यस्तो छ, आजको लागि तरकारी तथा फलफुलको मुल्य
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_E0Qh2H6kyW.jpeg
)
नेपालबहस संवाददाता
फागुन २६, २०७९ शुक्रबार १६:५८:२६
![](https://nepalbahas.prixacdn.net/media/albums/tarkari-1_B5p6iMCecN.jpg)
२७ फागुन, काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि तरकारी तथा फलफुलको मुल्य सार्बजनिक गरेको छ ।जसअनुसार कालो अंगुरको न्यूनतम मूल्य प्रतिकेजी २०० रुपैयाँ, हरियो अंगुर १३० रुपैयाँ, भारतीय सुन्तला १३० रुपैयाँ, अनार २५० रुपैयाँ र आभोकाडो ५०० रुपैयाँ, अमला ८० रुपैयाँ, किवि ४०० रुपैयाँ र अम्बा २०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।
समितिका अनुसार नेपाली ठूलो गोलभेडा ६० रुपैयाँ, अदुवा ९० रुपैयाँ, रातो आलु २६ रुपैया, सेतो आलु १८ रुपैयाँ रहेको छ भने स्थानीय काउली ४० रुपैयाँ, कागती २४० रुपैयाँ, सुकेको खुर्सानी ४०० रुपैयाँ र हरियो खुर्सानी ११० रुपैयाँ प्रतिकेजी कायम भएको छ ।
त्यस्तै लोकल गाजरको न्यूनतम मूल्य प्रतिकेजी ३० रुपैयाँ, गान्टे मूला ६० रुपैयाँ, राजमा घिउ सिमी ११० रुपैयाँ, चमसूरको साग ६० रुपैयाँ, कन्य च्याउ २०० रुपैयाँ, डल्ले च्याउ २५० रुपैयाँमा किनबेच भइरहेको छ भने तितो करेला १५० रुपैयाँ, तोरीको साग २० रुपैया, भारतीय सुकेको प्याज ३६ रुपैयाँ, हरियो प्याज ४० रुपैयाँ, पुदीना २२० रुपैयाँ, लोकल बन्दा १४ रुपैयाँ कायम गरिएको छ ।
ब्रोकाउली ८० रुपैयाँ, भान्टा लाम्चो ५० रुपैयाँ, भिण्डी १२० रुपैया केजी र हरियो धनिया ४० रुपैयाँ पाइने समितिले जनाएको छ । यसैगरी, ताजा छडी माछा प्रतिकेजी ३०० रुपैयाँ, बचुवा माछा २६० रुपैयाँ साथै मंगुरी माछा ३१० रुपैयाँ केजी र रहु माछा ३३० रुपैयाँमा किनबेच भइरहेको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनिसान र होन्डाका मर्जर वार्ता रद्द, शेयर मूल्यमा बृद्धि
फागुन २, २०८१ शुक्रबार
एडिडासलाई १५ हजार डलर जरिवाना
फागुन २, २०८१ शुक्रबार
जनवरीमा नर्वेको बजारमा विद्युतीय कारको बिक्री ९६ प्रतिशत
माघ २१, २०८१ सोमबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
७१ जना उपसचिवको सरुवाः नामावलीसहित
फागुन ४, २०८१ आइतबार
आज कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा वर्षाको सम्भावना
फागुन ५, २०८१ सोमबार
धरानमा कालोमोसो दल्ने ‘नो केबुलकार’ समुहका ८ जना विरुद्ध पक्राउ पुर्जी जारी
फागुन ५, २०८१ सोमबार
रुख कटान गरेको आरोपमा २ जना पक्राउ
फागुन ५, २०८१ सोमबार
रूसले गुगललाई गरायो ठुलो परिणामको जरिवाना
फागुन ५, २०८१ सोमबार
भद्रपुर झापा गोल्डकपमा नेपालसहित चार देशका १० टोली सहभागी हुँदै
फागुन ५, २०८१ सोमबार