दुबईदेखि काठमाडौं रुटको उडानमा भर्ने महिला क्रु मेम्बरलाई सम्मान
नेपालबहस संवाददाता
फागुन २४, २०७९ बुधबार १७:२५:८
२४ फागुन, काठमाडौं । अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारी राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्सले काठमाडौं-दुबई र दुबई- कोठमाडौंको रुटमा सबै महिला सदस्य राखेर उडान गराएपछि यसले विश्वभर चर्चा पाएको छ । नेपाल एयरलाइन्सका अनुसार यो नेपालका लागि नयाँ इतिहास हो ।
सबै महिला सदस्य राखेर दुबई पठाएको जहाज दुबईमा अवतरण भई त्यहाँबाट यात्रु लिएर काठमाडौंमा अवतरण गरेपछि उनीहरुलाई स्वागत गर्न संस्कृति, पर्याटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीसहित व्यक्तिहरु त्रिभुवन विमानस्थल पुगेका थिए ।
एयरलाइन्सको आजको दुबई–काठमाडौं रुटमा उडेको ए ३२० जहाजको सबै क्रु मेम्बर महिला थिए । जसमा पाइलट भावना पन्त र को–पाइलट सृजना रावतले जहाज उडाएका थिए । एयरहोस्टेस समेत सबै महिला राखेसँगै यो उडानको सम्पूर्ण जिम्मेवारी महिलाले सम्हालेका थिए ।
यो टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मन्त्री किरातीले स्वागत गरेका थिए । दुई दिन अगाडि चालक दलको यसै जोडीले यो जहाज दुबई लगेको थियो । जुन आफैंमा इतिहास थियो । आज ११३औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर नेपाल एयरलाइन्सले यो संयोग जुराएको मन्त्री किरातीले नेपाल बहसलाई बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविमान चालकको समस्या छिट्टै समाधान हुन्छः वायुसेवा निगम
मंसिर १०, २०८१ सोमबार
मनकामना केबलकार सञ्चालनको २७औं वर्षमा प्रवेश
मंसिर ९, २०८१ आइतबार
नेपाल एयरलाइन्सले रुट अनुसार अन्तर्राष्ट्रिय उडानमा २५०० देखि ५ हजारसम्म घटायो भाडा
मंसिर ६, २०८१ बिहिबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
‘नेपालमा गणतन्त्र र लोकतन्त्रले सफलता पाएको छ’
मंसिर ११, २०८१ मंगलबार
पुस ११ देखि चितवन हात्ती तथा पर्यटन महोत्सव हुने
मंसिर ११, २०८१ मंगलबार
लुम्बिनी प्रदेश सांसद दुर्गा चौधरी एमालेबाट निलम्बित
मंसिर ११, २०८१ मंगलबार
कर्मचारीलाई मतदान गर्ने व्यवस्था मिलाउन निर्वाचन आयोगको आग्रह
मंसिर ११, २०८१ मंगलबार
सबै संघीय अस्पतालमा विद्युतीय हाजिरी अनिवार्य
मंसिर ११, २०८१ मंगलबार