खार्पुनाथको वडास्तरमै हेलिकप्टरमार्फत नुन ढुवानी
नेपालबहस संवाददाता
फागुन २६, २०७९ शुक्रबार १८:३२:९
२६ फागुन, सिमकोट । हिमाली जिल्ला हुम्लाको खार्पुनाथ गाउँपालिकाका नागरिकका लागि हेलिकप्टरमार्फत नुन ढुवानी गरिएकोे छ । गाउँपालिकाको पाँचवटै वडाका नागरिकका लागि साल्ट ट्रेडिङ कर्पोरेसनबाट ढुवानीका लागि अनुदानको नुुन बिक्री–वितरण गरिएकोे हो ।
सबै वडामा एक हजार एक सय ९७ क्विन्टल नुुन ढुवानी गरेर बिक्री गरिएकामा वडा नं १ मा तीन सय ५० क्विन्टल, २ मा दुई सय ५२ क्विन्टल, ३ मा दुई सय तीन क्विन्टल, ४ मा दुई सय क्विन्टल र ५ मा एक सय ५२ क्विन्टल नुन ढुवानी गरिएको थियो ।
सप्लायर्स कम्पनीसँग गाउँपालिका अध्यक्ष कर्णबहादुुर रावलको विशेष समन्वयमा नुुन गाउँपालिकाभरिका सबै वडामा ढुवानी भएर बिक्री गरिएको हो । पहिलो पटक गाउँपालिकावासीले आफ्नै गाउँमा वा वडामा उक्त नुुन पाएका छन् । यसअघि सिमकोटस्थित शाखाको गोदामबाट नुन खरिद गर्नुपर्ने बाध्यताबाट गाउँवासीले छुटकारा पाएको अध्यक्ष रावलले बताए । हुम्लामा आयोडिनयुक्त नुुन प्रतिकेजी रु नौ पर्छ ।
कर्पोरेशनको बाँकी एक हजार तीन क्विन्टल नुुन हेलिकप्टरबाट सिमकोट विमानस्थलमा ढुवानी गरिएको छ । पैदलमार्गबाट ढुवानी गर्न समस्या देखिएपछि सर्केगार्ड दुल्लीकुनासम्म गाडीमा ल्याइएको नुुन त्यहाँबाट हेलिकोप्टरमार्फत ढुवानी भएको हो । कर्पोरेशनले नुन शाखाअन्तर्गतका तीनवटा गाउँपालिकाका लागि हिजोआज दैनिक बीसभन्दा बढी उडानमार्फत नुन ढुवानी गरिरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकर्णालीमा अझै आयोडिनयुक्त नुन पु-याउनै कठिन
मंसिर ३, २०८१ सोमबार
एक होइन, अनेक सम्भावनाको क्षेत्र हो कर्णाली: मुख्यमन्त्री कँडेल
मंसिर १, २०८१ शनिबार
हुम्लाबाट जिल्ला बाहिर जान टिकटको समस्या
कात्तिक २७, २०८१ मंगलबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
सरकार जनतालाई स्वच्छ एवं शुद्ध खानेपानी पुरयाउन कटिबद्ध छ : मन्त्री यादव
मंसिर ९, २०८१ आइतबार
इरानले शुक्रबार फ्रान्स, जर्मनी र बेलायतसँग आणविक वार्ता गर्ने
मंसिर ९, २०८१ आइतबार
उपनिर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपति पौडेलको स्वीकृति
मंसिर ९, २०८१ आइतबार
इटहरीमा भएको सवारी दुर्घटनामा दम्पतीको मृत्यु
मंसिर ९, २०८१ आइतबार
राष्ट्रिय गौरवका आयोजनामा देखिएका समस्या तत्काल समाधान गर्न प्रधानमन्त्रीको निर्देशन
मंसिर ९, २०८१ आइतबार