बौद्ध कलेज खोल्न गरिएको गाउँपालिका अध्यक्षको पत्रमाथि अख्तियारको छानबिन
नेपालबहस संवाददाता
फागुन २४, २०७९ बुधबार २३:३५:४
२४ फागुन, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका अध्यक्ष रिनजिङ नाम्गेल गुरूङमाथि अनुसन्धान सुरु गरेको छ ।
यो गाउँपालिका हालै मात्र भारतले बौद्ध कलेज खोल्न गरेको प्रस्तावबारे विवादमा तानिएको क्षेत्रमा पर्दछ । अध्यक्ष गुरूङले बौद्ध कलेज निर्माणका लागि सन् २००७ मा स्थापना गरिएकाे साक्या बौद्ध संघको पत्रलाई हेरेर भारतीय दूतावाससँग आर्थिक सहयोगका लागि गएकाे मंसिर ६ गते पत्राचार गरेको विषयमा छानबिन सुरु गरिएको हो ।
स्थानीय तहले वैदेशिक सहयोग माग्नुअघि अनिवार्य रुपमा संघीय सरकारको अनुमति लिनुपर्ने संवैधानिक व्यवस्था रहेको छ । तर अख्तियार दुरुपयोग अनुसन्धान आयोग (पहिलो संशोधन) ऐन, २०४८ मा उल्लेख भएको व्यवस्थाको खिलाफमा निर्णय गरेको पाइएको भन्दै उनी अनुसन्धानको घेरामा तानिएका हुन् ।
उक्त व्यवस्थाअनुुसार सार्वजनिक पदधारण गरेका व्यक्तिले जानीजानी वा लापरबाही साथ आफूलाई प्राप्त अधिकार बदनियत साथ वा स्वेच्छाचारी रुपमा प्रयोग गर्न नपाइने व्यवस्था छ ।
सिफारिस गरेको कुरा उनले स्वीकार गरेका छन् । सरकारको निर्देशनमा सत्यतथ्य पत्ता लगाउन आयोगले अनुसन्धानका काम सुरु गरिसकेको आयोगको भनाइ छ ।
राष्ट्रलाई ‘घात’ गरेर सरकारले भारतलाई कलेज खोल्न दिएको भन्दै एमालेका अध्यक्ष केपी शर्मा ओलीले चर्को विरोध गरेका थिए । तर सरकारका प्रवक्ता एवं संचारमन्त्री रेखा शर्माले भने कलेज खोल्नेबारे कसैलाई पनि अनुमति नदिएको स्पष्ट पारेकी छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगण्डकी प्रदेशसभा सदस्य थापाले लिइन् शपथ
मंसिर २८, २०८१ शुक्रबार
बुढापाकालाई गाउँको अस्तित्व मेटिने डर !
मंसिर १२, २०८१ बुधबार
गण्डकीमा डेङ्गी सङ्क्रमणबाट आठ जनाले ज्यान गुमाए
कात्तिक ३०, २०८१ शुक्रबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
के परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
यस्तो छ नेकपा एसका नेताहरुको कार्यविभाजन
पुष ३, २०८१ बुधबार
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुष ३, २०८१ बुधबार
नेपाल प्रहरीमा दैनिक १६२ मुद्दा दर्ता, ११७ पक्राउ
पुष ३, २०८१ बुधबार
गठबन्धन सरकार ढल्छ कि भन्ने भ्रममा नपर्न सञ्चारमन्त्रीको आग्रह
पुष ३, २०८१ बुधबार
परराष्ट्रमन्त्री डा देउवा भारत प्रस्थान
पुष ३, २०८१ बुधबार
न्यायालयको गरिमा कायम राख्न पारदर्शिता चाहिने
पुष ३, २०८१ बुधबार