सशस्त्र प्रहरीले लाइन दिने नेपाल प्रहरीले समाउने
नेपालबहस संवाददाता
फागुन २५, २०७९ बिहिबार २२:५४:५३
•मुरतुजा मिया तेली
२५ फागुन, महोत्तरी । महोत्तरी जिल्लाको प्रमुख सीमा नाका सम्सीबाट गाईगोरुको तस्करी व्यापक मात्रामा भईरहेको समाचार छ । केही समय सुस्ताएको तस्करी हालैका दिनबाट फस्टाउन शुरु भएको हो ।
तस्करीका बदनाम यो नाकाबाट सटिङसुटिङका महंगा कपडा, सारी, कुर्ताका साथै किराना आईटमको पनि तस्करी भईरहेको स्थानीयहरु बताउँछन् । गाईगोरुको मुख्य तस्करीमा समिरूल मियाँ र नेयाज अन्सारी संलग्न रहेका छन् ।
त्यस्तै कपडाको तस्करी आशा सिंह र बालाजी साहले गर्ने गरेका छन् । किराना आईटमको काम जय महतोले गर्दै आएका छन् । महोत्तरी जिल्लाको सम्सी बीओपी प्रमुखमा प्रहरी निरीक्षक जयराम बस्नेत रहेका छन् । यो सीमावर्ती नाकामा सशस्त्र प्रहरीले लाइन दिने नेपाल प्रहरीले समाउन काम शुरु भएको छ ।
बीओपी प्रमुख बस्नेतले तस्करलाई लाइन दिएवापत मोटो रकम असुल्ने गर्दै आएका छन् । यही साता मात्र सशस्त्र बीओपीले दिएको लाइनमा ४० गाईगोरु भारत तर्फ लैजादै गर्दा नेपाल प्रहरीले पक्राउ गरी भन्सार बुझाउने तयारी गरेको छ । हेर्नुहोस् तस्वीर । त्यस्तै सर्लाहीको त्रिभुवन नगर नाकाबाट पनि व्यापक मात्रामा तस्करी फस्टाएको बताइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपहाजिरी जमानतमा रिहा भए कृष्णबहादुर महरा
चैत ९, २०८० शुक्रबार
नन्दकिशोरका दुई पुत्रको सुन र सहकारीमा कसुर नै कसुर
चैत ९, २०८० शुक्रबार
सीआईबीले लिएको दुइदिने बयानमा महराद्वारा आरोप अस्वीकार
चैत ८, २०८० बिहिबार
नेपाल ए र आयरल्याण्ड वोल्भ्सबीचको सिरिजको नयाँ तालिका सार्वजनिक
चैत १५, २०८० बिहिबार
देशमा अर्को उथलपुथल हुने वाला छः प्रधानमन्त्री प्रचण्ड
चैत १५, २०८० बिहिबार
सौराहाको रोजगारी र आयको मुख्य स्रोत पर्यापर्यटन
चैत १५, २०८० बिहिबार
उत्तरी इलेनोइसमा छुरा प्रहार, ४ जनाको मृत्यु
चैत १५, २०८० बिहिबार
बंगलादेशकी पूर्वप्रधानमन्त्री जियाको जेल सजाय थपियो
चैत १५, २०८० बिहिबार
राष्ट्रिय सभाकी उपाध्यक्ष अर्यालले बुझाइन राजीनामा
चैत १५, २०८० बिहिबार