एक करोड ४० लाखको लागतमा तीन वटा खानेपानी आयोजना सुरु
नेपालबहस संवाददाता
फागुन २४, २०७९ बुधबार १७:३४:१५
२४ फागुन, काठममडौं । म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा रू एक करोड ४० लाखको लागतमा तीन वटा खानेपानी आयोजना निर्माण सुरु भएको छ । गोर्खा वेल्फेयर ट्रस्ट र उपभोक्ताको लागत साझेदारीमा निर्माण हुने आयोजनाबाट एक सय दुई घरका पाँच सय ११ जनसङ्ख्या लाभान्वित हुनेछन् ।
कूल रु एक करोड ४० लाख १४ हजार नौ सय ३५ को लागतमा निर्माण सुरु भएको आयोजनाबाट उपभोक्ताको घर, विद्यालय र सार्वजनिकस्थलमा एक सय आठ वटा निजी धारा जडान गरिने गोर्खा वेल्फेयर ट्रष्टका परियोजना प्रबन्धक बेलबहादुर गुरुङले जानकारी दिए ।
“अन्नपूर्ण गाउँपालिकाको वडा नं ३ मा दाना बजार, द्वारी र ४ मा पटार खानेपानी आयोजना निर्माण सुरु भएको हो,” उनले भने “संस्थाले कूल लागतको ६३ देखि ६६ प्रतिशत साझेदारी गरेको छ ।” यही फागुन महिनामा उपभोक्ता समितिसँग सम्झौता भएका आयोजना आगामी जेठ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।
कूल रु ६७ लाख ६७ लागत अनुमान गरिएको दाना बजार खानेपानी आयोजना बाट निर्माण हुने ५१ धारा मार्फत २३० जनसंख्या लाभान्वित हुनेछन् । रु ४६ लाख ४० हजार ५५४ लागत अनुमान गरिएको द्वारी खानेपानी आयोजनामार्फत निर्माण हुने २६ धाराबाट ११२ र रु २६ लाख ७४ हजार ३१४ लागत अनुमान गरिएको पटार खानेपानी आयोजनाबाट निर्माण हुने ३१ वटा धाराबाट १५९ जनसंख्या लाभान्वित हुने संस्थाले जनाएको छ ।
दानाबजार, द्वारी र पटारमा यसअघि बनेका खानेपानी आयोजनाको संरचना र वितरण प्रणाली जिर्ण हुँदा स्थानीयबासीलाई समस्या भएको थियो । सबै घरमा निजी धारासहितको खानेपानी आयोजना निर्माण हुन थालेपछि स्थानीय उत्साहित भएका छन् ।
गोर्खा वेल्फेयर ट्रष्टले अन्नपूर्ण गाउँपालिकाको दश वर्षे खानेपानी सरसफाई तथा स्वच्छता योजना पनि तयार पारेको गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले जानकारी दिए । हाल खानेपानी र सरसफाईको अवस्था, आवश्यकता समेटिएको योजनाको आधारमा खानेपानी तथा सरसफाइको पुहँच विस्तारको योजना तथा कार्यक्रम सञ्चालन गरिने अध्यक्ष पुनले बताए ।
खानेपानी विभागको मापदण्ड अनुसार अन्नपूर्णका शतप्रतिशत नागरिकलाई स्वच्छ खानेपानी उपलब्ध गराउन २५ वटा थप आयोजना निर्माण गर्नुपर्ने, ९ वटा विभिन्न निकायमार्फत निर्माणाधिन रहेका र मौजुदा सहित रू ८९ करोड बजेट आवश्यक पर्ने योजनामा औल्याइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबागमती नदीमा छाडियो मेलम्चीको पानी
मंसिर १४, २०८१ शुक्रबार
लगानी बोर्ड बैठकः बूढीगण्डकीलगायत विभिन्न जलविद्युत् परियोजनाको लगानी स्वीकृत
मंसिर १३, २०८१ बिहिबार
एमसीए नेपालले ४०० केभी विद्युत् प्रसारणलाइन निर्माणका लागि निकाल्यो बोलपत्र
मंसिर १२, २०८१ बुधबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
भारतको आर्थिक वृद्धिदर सेप्टेम्बरमा ५.४ प्रतिशतमा झर्यो
मंसिर १४, २०८१ शुक्रबार
शृङ्खलाबद्ध चोरी/डकैतीमा संलग्न गिरोह पक्राउ
मंसिर १४, २०८१ शुक्रबार
नेपाली क्रिकेटरसँग खेल्न उत्साहित छु : शिखर धवन
मंसिर १४, २०८१ शुक्रबार
सहायक निरीक्षकले आफैँलाई गोली प्रहार गरे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
बिआरआईबारे संसदमा पर्याप्त र खुल्ला छलफल गरेर मात्रै हस्ताक्षर गर्नुपर्छ: नेता कोइराला
मंसिर १४, २०८१ शुक्रबार