धर्मराज थापाको हरियो भन्नु ७० बर्षपछि पुन: रेकर्ड गरियो
नेपालबहस संवाददाता
फागुन २३, २०७९ मंगलबार २०:४९:३७
२३ फागुन, काठमाडौं । जनकवि केशरी धर्मराज थापाको शब्द ,सगीत र स्वरमा रहेको चर्चित गीत ‘हरियो भन्नु’लाई पुन स्रेकर्ड गरी सार्वजनिक गरिएको छ ।
चर्चित सांगीतिक ब्यान्ड मंगोलियन हार्टका गायक राजु लामाको सुमधुर स्वरमा ल्याइएको गीतमा पहिला भन्दा थोरै परिमार्जन गरी फिमेल भोकल पनि थपिएको छ । गीतमा फिमेल भोकलको लागि गीतकार मन्दिरा ढुंगेलले शब्दरचना गर्नु भएको छ भने तारा श्रीस मगरको स्वर रहेको छ ।
जनकवि केशरी धर्मराज थापाप्रति श्रद्धा सुमन अर्पण गर्दै उँहाको संझनामा यो गीतलाई फेरि रेकर्ड गरिएको हो । उनको परिवारको सहमतिमा म्युजिक नेपालले यो गीतलाइ पुनस् रेकर्ड गरी बजारमा ल्याइएको म्यूजिक नेपालले जनाएको छ ।
गीतको भिडियोमा गायक राजु लामा र नायिका मिरुना मगरको अभिनय रहेको छ । सोनाम पाख्रिनको परिकल्पना र निर्देशनमा बनेको भिडियोमा राजेश घिमिरेको सिनेमाटोग्राफी र विकाश दाहालको सम्पादन रहेको छ ।
जनकवि केशरी धर्मराज थापाका परिवारको तर्फबाट उनका छोरा मदनराज थापाले आज भन्दा ७० बर्ष अगाडी रेकर्ड गरिएको यो लोकप्रिय गीत अहिलेको युवापुस्तालाई पुन स् परिचित गराउन र अग्रज स्रष्टा र उनीहरूको सृजनाबारे के कस्तो धारणा र प्रतिकृया छ भन्ने जान्नको लागि पनि ल्याइएको बताए । ‘हरियो भन्नु’ गीत बि.स. २०१० सालमा कलकत्तामा रेकर्ड गरिएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअष्ट्रेलियाबाट रमणले ल्याएको ‘बिछोडको घाउ’मा शिल्पा र केशवराज
मंसिर २६, २०८१ बुधबार
यी अभागी छोरी,”जसले आफुले गाएको गीत बुवाआमालाई सुनाउन पाइनन्”
मंसिर २१, २०८१ शुक्रबार
गायिका स्मिता दाहालले गरिन् इन्गेजमेन्ट
मंसिर १८, २०८१ मंगलबार
निराशाजनक राजनीतिमा कांग्रेसभित्र डा. शेखर कोइरालाप्रति बढ्दो आशा
कुसुम भट्टराई
मंसिर २९, २०८१ शनिबार
कांग्रेसमा सभापतिको बहस, शेखरप्रति बढ्दो छ क्रेज
यज्ञप्रसाद भट्टराई
मंसिर ३०, २०८१ आइतबार
गाजाको विषयलाई लिएर इजरायल र आयरल्यान्डबीच तनाव, इजरायलले दूतावास बन्द गर्ने
मंसिर ३०, २०८१ आइतबार
मदन भण्डारीको हत्या सम्बधमा वामदेव र ओलीबीच किन चल्दैछ दोहोरी ?
पुष १, २०८१ सोमबार
मुकुण्डो बनाएर बेच्न बसेका कलाकार तामाङ
पुष १, २०८१ सोमबार
अङ्गदान र प्रत्यारोपणसम्बन्धी जानकारी अब अनलाइनबाटै लिनसक्ने
पुष १, २०८१ सोमबार
जतगढीमा आन्तरिक पर्यटक
पुष १, २०८१ सोमबार
रूसको कुर्स्क क्षेत्रमा कम्तीमा ३० जना उत्तर कोरियाली सैनिकको मृत्यु
पुष १, २०८१ सोमबार