‘लैङ्गिक भेदभावविना समानुपातिक समावेशी सिद्धान्त लागू भएको छ’
नेपालबहस संवाददाता
फागुन २४, २०७९ बुधबार २०:२१:४६
२४ फागुन, देउखुरी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले एक सय १३औँ अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा देश, विदेशमा रहेका सम्पूर्ण नारीहरुमा शुभकामना व्यक्त गरेका छन । उनले नेपालको संविधानले लैङ्गिक भेदभावविना राज्यका हरेक निकायमा समानुपातिक समावेशी सिद्धान्तका आधारमा सहभागी हुने हक सुनिश्चित गरेको उल्लेख गरेका हुन ।
आज महिला अन्तर्राष्ट्रिय नारी दिवसको विश्वभरि ‘लैङ्गिक समानताको बलियो आधार ः सिर्जनात्मक प्रविधिमा महिलाको पहुँच विस्तार’ भन्ने नारासहित विभिन्न कार्यक्रम गरी मनाइँदै छ । महिला अधिकार, सशक्तिकरण र आत्मसम्मान प्राप्तिको ठूलो उत्सवका रुपमा विश्वभर मनाइँदै आइएको छ । नेपालमा आजको दिनलाई राजनीतिक चेतना र जागरण विस्तारको महाअभियानका रुपमा पनि मनाइँदै आइएको मुख्यमन्त्री गिरीले स्मरण गरेका छन ।
उनले सन्देशमा भनेका छन — जहानियाँ राणाशासन, निरकुङ्श पञ्चायती शासन व्यवस्था र शाही शासनको कठिन अवस्थामा प्रजातान्त्रिक अधिकार प्राप्तिका लागि नेपाली महिलाले गरेको सङ्घर्ष अविस्मरणीय छ । महिला आन्दोलन केवल महिला अधिकार र समानताको लडाइँमा मात्रै सीमित नभएर लोकतान्त्रिक आन्दोलनको फराकिलो दायरामा विस्तार भएको थियो । लोकतान्त्रिक आन्दोलनको दायरालाई फराकिलो बनाउन र उत्कर्षमा पु¥याउन नारी दिवसका अवसरमा आयोजना भएका कार्यक्रमले महत्वपूर्ण भूमिका खेलेको स्मरण गर्दै मुख्यमन्त्रीले महिलाको सक्रियता, जुझारुपन र अठोटको सम्मान व्यक्त गरेका छन ।
अझै नेपाली महिला कथित बोक्सी, छाउपडी र दाइजो जस्ता कुप्रथाका नाममा पीडित भएको उल्लेख गर्दै उनले भनेका छन, “यस्ता कुप्रथाको अन्त्य गर्नुपर्छ । कानुनको कार्यान्वयन गर्न राज्यलाई सघाउ पु¥याउँदै अघि बढे यी सबै समस्याको समाधान सम्भव छ ।” संविधानको सफल कार्यान्वयन गर्दै महिलाको सुरक्षा, सम्मान र रोजगारीको आधार खडा गर्दै समृद्ध नेपाल निर्माणको महाअभियानमा सबै एकताबद्ध भई अघि बढ्न उहाँले सबै राजनीतिक दल, सङ्घसंस्था र आम नागरिकमा अपिलसमेत गरेका छन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
बिआरआईबारे संसदमा पर्याप्त र खुल्ला छलफल गरेर मात्रै हस्ताक्षर गर्नुपर्छ: नेता कोइराला
मंसिर १४, २०८१ शुक्रबार
परराष्ट्रमन्त्री राणा र चिनियाँ विदेशमन्त्री वाङ यीबीच द्विपक्षीय भेटवार्ता
मंसिर १४, २०८१ शुक्रबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
भारतको आर्थिक वृद्धिदर सेप्टेम्बरमा ५.४ प्रतिशतमा झर्यो
मंसिर १४, २०८१ शुक्रबार
शृङ्खलाबद्ध चोरी/डकैतीमा संलग्न गिरोह पक्राउ
मंसिर १४, २०८१ शुक्रबार
नेपाली क्रिकेटरसँग खेल्न उत्साहित छु : शिखर धवन
मंसिर १४, २०८१ शुक्रबार
सहायक निरीक्षकले आफैँलाई गोली प्रहार गरे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
बिआरआईबारे संसदमा पर्याप्त र खुल्ला छलफल गरेर मात्रै हस्ताक्षर गर्नुपर्छ: नेता कोइराला
मंसिर १४, २०८१ शुक्रबार