लागत घटाएर कर्जा लगानी बढाउन व्याजदर घटाउने तयारी
नेपालबहस संवाददाता
फागुन २४, २०७९ बुधबार २०:४६:३८
२४ फागुन, काठमाडौं । देशमा रहेका समग्र बाणिज्य बैंकहरुले बैंकको लागत घटाउँदै कर्जा लगानी बढाउन आगामी बैशाखदेखि निक्षेप र ऋणको व्यजदर घटाउने तयारी गरेका छन् । बैंक तथा वित्तीय संस्थाको व्यजदरलाई लिएर व्यवसायीहरु आन्दोलित भइरहेका बेला विग मर्जरमा गएका र नगएका बैंकहरुले व्याजदर घटाउने तयारी गरेका हुन् । व्यजदर घटाउनेबारे बाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स एशोसिएसनले आवद्ध बैंकहरुलाई छलफलका लागि बोलाएको छ ।
संघका एक सदस्यले नेपाल बहसलाई दिएको जानकारी अनुसार सम्भवत यस विषयमा बिहीबार बाट छलफल हुनेछ । छलफलको निष्कर्ष अनुसार निक्षेप र ऋणको व्याजदर समग्रमा घटाउने वा आम्सिक रुपमा घटाउँदै जाने भन्ने निर्णय हुनेछ । उनका अनुसार यस्तो व्यजदर आगामी बैशाख १ गतेबाट लागु हुनेछ । व्यजदर घटाउने विषयमा सबै बाणिज्य बैंकहरु तयार भएपनि कुन दरमा घटाउने भन्नेबारे एकिन भएको छैन । अब सरकारले फेरी आन्तरिक ऋण उठाउने तयारी पनि गरिहरहेको र यसलाई मध्यनजर गर्दै व्यजदर घटाउने उनको भनाइ छ ।
बैंक तथा वित्तीय संस्थाबिरुद्ध विभिन्न आन्दोलन भइरहेको र यसले नेपाल राष्ट्र बैंक पनि तनाव रहेको अवस्था छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गत आइतबार सरोकारवाला पक्षसँग छलफल गर्दै वित्तीय क्षेत्रका समस्या समाधानका लागि उपयुक्त सुझाव पनि मागेका थिए । यसअनुसार सरकार र नेपाल राष्ट्र बैंकलाई सहयोग पुग्ने गरी कसरी सम्भव हुन्छ त्यसअनुसार व्याजदर घटाएर जाने बैंकरहरु बताउँछन् । राष्ट्र बैंकले पनि संस्थागत मुद्दतीकर्ताको ब्याज दर ६ महिनामा पुनरावलोकन गर्नुपर्ने निर्देशन यसअघि नै दिएको थियो । मुद्दतीको अवधि कम्तिमा ३ महिनाको हुनुपर्ने व्यवस्था रहेपनि बैंकहरुले तीन महिनादेखि वर्ष दिनसम्मको मुद्दतीको ब्याज दर समान राख्दै आएका छन् ।
यसलाई पुनरावलोकन गर्दै अब ३ देखि ६ महिना अवधिको मुद्दती निक्षेपलाई एउटा दर र ६ महिनाभन्दा बढी अवधिको दर अर्को दिने विषयमा छलफल चलाउने बैंकरहरुको भनाइ छ । राष्ट्र बैंकको ब्यवस्था अनुसार, साधारण मुद्दतीको ब्याजभन्दा संस्थागत मुद्दतीकर्ताको ब्याज दर २ प्रतिशत बिन्दुले कम हुनु पर्नेछ । अहिले साधारण मुद्दतीको ब्याज ११ प्रतिशत कायम छ भने संस्थागत मुद्दतीकर्ताको ब्याज ९ प्रतिशत कायम छ । यो ९ प्रतिशतको ब्याज दरलाई पनि बैंकरले वर्गीकरण गर्न खोजेको बताएका छन् ।
अहिले ३ देखि ६ महिनाको निक्षेपलाई ७ देखि ८ प्रतिशत ब्याज दिएर यो भन्दा माथिकोमा ९ प्रतिशत दिदा के हुन्छ भन्ने विषयमा छलफल हुँदैछ । यसो गर्दा निक्षेपको लागत अझ सस्तो भएर ऋणको ब्याज दर कम हुन जाने बैंकहरुको भनाइ छ । अहिले ३ देखि ६ महिनाको मुद्दतीको हिस्सा २५ प्रतिशत कायम छ । अहिले बैंकहरुसँग कुल ४७ खर्ब ४६ अर्ब रुपैयाँ निक्षेप छ । यसको २८ प्रतिशत बचत निक्षेप रहेको छ भने १३ खर्ब २८ अर्ब ८८ करोड रुपैयाँ बचत निक्षेपको ब्याज एक प्रतिशत बिन्दुले घट्दा बैंकिङ क्षेत्रको लागत १३ अर्ब २८ करोड रुपैयाँले घट्ने देखिन्छ ।
