बस बस पियारीमा अञ्जली र ओवीको अभिनय [ भिडियो सहित ]
नेपालबहस संवाददाता
फागुन २४, २०७९ बुधबार १९:४४:२८
२४ फागुन, काठमाडौं । गायीका सुनिता शर्माले आफ्नो नयाँ गीत ‘बस बस पियारी’ बजारमा ल्याएकी छन् । गुल्मी जिल्लामा जन्मिएर काठमाडाैंलाई कर्मथलो बनाउँदै आएकी सुनिताको हाल सम्म १२ वटा गीतहरु बजारमा आएका छन् ।
जुनेली रातैमा बोलको गीतबाट आफ्नो सांगीतिक यात्रा सुरु गरेकी सुनिताको पछिल्लो गीत ‘बस बस पियारी’ लाई दर्शक स्रोताले मन पराउने उनको विश्वास छ । गीतमा बद्रि सापकोटाले उनलाई स्वरमा सहयोग गरेका छन् भने गीतको लय कृष्ण लामिछाने र लय पनि उनै बद्रि सापकोटाको रहेको छ । गीतको म्युजिक भिडियोमा अंजली अधिकारी र ओवी रायमाझीले अभिनय गरेका छन् भने निर्देशन जेरी भण्डारीले गरेका हुन् ।
सन्तानको महिली छोरीको रुपमा रहेकी सुनिताको परिवार सबैले गीत गुनगुनाउँछन् । सबै परिवार लोक पारखी भए पनि संगीतिक क्षेत्रमा लाग्ने उनी मात्र हुन् । अरुले गुल्मीमै गाउँघरमा हुने कार्यक्रम तथा मेलापाखामा भने गीत गाउँछन् ।
उनी गीत संगीतमा लागेको धेरै भएको छैन । ६÷७ बर्षको अबधीमा यो क्षेत्रमा चिन्ने र बुझ्ने प्रयास भएको उनी भन्छिन्–गीत संगीतमा सिक्न धेरै छ’ । यो क्षेत्रमा लाग्न प्रेरणा दिने परिवारजन, अग्रज कलाकार , साथीसंगी र शुभचिन्तकहरुलाई बिशेष धयवाद दिदै आउदा दिनमा पनि सहयोग र सल्लाह सुझाबको अपेक्षा सुनिताले गरेकी छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअष्ट्रेलियाबाट रमणले ल्याएको ‘बिछोडको घाउ’मा शिल्पा र केशवराज
मंसिर २६, २०८१ बुधबार
यी अभागी छोरी,”जसले आफुले गाएको गीत बुवाआमालाई सुनाउन पाइनन्”
मंसिर २१, २०८१ शुक्रबार
गायिका स्मिता दाहालले गरिन् इन्गेजमेन्ट
मंसिर १८, २०८१ मंगलबार
निराशाजनक राजनीतिमा कांग्रेसभित्र डा. शेखर कोइरालाप्रति बढ्दो आशा
कुसुम भट्टराई
मंसिर २९, २०८१ शनिबार
कांग्रेसमा सभापतिको बहस, शेखरप्रति बढ्दो छ क्रेज
यज्ञप्रसाद भट्टराई
मंसिर ३०, २०८१ आइतबार
गाजाको विषयलाई लिएर इजरायल र आयरल्यान्डबीच तनाव, इजरायलले दूतावास बन्द गर्ने
मंसिर ३०, २०८१ आइतबार
मदन भण्डारीको हत्या सम्बधमा वामदेव र ओलीबीच किन चल्दैछ दोहोरी ?
पुष १, २०८१ सोमबार
मुकुण्डो बनाएर बेच्न बसेका कलाकार तामाङ
पुष १, २०८१ सोमबार
अङ्गदान र प्रत्यारोपणसम्बन्धी जानकारी अब अनलाइनबाटै लिनसक्ने
पुष १, २०८१ सोमबार
जतगढीमा आन्तरिक पर्यटक
पुष १, २०८१ सोमबार
रूसको कुर्स्क क्षेत्रमा कम्तीमा ३० जना उत्तर कोरियाली सैनिकको मृत्यु
पुष १, २०८१ सोमबार