नगरपालिका र प्रहरीको समन्वयमा रोकियो बालबिवाह
नेपालबहस संवाददाता
फागुन २५, २०७९ बिहिबार १८:१६:३६
२५ फागुन , खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१० पाथेकाकी १७ वर्षीय किशोरी र सोही नगरपालिकाको वडा नं ६ नेर्पाका २२ वर्षीय युवकबीच हुन लागेको विवाह रोकिएको छ ।
स्थानीय बाल क्लबले किशोरीको उमेर २० वर्ष नपुग्दै विवाह हुन लागेको जानकारी नगरपालिकालाई गराएपछि नगरपालिका र प्रहरीको समन्वयमा विवाह रोकिएको हो । अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाउने तयारी भइरहँदा मङ्गलबार १७ वर्षकी किशोरी र २२ वर्षका युवकबीचमा विवाहको तयारी भएको थियो ।
बालविवाह गर्न लागेको खबर आएपछि प्रहरीचौकी तालखर्कका प्रहरी पुगेर सम्झाइबुझाइ गरेपछि विवाह रोकिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक मञ्जिल मुकारुङले जानकारी दिए ।
यसैबीच, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले विपन्न परिवारका छ जना महिलालाई आर्थिक सहयोग गरेको छ । बुधबार ११३औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा वडा नं १ दिक्तेलकी मनिषा कटवाल, वडा नं ४ खाल्लेकी पवित्रा लम्साल, वडा नं ७ दोर्पाचिउरीडाँडाकी निर्माया राई, वडा नं १० पाथेकाकी मनकुमारी विश्वकर्मा, वडा नं ११ खार्मीकी अम्बिका विश्वकर्मा र वडा नं १२ जालपाकी दुर्गा श्रेष्ठलाई नगद सहयोग गरिएको हो ।
विपन्न महिलालाई जनही रु छ हजारका दरले सहयोग प्रदान गरिएको नगरपालिकाको महिला तथा बालबालिका शाखा प्रमुख इरन राईले जानकारी दिइन। कार्यक्रममा नगरभित्रका उच्च पदमा पुग्न सफल तीन महिला निजामती कर्मचारी र २७ जना महिला प्रधानाध्यापकलाई सम्मान गरिएको छ ।
निजामतीतर्फ उपसचिव कोपिला राई, अधिकृत छैटौंँ रेखा राई र शर्मिला राईलाई सम्मान गरिएको छ । निजामती सेवातर्फ उच्च पदमा पुगेर सेवारत महिला अधिकृतलाई नगरपालिकाले दोसल्ला ओढाएर सम्मानपत्रसहित सम्मान गरेको हो । दिवसको अवसरमा नगरपालिकाले महिला जनप्रतिनिधिबीचमा वतृत्वकला प्रतियोगितासमेत गरेको थियो ।
‘नगरको समृद्धिमा महिला जनप्रतिनिधिको भूमिका’ विषयक वतृत्वकला प्रतियोगितामा वडा नं १२ जालपाकी वडासदस्य धनशोभा राई प्रथम, वडा नं ३ बाम्राङकी रेखा रम्तेल दोस्रो, वडा नं ४ खाल्लेकी सुवती राई तेस्रो र वडा नं १० पाथेकाकी कल्पना राई सान्त्वना भएका छन ।
प्रतियोगितामा नगरका आठ महिला जनप्रतिनिधिको सहभागिता थियो । कार्यक्रममा किशोरी सशक्तीकरण कार्यक्रम अन्तर्गत नगरपालिकाले सरस्वती मावि पाथेकालाई रु ७३ हजार उपलब्ध गराएको छ । किशोरी समूह निर्माण गरी किशोरी सशक्तीकरणसम्बन्धी सचेतनामूलक कार्यक्रम सञ्चालनका लागि आर्थिक सहयोग उपलब्ध गराएको नगरपालिकाले जनाएको छ ।
सिर्जनशील महिला कृषि समूह खाल्लेलाई रु छ लाख २५ हजार उपलब्ध गराइएको छ । बहुक्षेत्रीय पोषण कार्यक्रम अन्तर्गत किसान समूहलाई रकम उपलब्ध गराएको नगरउपप्रमुख विशन राईले जानकारी दिए।
नेकपा ‘माओवादी केन्द्र’का पोलिटब्यूरो सदस्य एवम् संविधानसभा सदस्य दुर्गाजयन्ती राईको प्रमुख आतिथ्यता आयोजित कार्यक्रम अघि दिक्तेल बजारमा ¥याली निकालिएको थियो । पन्ध्र वडा रहेको उक्त नगरपालिकामा महिला तथा बालबालिका शाखाको आयोजनामा अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाइएको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरातो कारमा ल्याइएको १ सय ९० केजी गाँजा सशस्त्र प्रहरी सुनसरीद्धारा बरामद
पुष २, २०८१ मंगलबार
महारानीझोडामा जग्गाधनी दर्ता प्रमाणपूर्जा वितरण शुभारम्भ
मंसिर २४, २०८१ सोमबार
दमकमा बन्यो एक अर्ब ४५ करोडको १८ तले भवन, भोलि प्रधानमन्त्री ओलीले उद्घाटन गर्ने
मंसिर २२, २०८१ शनिबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुष ३, २०८१ बुधबार
नेपाल प्रहरीमा दैनिक १६२ मुद्दा दर्ता, ११७ पक्राउ
पुष ३, २०८१ बुधबार
गठबन्धन सरकार ढल्छ कि भन्ने भ्रममा नपर्न सञ्चारमन्त्रीको आग्रह
पुष ३, २०८१ बुधबार
परराष्ट्रमन्त्री डा देउवा भारत प्रस्थान
पुष ३, २०८१ बुधबार
न्यायालयको गरिमा कायम राख्न पारदर्शिता चाहिने
पुष ३, २०८१ बुधबार