नवनिर्वाचित राष्ट्रपति पौडेल भन्छन:- संविधानको पालान र संरक्षण गर्ने संबैधानिक जिम्मेवारी नै मेरा लागि मार्गदर्शन सिद्धान्त
नेपालबहस संवाददाता
फागुन २६, २०७९ शुक्रबार १४:५१:४१
२६ फागुन, काठमाडौं । राष्ट्रपतिमा नवनिर्वाचित नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेले संविधानको पालान र संरक्षण गर्ने संबैधानिक जिम्मेवारी मार्गदर्शन सिद्धान्त रहेको बताएका छन् ।
राष्ट्रपतिमा निर्वाचित भए पछि तनहुँवासी, मतदाता देखी प्रतिस्पर्धी सुवासचन्द्र नेम्वालाई धन्यवाद ज्ञापन गर्दै नवनिर्वाचित राष्ट्रपति पौडेलले दिगो शान्ति, सुशाषन, विकास र समृद्धिको आकंक्षा पुरा गर्ने राष्ट्रिय अभियानमा सरिकसमेत हुने जनाएका छन् ।
‘राष्ट्रपति संस्थाले निर्वाचन गर्ने भुमिकाले संविधान र शाषनको व्यवस्थाको अभ्यास प्रभावित हुनेमा सचेत रही निर्दिष्ट कार्यसम्पादन तथा निष्पक्षता, तटस्थता तथा बिद्यिको पालनामा प्रतिवद्ध रहने प्रण गर्दछु । नेपालको राष्ट्रिय एकताको प्रवर्धन, स्वधिनताको रक्षा, संविधानको पालान र संरक्षण गर्ने संबैधानिक जिम्मेवारी नै मेरा लागि मार्गदर्शन सिद्धान्त रहनेछन्,’ पौडलले निर्वाचित भएपछि जारी गरेको बक्तब्यमा भनेका छन, ‘राष्ट्रपतिको काम, कर्तव्य तथा जिम्मेवारी वहन गर्दा संविधानप्रदत मर्यादा तथा संविधानका अक्षर र भावनालाई आत्मसात गरी दिगो शान्ति, सुशाषन, विकास र समृद्धिकोको आंकक्षा पुर गर्ने राष्ट्रिय अभियानमा सरिक हुन सदैव तप्पर रहनेछु ।’
पौडेलले मित्रवत्र प्रतिस्पर्धामा रहेका पुर्व सभामुख सुवासचन्द्र नेम्वाङ, उनको दल एमाले, मतदातालाई हार्दिक सम्मान गर्दैै प्रतिनिधिसभा र संविधानसभामा बिजयी गराई निरन्तर सेवा गर्ने अवसर दिएको भन्दै तनहुँ जिल्लावासी तथा मतदाताहरुलाई हार्दिक आभारसहित कृतज्ञता ज्ञापन गरेका छन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअध्यादेश ल्याउने चर्चा चलिरहेको बेला प्रचण्ड र माधवबीच भेटवार्ता
पुष २५, २०८१ बिहिबार
पर्यटन समितिमा सांसद सुवालले प्रश्न उठाएपछि सभापति यादव आक्रोशित !
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
पुष २५, २०८१ बिहिबार
इजलासमा रविको हारगुहार, ‘थुनामुक्त गरिदिनुहोस्, पीडितको रकम फिर्ताका लागि पहल गर्छु’
पुष २५, २०८१ बिहिबार
ऊर्जा विकास मार्गचित्र सार्वजनिक, १० वर्षमा २८ हजार मेगावाट उत्पादनको लक्ष्य
पुष २५, २०८१ बिहिबार
ग्रिनल्यान्डबारे ट्रम्पको बयानलाई क्रेमलिनले नजिकबाट हेर्दै
पुष २५, २०८१ बिहिबार
संघ, प्रदेश र स्थानीय तह निर्वाचनको मिति कानुनमै तोकिने
पुष २५, २०८१ बिहिबार
रविलाई स्वास्थ्य परीक्षणका लागि अस्पताल लगियो
पुष २५, २०८१ बिहिबार
गाउँगाउँमा नागरिक सुनुवाइ गर्दै प्रहरी
पुष २५, २०८१ बिहिबार
रविलाई प्रहरीले पुनः पक्राउ नगर्ने, काठमाडौं जिल्ला अदालतमा आफैं उपस्थित हुने
पुष २५, २०८१ बिहिबार