कूटनीतिक सम्बन्ध विस्तारका लागि खेल महत्वपूर्ण आधारः प्रधानमन्त्री
नेपालबहस संवाददाता
फागुन २३, २०७९ मंगलबार २०:५४:१
२३ फागुन काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समय परिवर्तनसँग खेलकुद क्षेत्र अहिले अन्तर्राष्ट्रिय कूटनीतिक सम्बन्ध विस्तारका लागि महत्वपूर्ण आधार भएको बताएका छन् । उनले अहिलेको युगमा खेलकुद राष्ट्रको गौरव, कूटनीतिको आधारस्तम्भ, अन्तर्राष्ट्रिय सम्बन्धको बलियो खम्बा, राष्ट्रिय अर्थतन्त्रको आधार र श्रम एवं मेहनतको संस्कृति विकासका लागि महत्वपूर्ण क्षेत्र भएको बताएका छन् ।
मंगलबार बिहान काठमाडौंको गोकर्णमा एसियन एथलेटिक्स एसोसिएसनको र नेपाल एथलेटिक्स संघको आयोजनामा आयोजित १६ औं एसियन क्रस कन्ट्री च्याम्पियनसिपको उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले खेल क्षेत्र विविधतामा एकता, सुशासन, दिगो विकास र समृद्धिको महत्वपूर्ण आधारका रूपमा विकसित भइरहेको बताए ।
उनले आजको आधुनिक युगमा खेलकुद राष्ट्रको गौरव, कुटनीतिको महत्वपूर्ण आधारस्तम्भ, अन्तर्राष्ट्रिय सम्बन्धको बलियो खम्बा भएको भन्दै यसले राष्ट्रिय अर्थतन्त्रको आधार तयार गर्न समेत मद्धत पुर्याउने बताए । जसले यसको महत्वलाई ठीक ढंगले बुझ्न सक्छ, त्यसले मात्रको राष्ट्रको सही नेतृत्व गर्न र जनआकांक्षालाई सम्बोधन गर्न सक्ने दावी गरे ।
प्रधानमन्त्री प्रचण्डले खेल कूटनीतिमार्फत् ठूलाठूला युद्ध र मानवसिर्जित विपत्तिहरू समाधान भएको, ठूलठूला द्वन्द्व र सम्भावित नरसंहारहरू टरेका र आपसी सहकार्य, विश्वास, विश्व एकता र पुनर्मिलनका आधार खडा भएकोसमेत बताए । खेल क्षेत्रको विकास वर्तमान सरकारको प्राथमिकतामा रहेको उनको भनाइ छ । प्रचण्डले आजको आधुनिक युगमा खेलकुद राष्ट्रको गौरव थप महत्वपूर्ण बन्दै गएको उल्लेख गरे ।
उनले खेल क्षेत्रको विकास सरकारको प्राथमिकतामा रहेको समेत स्पष्ट पार्दै कुनै समय खेलकुदलाई शारीरिक र मानसिक स्फूर्तिको माध्यमका रूपमा मात्र लिइने गरेको भए पनि अहिले समय फेरिएको भन्दै प्रधानमन्त्रीले आजको युगमा खेलकुद राष्ट्रको गौरव बढाउने माध्यमका रूपमासमेत विकास भएको बताए । खेल क्षेत्रको विकास राष्ट्र विकासको महत्वपूर्ण आधारका रूपमा चित्रण गर्दै प्रधानमन्त्रीले सरकार यस क्षेत्रसँग सम्बन्धित सम्पूर्ण नीतिहरूको प्रभावकारी कार्यान्वयन गर्न तथा अपर्याप्त नीतिहरू निर्माण गर्न र संस्थागत एवं संरचनागत विकासका साथै क्षमता अभिवृद्धि गर्न प्रतिबद्ध रहेको उल्लेख गरे ।
उनले खेल क्षेत्रमा लगानी वृद्धि गर्ने, खेलाडीको आत्मस्वाभिमान, प्रोत्साहन, पुरस्कारका साथै वृत्तिविकासमा थप योगदान गर्ने, राज्यको भूमिकालाई थप प्रभावकारी र जिम्मेवार बनाउन सरकार प्रयत्नशील रहने भन्दै एथलेटिक्सको विकासका निम्तिसमेत राज्यले उचित ध्यान दिने बताए । प्रचण्डले दुई दशकभन्दा लामो समयपछि नेपाललाई एसियन क्रस कन्ट्री च्याम्पियनसीपको आयोजनाको अवसर दिने एसियन एथलेटिक्स एसोसिएसन परिवारलाई सरकारको तर्फबाट धन्यवाद दिए । उनले आगामी दिनमा समेत नेपाल सो संस्थाको उच्च प्राथमिकतामा पर्ने विश्वाससमेत व्यक्त गरे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदरबारमार्गमा फोहोर गरेको भन्दै काठमाडौं महानगरले एमालेलाई गर्यो एक लाख जरिवाना
मंसिर ७, २०८१ शुक्रबार
राष्ट्रपति पौडेलसमक्ष तीन देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेस
मंसिर ७, २०८१ शुक्रबार
प्रधानमन्त्री ओलीसँग भारतीय सेनाध्यक्ष द्विवेदीको भेट
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
मंसिर ७, २०८१ शुक्रबार
रवि र छविसहित १० जनाविरुद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी
मंसिर ७, २०८१ शुक्रबार
५०० पसलमा २० मात्रै नियमअनुरुप चलेका भेटिए
मंसिर ८, २०८१ शनिबार
आज जन्म लिने बच्चा सिंह राशीको हुने
मंसिर ८, २०८१ शनिबार
उपत्यकाको न्यूनतम तापक्रम ९.५ डिग्री, अधिकतम २३ डिग्रीसम्म पुग्ने
मंसिर ८, २०८१ शनिबार
खुमलटारमा प्रचण्ड निवास नजिकै शंकास्पद् बस्तु भेटियो
मंसिर ७, २०८१ शुक्रबार
प्रधानमन्त्री ओलीको एलन मस्कसँग भर्चुअल वार्ता, के भयो कुराकानी ?
मंसिर ७, २०८१ शुक्रबार
दरबारमार्गमा फोहोर गरेको भन्दै काठमाडौं महानगरले एमालेलाई गर्यो एक लाख जरिवाना
मंसिर ७, २०८१ शुक्रबार