विदेशी विनिमयदरः अमेरिकी डलर स्थिर हुदाँ युरोको भाउ बढ्यो
नेपालबहस संवाददाता
फागुन २४, २०७९ बुधबार १४:५३:४४
२४ फागुन, काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी विनिमयदर सार्वजनिक गरेको छ । आज अमेरिकी डलको कारोबार स्थिर रहेको छ । बुधबार अमेरिकी डलर एकको खरिददर १३० रुपैयाँ ७६ पैसा र बिक्रीदर १३१ रुपैयाँ ३६ पैसा तोकिएको छ। यसअघि मंगलबार पनि सोही मूल्यमा कारोबार भएको थियो ।
बुधबार युरोपियन युरोको भाउ ३८ पैसाले बढेको छ । आज युरोपियन युरोको खरिददर १३९ रुपैयाँ ४५ पैसा र बिक्रीदर १४० रुपैयाँ ९ पैसा कायम गरिएको छ । मंगलबार भने युरोको खरिदमूल्य १३९ रुपैयाँ ८ पैसा र बिक्रीमूल्य १३९ रुपैयाँ ७१ पैसा तोकिएको थियो ।
यता, बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १५७ रुपैयाँ ८ पैसा र बिक्रीदर १५७ रुपैयाँ ८० पैसा तोकिएको छ भने अष्ट्रेलियन डलर एकको खरिदमा आज ८७ रुपैयाँ २५ पैसा र बिक्रीमा ८७ रुपैयाँ ६५ पैसा कायम गरिएको छ। अघिल्लो दिनको तुलनामा ८३ पैसाले यसको मूल्य घटेको हो । मंगलबार अष्ट्रेलियन डलर एकको खरिदमूल्य ८८ रुपैयाँ ८ पैसा र बिक्रीमूल्य ८८ रुपैयाँ ४८पैसामा कारोबार भएको थियो ।
क्यानेडियन डलर एकको खरिदमा भने ९५ रुपैयाँ ९७ पैसा र बिक्रीमा ९६ रुपैयाँ ४१ पैसामा कारोबार भइरहेको छ। मंगलबार भने क्यानेडियन डलरको खरिदमूल्य ९६ रुपैयाँ १४ पैसा र बिक्रीमूल्य ९६ रुपैयाँ ५८ थियो ।
कतारी रियाल एकको खरिदमा ३५ रुपैयाँ ८४ पैसा र बिक्रीमा ३६ रुपैयाँ कायम गरेको राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर भने ३४ रुपैयाँ ८४ पैसा र बिक्रीदर ३६ रुपैयाँ तोकेको छ।
उता, युएई दिराम एकको खरिदमा ३५ रुपैयाँ ६० पैसा र बिक्रीमा ३५ रुपैयाँ ७७ पैसा, मलेसियन रिंगिट एकको खरिदमा मंगलबार २९ रुपैयाँ २४ पैसा र बिक्रीमा २९ रुपैयाँ ३७ पैसा, कुवेती दिनार एकको खरिदमा ४२६ रुपैयाँ १४ पैसा र बिक्रीमा ४२८ रुपैयाँ ९ पैसा तोकिएको छ। आज बहराइन दिनार भने एकको खरिददर ३४६ रुपैयाँ ७९ पैसा र बिक्रीदर ३४८ रुपैयाँ ३८ पैसामा किनबेच हुनेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयस्तो छआजका लागि विदेशी मुद्राको विनिमय दर
पुष ५, २०८१ शुक्रबार
कालोपत्र सडकले जोडियो सर्दी, हट्यो वर्षौदेखिको दुःख
पुष ४, २०८१ बिहिबार
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर
पुष ४, २०८१ बिहिबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
अष्ट्रेलिया भ्रमणपछि विराट-रोहितको युगको अन्त्य !
पुष ५, २०८१ शुक्रबार
एमसीएमा हुने बक्सिङ डे टेस्टमा अष्ट्रेलियाको टोलीमा ठूलो परिवर्तन
पुष ५, २०८१ शुक्रबार
पर्यटकीय गाउँ सिक्लेस र मनोरम दृश्य
पुष ५, २०८१ शुक्रबार
केही प्रसारण लाइन मर्मत गर्न विद्युत कटौती गर्नुपरेको हो, लोडसेडिङ गरेको होइनः घिसिङ
पुष ५, २०८१ शुक्रबार
नौ स्थानीय तहमा आधारभूत अस्पताल निर्माण
पुष ५, २०८१ शुक्रबार