शैलुङ पर्यटन प्रवर्द्धनका लागि हिलेदेवीदेखि शैलुङसम्म ‘म्याराथन’ हुँदै
नेपालबहस संवाददाता
फागुन २४, २०७९ बुधबार १८:५:१०
२४ फागुन, मन्थली । रामेछापकै उत्कृष्ट पर्यटकीय गन्तव्यस्थल शैलुङमा म्याराथन हुने भएको छ । पर्यटक प्रवर्द्धन गर्ने उद्देश्यले आउँदो चैत ४ गते सुनापति गाउँपालिको मुकाम हिलेदवीबाट शैलुङ डाँडासम्म ५५ किमि ‘शैलुङ म्याराथन’ प्रतियोगिता संचालन हुने भएको हो ।
शैलुङ ऐतिहासिक, धार्मिक, सांस्कृतिक र प्राकृतिक गन्तव्यको रुपमा परिचित छ । नयाँ वर्ष वैशाख १ मा यहाँ आन्तरिक र विदेशी पर्यटकको घुइँचो लाग्ने गर्दछ । यस याममा शेलुङ क्षेत्रमा थरिथरि रंगका गुराँस फूलको अवलोकन गर्न पाइन्छ ।
खेल पर्यटन मार्फत पर्यटकीय क्षेत्रको विकासका लागि म्याराथनको आयोजना गर्न लागिएको राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङकाे भनाइ छ ।
प्रतियोगितामा सय जनाभन्दा बढी संख्यामा युवक युवती र विदेशी पर्यटकले भाग लिने समितिले जनाएको छ । खेल ५५ किलोमिटर, २५ किलोमिटर र ५ किलोमिटर दूरीका दौड हुनेछन् ।
दौड हिलेदेवीको सादीडाँडाबाट सुरु भई खाँडादेवी मन्दिर–गाल्बा बजार–अग्लेश्वर दोरम्बा हुँदै शैलुङ डाँडासम्म पुग्नु पर्नेछ । २५ किलो मिटर दौडमा सहभागी हुने खेलाडीहरूले सुनापतिको हिलेदेवी–गाल्बा–अग्लेश्वरी–दोरम्वा हुँदै शैलुङडाँडा पुग्नु पर्नेछ भने ५ किलो मिटर दौड प्रतियोगितामा सहभागी हुने खेलाडीले दोरम्बाको शैलुङ क्षेत्रमा मात्रै दौडने भएका छन् ।
म्याराथनमा ५५ किलोमिटरमा प्रथम हुने खेलाडीले नगद ७५ हजार, द्वितीय हुने खेलाडीले ३५ हजार र तृतीय हुनेले नगद २० हजार रुपैयाँ र प्रमाणपत्र पाउने छन् ।
यस्तै, २५ किलोमिटर म्याराथनमा प्रथम हुने खेलाडीले प्रथमलाई ४० हजार, द्वितीयलाई २० र तृतीय हुनेलाई १० हजार नगद र प्रमाणपत्र प्रदान गरिनेछ । ५ किलोमिटर म्याराथनतर्फ प्रथम हुनेले १५ हजार, द्वितीयले १० तृतीय हुनेले ५ हजार रुपैयाँ र प्रमाणपत्र दिइनेछ ।
म्याराथनको व्यवस्थापन राष्ट्रिय खेलकुद परिषद्को आर्थिक सहयोग, जिल्ला खेलकुद विकास समितिको रहनेछ भने सुनापती, खाँडादेवी र दोरम्बा शैलुङ गाउँपालिकाको सहकार्य र हिमालयन ट्रेल रनिङको प्रायोजन रहनेछ ।
परिषद्का सदस्य सचिव घिसिङ रामेछापको सुनापतिस्थित दिमीपोखरीका बासिन्दा हुन् । उनी द्वन्द्वकालमा समर्थक रहेका थिए । पछि उनी नयाँबानेश्वरस्थित शैक्षिक परामर्श केन्द्र खाेलेर नेपाली विद्यार्थीलाई विदेशी कलेजहरुमा पठाउने काम गर्दै आइरहेका बेला उनलाई सदस्य सचिवमा राजनीतिक नियुक्ति दिइएकाे हाे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसीप र रोजगारीलाई जोड्न चन्द्रागिरिद्वारा युवालाई ‘डिजिटल’ तालिम
मंसिर ११, २०८१ मंगलबार
संघसंस्था बीच फुटसल प्रतियोगिता उपाधि खेलकुद पत्रकार मञ्चलाई
कात्तिक २४, २०८१ शनिबार
पाँच किमी दौडमा पुरुषतर्फ कार्की र महिलातर्फ भण्डारी
कात्तिक २४, २०८१ शनिबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार
हिजबुल्लाहसँग युद्बबिरामबारे निर्णय लिन इजरायली मन्त्रिपरिषद बैठक सुरू
मंसिर ११, २०८१ मंगलबार
बाँसबारीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन घाइते
मंसिर ११, २०८१ मंगलबार
मृगौलाको डाइलासिस र पाठेघरको उपचार व्यवस्था मिलाउँछौँं: स्वास्थ्यमन्त्री पौडेल
मंसिर ११, २०८१ मंगलबार
एमाले महासचिव पोखरेलसँग भियतनाम कम्युनिष्ट पार्टीका नेताको भेट
मंसिर ११, २०८१ मंगलबार
रास्वपा सांसदविरुद्धको अवहेलना मुद्दामा थप विवरण मगाउने आदेश
मंसिर ११, २०८१ मंगलबार
सप्तरीमा दुई दिनमा ३८ जना पक्राउ
मंसिर ११, २०८१ मंगलबार