जसपाले गर्यो रामसहायलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय
नेपालबहस संवाददाता
फागुन २५, २०७९ बिहिबार २३:११:३९
२५ फागुन, काठमाडाैं । जनता समाजवादी पार्टी (जसपा)ले सांसद रामसहायप्रसाद यादवलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ । जसपाको बिहीबार दिउँसो बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले यादवलाई उपराष्ट्रपति उम्मेदवार उठाउने निर्णय गरेको हो ।
यादव प्रतिनिधिसभामा जसपाको संसदीय दलको नेता हुन् । उनी बारा–२ बाट प्रतिनिधिसभा सदस्य छन् । ८ दलीय गठबन्धनमा आवद्ध जसपाले बिहीबार राष्ट्रपतिका कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेललाई मतदान गरेको थियो । पौडेल तेस्रो राष्ट्रपतिको रुपमा निर्वाचित भइसकेका छन् ।
गठबधनमा उपराष्ट्रपति कुन पार्टीले लिने भन्नेबारे टुंगो लागिनसकेको अवस्थामा सुरुदेखि नै जसपाले उपराष्ट्रपतिमा दाबी गर्दै आइरहेको छ ।
आगामी चैत ३ मा हुने को उपराष्ट्रपतिको चुनावका लागि पर्सि शनिबार उम्मेदवारी दर्ताको तालिका छ । यादवलाई उम्मेदवार बनाउने निर्णय पार्टीले लिएको विषय भोलि बस्ने गठबन्धनको बैठकमा राख्ने जसपाका नेता प्रदीप यादवले बताए ।
राष्ट्रपति र उपराष्ट्रपतिमध्ये एक जना महिला हुनुपर्ने मान्यता भएपनि यादवलाई मधेशी समूदायबाट उम्मेदवार बनाउने प्रयास सुरु भएको छ । स्थानीय तहका प्रमुख र उपप्रमुखमध्ये एक जना महिला हुनुपर्ने मान्यता बोकेका दलहरु स्पष्ट कानून नभएकै कारण फरक फरक समूदायमा महिला दुवै पदमा महिला वा पुरुष निर्वाचित भएको अवस्था छ । राष्ट्रपति र उपराष्ट्रपतिमा पनि यही खेल हुने देखिएको छ ।
रामसहायलाई उपराष्ट्रपतिमा उम्मेदवार बनाउन जसपा सफल भएमा यादवको क्षेत्रमा पार्टी अध्यक्ष उपेन्द्र यादव उपनिर्वाचनमा उम्मेदवार बन्ने र जितेर संसद छिर्ने दाउमा छन् । अध्यक्ष यादव मंसिरमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा सप्तरी २ मा जनमत पार्टीका अध्यक्ष सिके राउतसँग पराजित भएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआगामी भदौमा विधान अधिवेशन गर्ने एमालेको निर्णय
माघ ८, २०८१ मंगलबार
राष्ट्रिय ‘एआई’ नीति दीर्घकालीन र प्रभावकारी बनाउँछौँ : मन्त्री गुरूङ
माघ ८, २०८१ मंगलबार
यो सरकार स्थायित्व र नागरिकको पक्षमा काम गर्न बनेको हो : उपप्रधानमन्त्री सिंह
माघ ८, २०८१ मंगलबार
कालिका नगर अस्पताललाई आवश्यक सहयोग गर्ने स्वास्थ्यमन्त्रीको प्रतिबद्धता
माघ ८, २०८१ मंगलबार
निजी क्षेत्रलाई अख्तियारको क्षेत्राधिकारभन्दा बाहिर राख्न सफल भयो : अध्यक्ष ढकाल
माघ ८, २०८१ मंगलबार
पालिकास्तरीय भलिबलको उपाधि बेनी र अन्नपूर्णलाई
माघ ८, २०८१ मंगलबार
स्कुटर अनियन्त्रित भएर दुर्घटना हुँदा एकजनाको मृत्यु
माघ ८, २०८१ मंगलबार
प्रधानमन्त्री कप क्रिकेट : बागमती र आर्मी सुपर फोरमा प्रवेश, कोशी बाहिरियो
माघ ८, २०८१ मंगलबार
स्कुल बसको ठक्करले साइकल यात्रुको मृत्यु
माघ ८, २०८१ मंगलबार