बैंकरहरुका अनुसार अहिले लागत उच्च भएकाले एकातिर ऋणको माग कम भइरहेको छ भने अर्कोतिर गएको ऋण ब्याजकै दवावले भुक्तानी हुन छाडेको छ । यस्तो अवस्थामा बैंकहरुले ऋण सस्तो पार्ने रणनीति लिनका लागि बैठक बोलाएका छन् । माघमा निक्षेपको ब्याजदर ११ प्रतिशतमा झारेका बैंकहरुले चैत १ गतेबाट लागू हुने निक्षेपको ब्याज दर पुनः घटाउने तयारी यसै अनुरुप गरेका हुन् । निक्षेपको ब्याज दर घटेपछि बैंकको लागत कम हुन्छ र आधार दर कम भएर जाँदा ऋणको ब्याजदर सस्तो हुने उनीहरुको अनुमान छ ।
यतिबेला ऋणको ब्याज महँगो भएको भन्दै ऋण नतिर्ने अभियानसमेत सञ्चालन हुन थालिसकेको अवस्था छ । यसमाथि सरकार र राष्ट्र बैंकलाई पनि ब्याज घटाएर बजारलाई गतिशील बनाउनुपर्ने दवावमा बेंकहरु छन् । अब माग र आपूर्तिको आधार बनाएर ब्याज घटाउने उनीहरु बताउँछन् । अब माघको र चैतको आधार दर समायोजन भएर वैशाख १ गतेदेखि घटेको आधार दर कायम गराउने उनीहरुको लक्ष्य छ । बैंकरहरु १ प्रतिशत बिन्दु हाराहारीले चैतमा निक्षेपको ब्याज घटाउन सहमत भए भने वैशाखबाट ऋणको ब्याज घट्ने छ ।
निक्षेपको ब्याज दर एकैपटक घटाउँदा बैंकहरु असर पर्ने एकथरीको भनाइ छ । सरकारले अझै १० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउन बाँकी छ भने चैतको किस्ता तिर्नका लागि पनि बैंकबाट निक्षेप झिकिने सम्भावन उत्तिकै छ । यसो हुँदा अहिले ब्याज घटाएमा निक्षेप निरुत्साहित भएर तरलता बढ्ने सम्भावना पनि बैंकहरुसँग छ । यसैपनि केही बैंकले कर्जामा लिने र निक्षेपमा दिने ब्याजको अन्तर (स्प्रेड दर) अहिले नै समायोजन गरेर ब्याज कम गरेका छन् । मर्जरमा गएकाबाहेक अधिकांश बैंकले स्प्रेड दर चैतभित्र ४.२ प्रतिशतमा झारिसक्नु पर्छ । तर, त्यसमा पनि केही ऋणको ब्याज घटाइएको छ । अब बढिमा १ प्रतिशतसम्म व्याज घटाउन सकिने बैंकहरु बताउँछन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनबिल बैंक आठौँ पटक सबैभन्दा बढी कर तिर्ने बैंकका रूपमा सम्मानित
मंसिर १, २०८१ शनिबार
सिटिजन्स बैंकको डिजिटल फिक्स डिपोजिटमा ग्राहकको आकर्षण, अब रोबर्ट हुँदै एआईको तयारी
कात्तिक ३०, २०८१ शुक्रबार
नबिल बैंक दक्षिण एसियाको उत्कृष्ट वित्तीय प्रतिवेदन साफा अवार्डबाट सम्मानित
कात्तिक ३०, २०८१ शुक्रबार
रविको बयान : खातामा आएको २ करोड झिकेर चलाएको हुँ, कसले पठायो थाहा भएन !
नेपालबहस संवाददाता
कात्तिक २९, २०८१ बिहिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
मंसिर १, २०८१ शनिबार
नेपाल प्रहरीमा ५ डीआईजीको दरबन्दी थप गर्ने अन्तिम तयारी, बढुवाको लिगलिगे दौड !
मंसिर १, २०८१ शनिबार
मेलानिया ट्रम्प ह्वाइटहाउसमा नबस्ने
मंसिर १, २०८१ शनिबार
एक होइन, अनेक सम्भावनाको क्षेत्र हो कर्णाली: मुख्यमन्त्री कँडेल
मंसिर १, २०८१ शनिबार
पाकिस्तानमा पृथकतावादी समूहको आक्रमणमा परी ७ सैनिकको मृत्यु
मंसिर १, २०८१ शनिबार
६ सय एक हप्ता सफाइ गर्दा पनि वागमतीको अवस्था उस्तै
मंसिर १, २०८१ शनिबार
कीर्तिपुर नगरप्रमुखमा कांग्रेसबाट डङ्गोलले चुनाव लड्ने
मंसिर १, २०८१ शनिबार
सहकारी ठगीको अनुसन्धान कहिँकतैबाट प्रभावित हुँदैन् : सञ्चारमन्त्री गुरुङ
मंसिर १, २०८१ शनिबार
‘कूटनीतिक माध्यमबाट’ युद्ध अन्त्य गर्न चाहेको जेलेन्स्कीको भनाइ
मंसिर १, २०८१ शनिबार