संसद विघटनको पक्षमा उभिए राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिना
नेपालबहस संवाददाता
फागुन २४, २०७९ बुधबार २२:१:४६
२४ फागुन, काठमाडौं । संबैधानिक पद धारण गरिरहेका राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सरकार समस्यामा परेका बेला संसद विघटन गर्न नपाइने भन्ने नेपाली राजनीतिज्ञहरुको बुझाई गलत भएको बताएका छन् । उनले सरकार समस्यमा परेका बेला नयाँ जनादेशमा जानका लागि संसद विघटन गर्न पाउनुपर्ने विवादास्पद भनाई राखेका छन् ।
बुधबार पारिवारिक–निजी वन संघ नेपालको ९ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले दलहरु आफू ठीक ढंगले नचल्ने र दोष जति संविधान, कानुन र व्यवस्थालाई थोपरेर उम्कन काम कलत भएको बताए । अध्यक्ष तिमिल्सनाले संविधान प्रयोगको गलत अभ्यासले संसद् र सरकारले प्रभावकारी काम गर्न नसकेको दावी गर्दै सरकार अप्ठेरोमा परेका बेला संसद् विघटन गर्ने कुरा संसारभरको उचित अभ्यास भएको बताए ।
तत्कालीन प्रधानमन्त्री केपी ओलीले संसद् विघटन गर्दा उत्पन्न परिस्थितिलाई लक्षित गर्दै अध्यक्ष तिमिल्सिनाले अहिले पनि राजनीतिक परिस्थिति उचित नभएको भन्दै सरकारले संसद विघटन गरेर नयाँ जनादेशमा जान पाउनुपर्ने जिकिर गरे । राष्ट्रपति निर्वाचनको एक दिनअघि अध्यक्ष तिमिल्सिनाबाट यस्तो प्रतिक्रिया आएलगत्तै राजनीतिक बृतमा विभिन्न टिक्काटिप्पणीसमेत सुरु भइसकेका छन् ।
नेपालमा विगतमा पटकपटक संविधान विघटन भएकाले संविधानमै विघटन नै नगर्ने कुरा उल्लेख हुँदा संसदबारे अहिले विरोधाभाष भइरहेको उनको भनाइ छ । अध्यक्ष तिमिल्सिनाले सरकार सञ्चालन गर्नेहरुले ढंग पुर्याएर संसद् चलाउन नसकेको बताए । उनले कागजलाई दोष दिएर उम्किन खाजेको आरोप लगाउँदै सरकारले केही गर्न नसक्ने अवस्था सिर्जना हुँदा संसद विघटन गरी जनतामा जाने कुरालाई राजनीतिक दलहरुले नै अन्देखा गर्नु गलत भएको बताए ।
उनले केही राजनीतिक दलहरुले संसद विघटन नगर्ने कुरालाई सबैभन्दा ठूलो क्रान्तिकारी र परिवर्तनकारी कामका रुपमा लिइरहेको बताउँदै सरकारले केही गर्न नसकेपछि संसद् विघटन गरेर निर्वाचनमा जाँदा भागबण्डा गर्ने, पार्टी फुटाउने, पार्टी फुटाउन अध्यादेश ल्याउने, मन्त्री बाँड्ने र जनतामा जाने कुरालाई बेवास्ता गर्नु गलत परिपाटी भएको तर्क गरे । राजनीतिक दलहरुले आफ्नो बानी सुधार नगरेसम्म परिवर्तनको नारा लिएर मात्रै कतै नपुग्ने उनको भनाइ छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमृगौलाको डाइलासिस र पाठेघरको उपचार व्यवस्था मिलाउँछौँं: स्वास्थ्यमन्त्री पौडेल
मंसिर ११, २०८१ मंगलबार
एमाले महासचिव पोखरेलसँग भियतनाम कम्युनिष्ट पार्टीका नेताको भेट
मंसिर ११, २०८१ मंगलबार
‘नेपालमा गणतन्त्र र लोकतन्त्रले सफलता पाएको छ’
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार
हिजबुल्लाहसँग युद्बबिरामबारे निर्णय लिन इजरायली मन्त्रिपरिषद बैठक सुरू
मंसिर ११, २०८१ मंगलबार
बाँसबारीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन घाइते
मंसिर ११, २०८१ मंगलबार
मृगौलाको डाइलासिस र पाठेघरको उपचार व्यवस्था मिलाउँछौँं: स्वास्थ्यमन्त्री पौडेल
मंसिर ११, २०८१ मंगलबार
एमाले महासचिव पोखरेलसँग भियतनाम कम्युनिष्ट पार्टीका नेताको भेट
मंसिर ११, २०८१ मंगलबार
रास्वपा सांसदविरुद्धको अवहेलना मुद्दामा थप विवरण मगाउने आदेश
मंसिर ११, २०८१ मंगलबार
सप्तरीमा दुई दिनमा ३८ जना पक्राउ
मंसिर ११, २०८१ मंगलबार