नेपाली विद्यार्थी विदेशमा पढ्न होइन, बस्न पाइन्छ भनेर गइरहेका छन् : गगन थापा
नेपालबहस संवाददाता
फागुन २४, २०७९ बुधबार १९:३४:५२
२४ फागुन, काठमाडौं । संघीय सांसद एवं नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली विद्यार्थी अष्ट्रेलिया, युरोप, अमेरिका, बेलायतमा पढ्नका लागि नभई बस्न पाइन्छ भने विद्यार्थी भिसामा गइरहेको बताएका छन् । उनले नेपालको शिक्षा नागरिकको सहज पहुँचमा पुर्याउन निःशुल्कको तहसम्म उठाउन आवश्यक रहेको बताए ।
उनले अहिलेकै अवस्थाका सरकारको शिक्षाले पाँच वर्षपछि विज्ञान, गणित र अंग्रेजीमा शून्यतातिर जाने संभावना बढेको बताए । देशभित्र रोजगार ग्यारेन्टी नहुँदा पनि विद्यार्थीहरु प्लस टू सक्नेबित्तिकै सुविधासम्पन्न मुलुकहरुमा जाने लहर बढेको उनको भनाइ छ ।
काठमाडौंमा भएको नेपालको पछिल्लो आर्थिक अवस्थाबारे निजी क्षेत्रसँगको छलफल कार्यक्रममा बोल्दै महामन्त्री थापाले नेपाली विद्यार्थी अष्ट्रेलियामा पढ्न पाइन्छ भनेर नभई काम गर्न र बस्न पाइन्छ भनेर जाने गरिएको बताए । उनले नेपाली विद्यार्थीहरुलाई धेरैभन्दा धेरै संख्यामा आईटी पढाउनुपर्ने बताए । सरकारकै अध्यनले अबको पाँच वर्षपछि विश्वविद्यालयमा भर्ना हुन आउने विद्यार्थीहरुमा गणित, अंग्रेजी र विज्ञानमा निकै कमजोर अवस्थामा पाउने अवस्था रहेको बताउँदै विषयगत पढाईमा निकै सुधार गर्नुपर्ने बताए ।
‘जति पनि नेपाली विद्यार्थीहरु स्टुडेन्ट भिसामा विदेशमा पढ्न गएका छन्, ति सबै पढ्न गएका होइनन्’ थापाले भने, ‘ति त पढ्न भनेर त्यहाँ गएर काम गर्ने अनि त्यही बस्न पाइन्छ भनेर गएका हुन् । साँचाे कुरा के हाे भने उनीहरु नेपाल फर्केर आउन गइरहेका छैनन् ।’ नेपाली विद्यार्थी नेपालमा नेपालमा उत्कृष्ट शिक्षा र विश्वविद्यालय नपाएर विदेशमा नगइरहेको, त्यतै स्मार्ट जीवन बिताउन पाइन्छ भनेर गइरहेको बताए ।
‘यो कुरा थाहा पाउँदा पाउँदै हामी चुप बसिरहेका छौं’ उनले भने, ‘अष्ट्रेलियामा त विद्यार्थीहरु त्यहाँको लाइफ स्टाइल हेरेर गएको हो नि ।’ यहाँका विश्वविद्यालयहरुले केही मात्रामा सुधार गरेर, राम्रो देखाएरमा विद्यार्थी पलायन रोक्न नसकिने उनको भनाइ छ । शिक्षामा संरचनागत रुपमै आमूल परिवर्तन र देशभित्र रोजगारको ग्यारेन्टी सरकारले गर्नुपर्ने उनले बताए । विद्यार्थीको विदेश पलायनसँगै लैजाने अर्बौ रुपैयाँका कारण अर्थतन्त्र ओरालोतर्फ गइरहेको बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपधनुषाका संस्थागत विद्यालय एक सातादेखि बन्द
मंसिर ९, २०८१ आइतबार
विद्यार्थीद्वारा व्यावसायिक च्याउखेती
मंसिर ९, २०८१ आइतबार
प्रदेश क्षेत्रका गरिब तथा जेहेन्दारलाई शैक्षिक सामग्री
कात्तिक २६, २०८१ सोमबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
मंसिर १०, २०८१ सोमबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
सीप र रोजगारीलाई जोड्न चन्द्रागिरिद्वारा युवालाई ‘डिजिटल’ तालिम
मंसिर ११, २०८१ मंगलबार
अदालतको अपहेलनासम्बन्धी रास्वपाका नेताविरुद्धको रिट न्यायाधीशद्वय शर्मा र निरौलाको इजलासमा
मंसिर ११, २०८१ मंगलबार
सुर्खेत–जुम्ला सडकखण्डको दृश्य
मंसिर ११, २०८१ मंगलबार
फोक्सुण्डो ताल किनारा रहेको गुम्बा
मंसिर ११, २०८१ मंगलबार
तारापुरको बारीमा बसेका कोटेरो मुनियाँ चरा
मंसिर ११, २०८१ मंगलबार
राष्ट्र बैंकले समस्याग्रस्त घोषणा गरेको कर्णाली विकास बैंकले निक्षेप लिन र कर्जा दिन नपाउने
मंसिर ११, २०८१ मंगलबार