कृषि विकास बैंक घोटाला मुद्दामा विशेष अदालतको फैसलाविरुद्ध अख्तियार पुग्याे सर्वोच्च
नेपालबहस संवाददाता
फागुन २३, २०७९ मंगलबार २३:३०:५२
२३ फागुन, काठमाडौं । कृषि विकाश बैंक घोटाला गरेको मुद्दामा विशेष अदालतले गरेको फैसलाविरुद्ध पुनरावेदनको माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग सर्वोच्च अदालत पुगेको छ । कृषि विकाश बैंकको मुख्य शाखा कार्यालय न्युरोडबाट दीपिका रेग्मी समेतले संगठित रूपमा अनधिकृत तरिकाले ४ करोड २४ लाख १३ हजार रुपैयाँ रकम निकालेर हिनामिना गरेको आयोगको निष्कर्ष छ ।
सोहीअनुरुप अख्तियारले अख्तियारले विशेष अदालतमा दायर गरेको मुद्दामा विशेषले दीपिका रेग्मीलाई ८ वर्ष कैद र ३ करोड ९२ लाख ४४ हजार जरिवाना र रमेशराज विष्टलाई ४ वर्ष कैद र ३१ लाख ६८ हजार जरिवाना फैसला गरेर अन्य प्रतिवादीलाई सफाइ दिएपछि अख्तियार मंगलबार सर्वोच्च अदालतमा पुगेर पुनरावेदन गरेको छ ।
अख्तियारले दीपिका र रमेशराजसहित प्रेमहरि ढुंगेल, गोपाल गिरि, महेश्वर मरहट्ठा, सलिल रेग्मी, तारानाथ पाण्डे र प्रकाश घतानी समेतलाई मुद्दा चलाएको थियो । दई जनाबाहेक अन्यलाई सफाइ दिएपछि अख्तियार फैसलाप्रति असन्तुष्ट रहँदै आएके थियो । घोटाला रकम दीपीकाले १० प्रतिशत र प्रेमहरि ढुंगेलसहित अरुले ९० प्रतिशत लिएको आयोगको निष्कर्ष छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआगलागीमा परी एक जनाको मृत्यु
पुष २५, २०८१ बिहिबार
प्रि-ओपन सेसनमा नेप्से ३.२६ अंक बढ्यो
पुष २५, २०८१ बिहिबार
समता घरेलु लघुवित्तको बोनस शेयर घोषणा
पुष २५, २०८१ बिहिबार
सुनको भाउ तोलामा आठ सयले बढ्यो
पुष २५, २०८१ बिहिबार
काठेखोलामा पाँच करोड ४० लाखको सुन्तला उत्पादन
पुष २५, २०८१ बिहिबार
बागमती खेलकुद परिषदमा थप ६ जना नियुक्त
पुष २५, २०८१ बिहिबार