शेयरबजार दोहोरो अंकले उकालाे लाग्याे
नेपालबहस संवाददाता
फागुन २३, २०७९ मंगलबार २१:५९:१५
२३ फागुन, काठमाडौं । मंगलबार शेयरबजारमा दोहोरो अंकले वृद्धि भएको छ । आज शेयर कारोबार मापक नेप्से परिसूचक १४.४१ अंकले घटेर १९५२.६६ विन्दुमा पुगेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १.५३ अङ्कले घटेर ३७०.२४ मा पुगेको छ ।
मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से(मा कूल २६१ कम्पनीको ४० लाख ५९ हजार १४९ कित्ता शेयर खरिद बिक्री हुँदा १ अर्ब २० करोड ४४ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ । कारोबारको आधारमा साल्ट ट्रेडिङ शीर्ष स्थानमा छ । यसको १२ करोड ७ लाखभन्दा बढीको कारोबार भएको छ ।
त्यस्तै दोस्रोमा हिमालय डिष्टिलरीको ९ करोड ३९ लाखभन्दा बढीको कारोबार भएको छ । तेश्रो स्थानमा छिमेकी लघुवित्त वित्तिय संस्थाको ५ करोड ४५ लाख बढी कारोबार भएको छ । मंगलबार १३ उपसूचकमध्ये निर्माण र प्रशोधन र म्युचुअल फण्डबाहेक सबैको कारोबार रकम बढेको छ ।
आजको कारोबारमा सुभम पावरको १० प्रतिशतले सेयर मूल्य बढेको छ । यस कम्पनीको लगानीकर्ताले प्रशस्त कमाएका छन् भने सुपर मादी हाइड्रो पावरको ९.९७ प्रतिशत र सिद्धार्थ लगानी वृद्धि आयोजनाको ८.०२ प्रतिशतले वृद्धि भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप४ अंकले बढेको बजारमा ५ अर्ब ३३ करोडका शेयर किनबेच भए, अधिकांश कम्पनीको मूल्य घट्यो
पुष ११, २०८१ बिहिबार
धितोपत्रको नयाँ लाइसेन्स वितरणमा प्रधानमन्त्रीको रुची, सेटिङमा विचौलिया !
पुष ९, २०८१ मंगलबार
१४ अंकले बढेर २६२६ विन्दुमा रोकियो नेप्से, सोमबार भन्दा ७७ करोड बढी भयो कारोबार
पुष ९, २०८१ मंगलबार
करातेमा नेपालले जित्यो पहिलो स्वर्णपदक
पुष १४, २०८१ आइतबार
उत्पादन नहुँदा हेटौंडा सिमेन्टमा आर्थिक सङ्कट
पुष १४, २०८१ आइतबार
चिसोले सोलुखुम्बुको जनजीवन प्रभावित, पाइपमै जम्न थाल्यो पानी
पुष १४, २०८१ आइतबार
सुनचाँदीको मूल्य घट्यो, तोलाको कति ?
पुष १४, २०८१ आइतबार
अवकाशको सम्मुखमा एआईजीको लर्को, राज्यलाई अनावश्यक आर्थिक भार
पुष १४, २०८१ आइतबार
आर्थिक संकटमा हेटौंडा सिमेन्ट, असोज १५ देखि रोकिएको उत्पादन फेरी सुरु हुन सकेन्
पुष १४, २०८१ आइतबार