राष्ट्रपति निर्वाचनमा मतदान जारी, ६०३ सांसदले गरे मतदान
नेपालबहस संवाददाता
फागुन २५, २०७९ बिहिबार १९:२९:२६
२५ फागुन, काठमाडौं । राष्ट्रपति निर्वाचनको जारी मतदानमा अहिलेसम्म ६०३ मत खसेको छ । संघीय संसद राष्ट्रियसभा र प्रतिनिधिसभा सदस्य तथा ७ वटै प्रदेशसभा सदस्यहरुले छुट्टाछुट्टै मतदान केन्द्रमा मतदान गरिरहेका छन् ।
बिहीबार बिहान १० बजे सुरु भएको मतदान दिउँसो साढे १२ बजेसम्म ६०३ सांसदले मतदान गरेको निर्वाचन आयोगले जनाएको छ ।
नयाँबानेश्वरस्थित राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन कार्यालयका अनुसार दिउँसो साढे १२ बजेसम्म संघीय संसदका २६७ र प्रदेशसभाका ३३६ जना सदस्यले मतदान गरेका छन् । मतदान प्रक्रिया दिउँसो ३ बजेसम्म चल्ने कार्यालयले जनाएको छ ।
संघीय संसद् र प्रदेशसभा सदस्य गरी ८८३ जना मतदाता रहेका छन् । जसमध्ये चितवन २ र मनाङका सदस्य रिक्त रहेकाले ८८१ जनाले मतदानमा भाग लिन पाउनेछन् । यसमा पनि वयक्ति हत्यामा प्रहरीको सूचीमा फरार सूचीमा रहेका एमालेका सांसद लक्ष्मी महतो कोइरी सहभागी भएका छैनन् ।
मतदानको अन्तिम समय आइपुग्दा रास्वपाले भने कांग्रेसका वरिष्ठ नेता उम्मेदवार रामचन्द्र पौडेललाई मत दिने निर्णय केहीबेर अघि मात्र गरेको छ । निर्वाचनमा पौडेल र एमालेका नेता सुवाचन्द्र नेम्वाङ प्रतिस्पर्धामा छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबुधबार बैंकिङ प्रणालीबाट ३० अर्ब उठाउँदै राष्ट्र बैंक
माघ २, २०८० मंगलबार
बर्खास्त गर्ने चेतावनी दिएपछि एमालेका मन्त्रीहरूले दिए राजीनामा
चैत २१, २०७९ मंगलबार
प्रहरीबाट नेता कुटिएपछि राजविराज तनावग्रस्त
चैत २१, २०७९ मंगलबार
सीमा तस्करी: सशस्त्रका १४ अधिकृत तानिदा नेपाल प्रहरी भने क्रस चेकसम्म गर्न सकेन्
पुष ११, २०८१ बिहिबार
सशस्त्रमा दुई व्याजका डीआईजीहरुको रस्साकस्सी
पुष ११, २०८१ बिहिबार
तस्करी बढेको गुनासो आएपछि मुख्यालय तानिए बाराका सशस्त्र प्रहरी उपरीक्षक सिंह
पुष ११, २०८१ बिहिबार
हल्दिबारीमा ३३ किलोमिटर सडक कालोपत्र
पुष १२, २०८१ शुक्रबार
निर्माण सामग्रीको अभावमा सिँचाइ आयोजनाको काम सुस्त गतिमा
पुष १२, २०८१ शुक्रबार
रहेनन् भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंह
पुष १२, २०८१ शुक्रबार
कोशीमा सवारी दुर्घटनाः ५ महिनामा १९१ को मृत्यु, ३२७ जना गम्भीर घाइते
पुष १२, २०८१ शुक्रबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
पुष १२, २०८१ शुक्रबार
मधेस प्रदेशकाे ‘ट्रफी परेड’ सहभागी हुँदै एनपिएल विजेता जनकपुर बोल्ट्स
पुष ११, २०८१ बिहिबार