आज निर्वाचित हुने नयाँ राष्ट्रपतिले सानो हित हेर्ने हैन, बफादार भएर काम गर्नुपर्छ : ओली
नेपालबहस संवाददाता
फागुन २५, २०७९ बिहिबार १९:१५:२७
२५ फागुन, काठमाडौं । नेकपा ‘एमाले’ अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिको निर्वाचनमा मतदान गरेका छन ।नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से कक्षमा कायम गरिएको सङ्घी संसद् मतदान केन्द्रमा पार्टी अध्यक्ष एवं सङ्घीय सांसद ओलीले केहीबेरअघि मतदान गरेका हुन ।
मतदानपछि सञ्चारकर्मीसँग उनले आज निर्वाचित हुने नयाँ राष्ट्रपतिले मुलुकको सार्वभौमसत्ता र स्वाधीनता कायम राख्दै राष्ट्र र जनताप्रति उत्तरदायी भएर काम गर्नुपर्ने बताए ।
उनले भने, “नयाँ निर्वाचित हुने राष्ट्रपतिले आफ्नो सानो समूहको हित हेर्ने हैन । देशप्रति बफादार भएर काम गर्नुपर्छ ।” उहाँले अघिल्ला दुई राष्ट्रपतिको भूमिकाको प्रशंसासमेत गरे । उनले भन्नुभयो, “वर्तमान राष्ट्रपतिको भूमिकालाई अङ्क दिनपरे सय दिन्छु । उहाँले राम्रो काम गर्नुभएको छ”, उनले थपे, “अघिल्ला दुई राष्ट्रपतिले आफ्नो कार्यकालमा राम्रो काम गरे । अहिलेको व्यवस्था र प्रणालीलाई मन नपराउने र आफ्नो स्वार्थमा लाग्ने समूहले मात्र विरोध गरेका हुन् ।”
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘समृद्धिको अनुभूति दिलाउने गरी सरकार क्रियाशील हुनुपर्छ’
पुष २६, २०८१ शुक्रबार
मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक, यस्ता छन् ६ निर्णय
पुष २६, २०८१ शुक्रबार
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
पुष २६, २०८१ शुक्रबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
पुष २५, २०८१ बिहिबार
रविलाई प्रहरीले पुनः पक्राउ नगर्ने, काठमाडौं जिल्ला अदालतमा आफैं उपस्थित हुने
पुष २५, २०८१ बिहिबार
आँखा उपचार सेवामा योगदान पुर्याउने विभिन्न व्यक्ति सम्मनित
पुष २६, २०८१ शुक्रबार
चितवन महोत्सवमा काँचो केराका परिकार
पुष २६, २०८१ शुक्रबार
तिब्बतका भूकम्पपीडितलाई ३७ लाख सहयोग
पुष २६, २०८१ शुक्रबार
आगामी माघ २२ देखि कञ्चनपुरका २६ हजार किशोरीलाई ‘एचपीभी’ खोप लगाइने
पुष २६, २०८१ शुक्रबार
‘समृद्धिको अनुभूति दिलाउने गरी सरकार क्रियाशील हुनुपर्छ’
पुष २६, २०८१ शुक्रबार