सबै सांसदलाई काठमाडौं आउन गठबन्धनको निर्देशन, गाँस र बासको पनि व्यवस्था
नेपालबहस संवाददाता
फागुन २३, २०७९ मंगलबार २१:३८:१३
२३ फागुन, काठमाडौं । आठ दलीय गठबन्धनले आफ्ना सबै सांसदहरुलाई बुधबार मध्याह्नसम्ममा काठमाडौं आइपुग्न निर्देशन दिएको छ । राष्ट्रपति निर्वाचनमा मतदानका लागि प्रदेश र प्रतिनिधिसभाका सांसदहरुलाई काठमाडौं बोलाइएको हो । उनीहरुका लागि खान र बस्नका लागि सबै व्यवस्था आठ दलीय गठबन्धनले नै गर्नेछ ।
मंगलबार आज नेपाली कांग्रेस संसदीय दलको कार्यालय सिंहदरवारमा बसेको आठ दलका सम्मिलित नेताहरुको बैठकले भोलि बुधबार बिहान १२ बजेसम्म सांसदहरुलाई काठमाडौँ आइसक्न निर्देशन दिएको हो । बैठकले राष्ट्रपति निर्वाचनका लागि सांसदहरुलाई बुधबार बिहान ११ बजेसम्म काठमाडौँ आइपुग्न निर्देशन दिएको एक नेताले नेपालबहसलाई जानकारी दिए ।
बैठकले प्रतिनिधिसभा, राष्ट्रियसभा र प्रदेशसभाका सांसदहरुलाई भोलिसम्म काठमाडौँ आइपुग्न सर्कुलर गर्ने निर्णय गरेको हो । बैठकले शतप्रतिशत भोट खस्ने गरी ८ दलले पहल गर्ने पनि निर्णय गरेको छ । राष्ट्रपतिको निर्वाचन यही फागुन २५ गते हुँदैछ । राष्ट्रपति निर्वाचनका लागि निर्वाचन आयोगले मंगलबारदेखि निर्वाचन आचारसंहिता समेत लागु गरेको छ ।
आठदलीय गठबन्धनमा आबद्ध दलका नेताको बैठकले राष्ट्रपति निर्वाचनका लागि काठमाडौं आउने प्रदेशसभा सदस्यहरूलाई खाने र बस्ने व्यवस्था गर्ने निर्णय गरेको छ । बैठकपछि खानेपानीमन्त्री एवं जनमत पार्टीका उपाध्यक्ष अब्दुल खानले शतप्रतिशत मत खसाउन आ–आफ्नो पार्टीको जिम्मेवारी लिने निर्णय समेत भएको जानकारी दिए ।
गठबन्धन कार्यदलका संयोजक एवम् कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले राष्ट्रपति निर्वाचनका लागि मतदाताहरुलाई बुधबारसम्म काठमाडौं आइपुग्न निर्देशन दिइएको र निर्वाचनसँग जोडिएका प्राविधिक पाटोलाई व्यवस्थित गर्नेबारे छलफल भएको बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘नेपालमा गणतन्त्र र लोकतन्त्रले सफलता पाएको छ’
मंसिर ११, २०८१ मंगलबार
कृषि क्रान्तिका लागि फरक ढङ्गले काम गर्छाैं : प्रधानमन्त्री ओली
मंसिर ११, २०८१ मंगलबार
बिआरआई परियोजनामा सरकारले ऋण होइन, अनुदान लिन्छः सञ्चारमन्त्री
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
‘नेपालमा गणतन्त्र र लोकतन्त्रले सफलता पाएको छ’
मंसिर ११, २०८१ मंगलबार
पुस ११ देखि चितवन हात्ती तथा पर्यटन महोत्सव हुने
मंसिर ११, २०८१ मंगलबार
लुम्बिनी प्रदेश सांसद दुर्गा चौधरी एमालेबाट निलम्बित
मंसिर ११, २०८१ मंगलबार
कर्मचारीलाई मतदान गर्ने व्यवस्था मिलाउन निर्वाचन आयोगको आग्रह
मंसिर ११, २०८१ मंगलबार
सबै संघीय अस्पतालमा विद्युतीय हाजिरी अनिवार्य
मंसिर ११, २०८१ मंगलबार