शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक
नेपालबहस संवाददाता
फागुन २६, २०७९ शुक्रबार १६:३६:४९
२६ फागुन, काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी विनिमयदर सार्वजनिक गरेको छ । आज अमेरिकी डलर १३ पैसाले घटेको छ । शुक्रबार अमेरिकी डलर एकको खरिददर १३० रुपैयाँ ८७ पैसा र बिक्रीदर १३१ रुपैयाँ ४७ पैसा तोकिएको छ। बिहिबार भने अमेरिकी डलरको खरिदमूल्य १३१ रुपैयाँ र बिक्रीमूल्य १३१ रुपैयाँ ६० पैसा थियो ।
उता शुक्रबार युरोपियन युरोको भाउ भने २३ पैसाले वृद्धि भएको छ । आज युरोपियन युरोको खरिददर १३८ रुपैयाँ २९ पैसा र बिक्रीदर १३८ रुपैयाँ ९२ पैसा कायम गरिएको छ । बिहिबार युरोको खरिदमूल्य १३८ रुपैयाँ ६ पैसा र बिक्रीमूल्य १३८ रुपैयाँ ६९ पैसा तोकिएको थियो ।
बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १५५ रुपैयाँ ५० पैसा र बिक्रीदर १५६ रुपैयाँ २१ पैसा तोकिएको छ। अघिल्लो दिनको तुलनामा आज ४६ पैसाले उकालो लागेको छ । बिहिबार यसको खरिदमूल्य १५५ रुपैयाँ ४ पैसा र बिक्रीमूल्य १५५ रुपैयाँ ७५ पैसामा किनबेच भइरहेको थियो ।
त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ८६ रुपैयाँ ५६ पैसा र बिक्रीमा ८६ रुपैयाँ ९५ पैसा कायम गरिएको छ। अघिल्लो दिनको तुलनामा ८ पैसाले यसको मूल्य बढेको हो । बिहिबार अष्ट्रेलियन डलर एकको खरिदमा ८६ रुपैयाँ ४७ पैसा र बिक्रीमा ८६ रुपैयाँ ८७ पैसामा कारोबार भएको थियो ।
क्यानेडियन डलर एकको खरिदमा भने ९४ रुपैयाँ ९० पैसा र बिक्रीमा ९५ रुपैयाँ ३३ पैसामा कारोबार भइरहेको छ। बिहिबार भने क्यानेडियन डलरको खरिदमूल्य ९५ रुपैयाँ २२ पैसा र बिक्रीमूल्य ९५ रुपैयाँ ६५ पैसामा कारोबार भएको थियो ।
यस्तै, शुक्रबार कतारी रियाल एकको खरिदमा ३५ रुपैयाँ ८७ पैसा र बिक्रीमा ३६ रुपैयाँ ३ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर आज ३४ रुपैयाँ ८६ पैसा र बिक्रीदर ३६ रुपैयाँ २ पैसा, युएई दिराम एकको खरिदमा ३५ रुपैयाँ ६३ पैसा र बिक्रीमा ३५ रुपैयाँ ८० पैसामा कारोबार भइरहेको छ।
मलेसियन रिंगिट एकको खरिदमा शुक्रबार २८ रुपैयाँ ९५ पैसा र बिक्रीमा २९ रुपैयाँ ८ पैसा कायम गरिएको छ भने शुक्रबार कुवेती दिनार एकको खरिदमा ४२५ रुपैयाँ ७७ पैसा र बिक्रीमा ४२७ रुपैयाँ ७३ पैसा तोकिएको छ। आज बहराइन दिनार एकको खरिददर ३४७ रुपैयाँ १२ पैसा र बिक्रीदर ३४८ रुपैयाँ ७१ पैसामा किनबेच हुनेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयस्तो छआजका लागि विदेशी मुद्राको विनिमय दर
पुष ५, २०८१ शुक्रबार
कालोपत्र सडकले जोडियो सर्दी, हट्यो वर्षौदेखिको दुःख
पुष ४, २०८१ बिहिबार
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर
पुष ४, २०८१ बिहिबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
एमसीएमा हुने बक्सिङ डे टेस्टमा अष्ट्रेलियाको टोलीमा ठूलो परिवर्तन
पुष ५, २०८१ शुक्रबार
पर्यटकीय गाउँ सिक्लेस र मनोरम दृश्य
पुष ५, २०८१ शुक्रबार
केही प्रसारण लाइन मर्मत गर्न विद्युत कटौती गर्नुपरेको हो, लोडसेडिङ गरेको होइनः घिसिङ
पुष ५, २०८१ शुक्रबार
नौ स्थानीय तहमा आधारभूत अस्पताल निर्माण
पुष ५, २०८१ शुक्रबार
बक्सिङ डे टेस्टमा भारतको रेकर्ड कस्तो रह्यो ?
पुष ५, २०८१ शुक्रबार
युक्रेन सम्झौताका लागि ट्रम्पलाई भेट्न पुटिन तयार
पुष ५, २०८१ शुक्रबार