सुदूरपश्चिममा होली पर्वको रौनक बढ्दाे
नेपालबहस संवाददाता
फागुन २३, २०७९ मंगलबार १९:४८:२५
२३ फागुन, धनगढी । सुदूरपश्चिम प्रदेशमा होली पर्व धुमधाामसाथ मनाइरहेका छन् । होली अर्थात फागु पूर्णिमा पहाडमा सोमबार नै मनाइएको छ । त्यसको भोलिपल्ट आव मंगलबार तराईका जिल्लाहरुमा हर्षोल्लासका साथ पर्व मनाइरहेका छन् ।
कैलालीमा पनि यहाँका नागरिकहरु खुलस्त रुपमा सडकमा निस्केर एक अर्कासँग रंग साटासाट गरेर बिहानैदेखि विभिन्न प्रकारका रंग खेल्ने, शुभकामना आदानप्रदान गरिरहेका छन् ।
प्रदेश राजधानी समेत रहेका धनगढीका विभिन्न बजार चाेकमा सर्वसाधारण साथीभाइ र आफन्त भेला भइ गीत संगीतमा झुक्ने र रंग दल्ने गतिविधिमा सक्रिय भइरहेका छन् । याे पर्व शरद ऋतु सकेर वसन्त ऋतुको सुरूवात भएको सुखद समयको रुपमा लिइने भएकाले समूदायमा उत्लासको माहोल देखिएको छ । मुख्यगरी युवा पंक्ति सडकमा ज्यादा देखिएका छन् । उनीहरु आपसमा रंग खेलिरहेको अवस्था भेटिन्छन् ।
फागु पर्वका उपलक्ष्यमा परम्परादेखि सरकारले सार्वजनिक बिदा दिँदै आएको छ । संघीयता लागू भएपछि प्रदेश सरकारले पनि विशेष महत्वसाथ हेर्न थालेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलिम्बू समुदायले चासोक तङनाम पर्व मनाउँदै
मंसिर ३०, २०८१ आइतबार
गढीमाई मेलामा भारतीय र नेपाली दर्शनार्थीको घुइँचो
मंसिर २४, २०८१ सोमबार
आजदेखि गढीमाई मेलामा पशु बलि शुरु , हेर्नुहोस् तस्विरमा मेलाको रौनक
मंसिर २३, २०८१ आइतबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
जनकपुरको दुर्गा मन्दिर परिसरमा वृद्धको हत्या
पुष ५, २०८१ शुक्रबार
मन्त्रिपरिषद् बैठक बस्दै, यस्ता छन् छलफलका एजेण्डा !
पुष ५, २०८१ शुक्रबार
सुन्तला बेचेरै तिलक गुरुङले छोराछोरीलाई इन्जिनियर र नर्स पढाए
पुष ५, २०८१ शुक्रबार
‘घुम्न जाऊँ बर्दिया’ अभियान सुरु
पुष ५, २०८१ शुक्रबार
कस्तो छ तपाईको आजको राशीफल ?
पुष ५, २०८१ शुक्रबार