चलखेल गरेर न्यौपानेलाई डीएसपी गौतमकै निर्देशनमा छाडिएको स्रोतको दावी छ । मुद्धा मिलाउनका लागि आफुले द्वन्द्वकालमा एसपी वलीलाई बचाएको जस लिदै सई देवबहादुर वलीकै निर्देशनमा मुद्धा दर्ता हुने नहुने गरेको र सबै मुद्धाहरु सेटिङ उनैले गर्दै आएको ती अधिकृतहरुको दावी छ । ‘सई देवबहादुर हरेक मुद्धामा आफै डिल गर्छन् । देवबहादुर, डीएसपी गौतमले मुद्धामा डिलिङ गर्दै एसपीमार्फत मुद्धा मिलाउने गर्छन्’, स्रोतले भन्यो ।
स्कुटर चोरी प्रकरणमा लुम्बिनी प्रदेशका डीआईजी टेकप्रसाद राईले रेकर्डमा जनिने गरी कारवाही गर्न खोजेपछि डीएसपी गौतम माथिल्लो तहमा मिलाउने भन्दै विभिन्न राजनीतिक दलका नेताहरुको घरमा पुग्न थालेका छन् । डीएसपी गौतमको कमजोरी देखिएपछि प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहले नै चासो लिएर छानविन गर्न लगाएका थिए । स्कुटर चोरलाई भगाउन डीएसपी गौतमकै हात रहेको पुष्टि भैसकेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनवीनतम् र रचनात्मक कार्य गर्न प्रहरी महानिरीक्षकको निर्देशन
मंसिर १०, २०८१ सोमबार
नेपाल प्रहरीका ८ जना डीआईजीमा बढुवाका लागि सिफारिस
मंसिर १०, २०८१ सोमबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
मंसिर १०, २०८१ सोमबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
मुग्लिन–पोखरा सडकः पूर्वी खण्डको म्याद दोस्रोपटक थपियो
मंसिर ११, २०८१ मंगलबार
क्षतिग्रस्त काभ्रे एकीकृत खानेपानी आयोजना पुनःनिर्माणमा एडिबीले सहयोग गर्ने
मंसिर ११, २०८१ मंगलबार
सामाजिक सुरक्षाको बृहत्तर अवधारणा अघि बढाउन सरकार प्रतिबद्ध छ: प्रधानमन्त्री ओली
मंसिर ११, २०८१ मंगलबार
बेनीमा घरमै सुत्केरी हुनेको सङ्ख्या तीनवर्षदेखि शून्य
मंसिर ११, २०८१ मंगलबार
हिजबुल्लाहसँगको सम्झौतालाइ लिएर इजरायली संसदमा मतदान हुँदै
मंसिर ११, २०८१ मंगलबार