प्रधानमन्त्री प्रचण्डविरुद्धको मुद्दा ‘डलरमनी’हरुको खेती हो : बाबुराम भट्टराई
नेपालबहस संवाददाता
फागुन २३, २०७९ मंगलबार २३:१३:४३
२३ फागुन, काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सामान्य विषयलाई लिएर द्वन्द्वकालीन मुद्दामा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध सर्वोच्च अदालतमा मुद्दा हाल्ने काम डलर खाएर अराजकता मच्चाउन खोज्ने ‘डलरमनि’हरुको खेती भएको बताए ।
द्वन्द्व अन्त्य गर्ने २०६५ मंसिर ५ मा भएको विस्तृत शान्ति सम्झौतालाई भत्काएर मुलुकलाई फेरि द्वन्द्वमा धकेल्ने चेष्टा राख्नेहरुबाट रचिएका षडयन्त्रको रुपमा मुद्दा दर्ता गराएको उनले बताए । विषयलाई बुझ्दाबुझ्दै पनि जानीबुझी मुद्दा चलाएकाे उनकाे भनाइ छ ।
११३औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारेर मंगलबार काठमाडौंमा आयोजना गरेको सामान्य निहूँ बनाएर प्रधानमन्त्रीमाथि नै मुद्दा हाल्ने काम गरिएको भन्दै आपत्ति जनाए । संविधानकाे अंग बनिसकेकाे विस्तृत शान्ति सम्झौतामा समेटिएका द्वन्द्वपीडितलाइ न्याय दिन सत्य निरुपण तथा मेलमिलाप आयोग काम गरिरहेको अवस्थामा अदालतमा मुद्दा पर्नु निकै आपत्तिको विषय भएको बताए ।
अध्यक्ष भट्टराईले द्वन्द्वका पीडितलाई न्याय र परिपूरण दिने विषयमा विलम्ब भएको स्वीकार्दै त्यसमा माओवादी मात्र दोषी नभएको बताए । शान्ति सम्झौताको एक हस्ताक्षरकर्ता प्रचण्ड र अर्को तत्कालीन सरकारका प्रधानमन्त्री गिरिजा प्रसाद कोइराला रहेको स्मरण गराउँदै उक्त शान्ति प्रक्रियालाई गिजोलेर मुलुकमा द्वन्द्वको खेती गर्नेहरुबाट मुद्दा तयार पारिएको उनको भनाइ छ ।
उनले आफू प्रधानमन्त्री छाडनुअघि २०६९ फागुन ३० मा द्वन्द्वकालीन मुद्दाहरुको निरुपण गर्न अध्यादेश जारी गरेको बताउँदै त्यसलाई ‘डलरमनि’हरुले नै सर्वोच्चमा रिट दायर गराउँदा सर्वोच्चले अध्यादेश निकम्मा तुल्याइदिएको बताए । बहालवाला प्रधानमन्त्रीविरुद्ध गलत ढंगले अदालतमा मुद्दा पर्नु सामान्य विषय नभएको बताउँदै अत्यन्त गम्भीर प्रकृतिको विषय रहेको बताए ।
प्रचण्डले ०७६ को माघीका अवसरमा काठमाडौंको खुलामञ्चमा आयोजित सभालाई सम्बोधन गर्दै द्वन्द्वका क्रममा मारिएका १७ हजारमध्ये आफूले ५ हजारको जिम्मा लिनसक्ने भनी दिएकाे अभिव्यक्तिलाई आधार बनाएर द्वन्द्वपीडितहरूले मंगलबार सर्वोच्चमा मुद्दा दर्ता गराएका छन् । मुद्दामाथि सुनुवाइका लागि आउने बिहीबारलाई पेसी ताेकिएकाे छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबुधबार बैंकिङ प्रणालीबाट ३० अर्ब उठाउँदै राष्ट्र बैंक
माघ २, २०८० मंगलबार
बर्खास्त गर्ने चेतावनी दिएपछि एमालेका मन्त्रीहरूले दिए राजीनामा
चैत २१, २०७९ मंगलबार
प्रहरीबाट नेता कुटिएपछि राजविराज तनावग्रस्त
चैत २१, २०७९ मंगलबार
सीमा तस्करी: सशस्त्रका १४ अधिकृत तानिदा नेपाल प्रहरी भने क्रस चेकसम्म गर्न सकेन्
पुष ११, २०८१ बिहिबार
सशस्त्रमा दुई व्याजका डीआईजीहरुको रस्साकस्सी
पुष ११, २०८१ बिहिबार
तस्करी बढेको गुनासो आएपछि मुख्यालय तानिए बाराका सशस्त्र प्रहरी उपरीक्षक सिंह
पुष ११, २०८१ बिहिबार
राष्ट्रिय एकता दिवसमा ‘अल्ट्रा म्याराथन’
पुष १२, २०८१ शुक्रबार
उदयपुरमा वन्यजन्तुको उद्धार, उपचार तथा पुनःस्थापना केन्द्र स्थापना
पुष १२, २०८१ शुक्रबार
हल्दिबारीमा ३३ किलोमिटर सडक कालोपत्र
पुष १२, २०८१ शुक्रबार
निर्माण सामग्रीको अभावमा सिँचाइ आयोजनाको काम सुस्त गतिमा
पुष १२, २०८१ शुक्रबार
रहेनन् भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंह
पुष १२, २०८१ शुक्रबार
कोशीमा सवारी दुर्घटनाः ५ महिनामा १९१ को मृत्यु, ३२७ जना गम्भीर घाइते
पुष १२, २०८१ शुक्रबार