निःशुल्क स्वास्थ्य शिविरबाट तीन सय २७ महिला लाभान्वित
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_E0Qh2H6kyW.jpeg
)
नेपालबहस संवाददाता
फागुन २३, २०७९ मंगलबार १८:५४:३७
![](https://nepalbahas.prixacdn.net/media/albums/jumla_jtYbrorXev.jpg)
२३ फागुन, जुम्ला । जुम्लाको सिञ्जा गाउँपालिकाका तीनवटा स्वास्थ्यचौकीमा सञ्चालित निःशुल्क स्वास्थ्य शिविरबाट तीन सय २७ महिला लाभान्वित भएका छन् ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लासँग समन्वय गरी पालिकाको स्वास्थ्य शाखाले शिविर सञ्चालन गरेको गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालले जानकारी दिए। पालिकाभित्रका स्वास्थ्य संस्थाबाट शिविर सञ्चालन गरिएको अध्यक्ष धितालले भने, “नराकोट स्वास्थ्यचौकीमा एक सय एक, धाँपा स्वास्थ्यचौकीमा ७६ र सनिगाउँ स्वास्थ्यचौकीमा एक सय ५० गरी जम्मा तीन सय २७ जना एकैदिन शिविरबाट लाभान्वित भएका छन् ।”
सो स्वास्थ्य शिविरबाट चार महिलालाई पाठेघरको शल्यक्रियाका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सिफारिस गरिएको छ । साथै ५७ महिलालाई पाठेघर खस्न नदिन रिङप्रेसर राखिएको छ । पाठेघर खस्ने, सेतो पानी बग्ने, तल्लो पेट दुख्ने र ढाड दुख्नेलगायतका समस्याको स्वास्थ्य शिविरमा जाँच गरिएको सिञ्जा गाउँपालिकाका स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक प्रकाश धितालले बताए ।
चेतना अभिवृद्धि, कार्यबोझ न्यूनीकरण तथा स्वास्थ्य सुरक्षामा स्वयं महिलाले ख्याल गर्ने र परिवारका सदस्यले साथ दिएको खण्डमा पाठेघर खस्ने समस्याबाट मुक्त हुने कर्णाली प्रतिष्ठानका स्त्रीरोग विशेषज्ञ डा सुबि बस्नेतले जानकारी दिए ।
स्वास्थ्य शिविरबाट लाभान्वित सबै ग्रामीण भेगका महिला गाउँमै पाठेघरको जाँच साथै उपचार गराउन पाउँदा निकै खुसी भएको यहाँका महिला बताउँछन् । गाउँपालिकाले आगामी दिनमा पनि यस्ता शिविरको आयोजना गर्नुपर्ने सिञ्जाका स्थानीयवासीको माग रहेको प्रमुख प्रशासकीय अधिकृत मित्रलाल धितालले बताए । अधिकांश ३० वर्ष माथिका ग्रामीण महिला पाठेघर खस्ने, सेतो पानी बग्ने, ढाड दुख्ने समस्याबाट पीडित छन् ।
गाउँमा सञ्चालन हुने निःशुल्क स्वास्थ्य शिविरले त्यस्ता पीडित महिलालाई राहत पुग्ने गरेको गाउँपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । सिञ्जा गाउँपालिका–४ की पदमकली बुढा लामो समयदेखि तल्लो पेट दुख्ने, सेतो पानी बग्ने समस्यामा थिए। चेतनाको अभाव, घरको आर्थिक अवस्था कमजोर र परिवारसँग खुलेर भन्न नसकेरै उहाँ आफ्ना समस्या लुकाउन बाध्य थिए । आफ्नो स्वास्थ्यभन्दा घरको काममा बढी केन्द्रित हुँदा पछि पदमकलीको पाठेघर खस्ने समस्या हुन थाल्यो । उपचारको प्रतीक्षामा भए पनि उनले आफ्नो समस्या कसैसँग सुनाइनन।
साथै उनले उपचार गर्ने र जचाउने मेसो पनि पाएकी थिएनन । सिञ्जाको नराकोट स्वास्थ्यचौकीमा आयोजित निःशुल्क स्वास्थ्य शिविरमा पदमकलीले पहिलोपटक आफ्नो पाठेघर जचाइन । उनको पाठेघर नखस्ने रिङ हालियो । स्वास्थ्यचौकीमा पाठेघर खस्न नदिन रिङ लगाउने र अन्य जाँच हुने थाहा पाएपछि गाउँमै सबै समस्या जचाउन पाउँदा राहत महसुस भएको पदमकलीले बताइन । गाउँ केन्द्रिकृत स्वास्थ्यकर्मी लिएर स्वास्थ्य सेवादेखि अन्य सेवा प्रवाह दिन थालेको सिञ्जा गाउँपालिका अध्यक्ष धितालले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजुम्लाको उर्थु चौतारा केन्द्रविन्दु भएर भूकम्प
माघ ३०, २०८१ बुधबार
‘समाज बदल्न उपदेश दिनेले आफैँ बदलिनुपर्छ’
माघ २२, २०८१ मंगलबार
कर्णालीमा अंग्रेजी, गणित र विज्ञान विषयका शिक्षक अभाव
माघ २२, २०८१ मंगलबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
बन्दीपुर–६ का सचिव कुट्ने वडाध्यक्ष पक्राउ
फागुन ५, २०८१ सोमबार
प्रतिनिधिसभाबाट ‘भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०८१’ सर्वसम्मतिले पारित
फागुन ५, २०८१ सोमबार
प्रधानमन्त्री ओलीद्वारा टरिगाउँ विमानस्थल अवलोकन
फागुन ५, २०८१ सोमबार
३ थान भरुवा बन्दुकसहित दुई जना पक्राउ
फागुन ५, २०८१ सोमबार
‘प्रहरी विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत
फागुन ५, २०८१ सोमबार