मेलम्चीको खानेपानी पुरानै पाइपलाइनबाट वितरण गरिने
नेपालबहस संवाददाता
फागुन २६, २०७९ शुक्रबार १९:२:४२
२६ फागुन, काठमाडौं । परीक्षण सकिएका करिव ३०० कि।मि। नयाँ पाइपलाइनबाट नियमितरूपमा खानेपानी वितरण गर्दै आएको छ । आयोजना कार्यान्वयन निर्देशनालय ‘पीआइडी’ अन्तर्गत काठमाडौं उपत्यकाका विभिन्न स्थानमा बिच्छ्याइएका खानेपानीका नयाँ पाइपलाइनमध्ये अन्तिम परीक्षण सम्पन्न भएका क्षेत्रका करिव ३०० किलोमिटर नयाँ पाइपलाइनबाट नियमितरूपमा मेलम्चीको खानेपानी वितरण हुँदै आएको छ ।
काठमाडौं उपत्यकाका चक्रपथभित्रका अधिकाङ्श क्षेत्रमा विच्छ्याइएका १,०१० किलोमिटर खानेपानीका नयाँ पाइपलाइनमध्ये करिव ५६० किलोमिटर पाइपलाइनको प्रारम्भिक परीक्षण सम्पन्न भई तीमध्ये अन्तिम परीक्षण सम्पन्न भएका करिव ३०० किलोमिटर पाइपलाइनबाट नियमितरूपमा मेलम्चीको खानेपानी वितरण हुँदै आएको हो । अन्य क्षेत्रमा भने पुरानै पाइपलाइनबाट मेलम्चीको खानेपानी वितरण हुने गरेको छ ।
यस आयोजनाले काठमाडौं उपत्यकाका बाँकी क्षेत्रका नयाँ पाइपलाइनको पनि प्रारम्भिक र अन्तिम परीक्षण गर्ने कार्यलाई तीब्रता दिएको छ । चालू आर्थिक वर्षको अन्त्यसम्ममा सबै नयाँ पाइपलाइनको परीक्षण कार्य सम्पन्न गरी आगामी आर्थिक वर्षदेखि नयाँ पाइपलाइनबाट नियमितरूपमा खानेपानी वितरण गर्ने लक्ष्य रहेको जनाएको छ ।
यस निर्देशनालय अन्तर्गत काठमाडौं उपत्यकाका विभिन्न स्थानमा बिच्छ्याइएका नयाँ पाइपलाइनबाट मेलम्चीको खानेपानी वितरणको प्रारम्भिक परीक्षण गर्दा तेस्रो पक्षबाट क्षति भएका स्थानमा बाहेक अन्य स्थानमा चुहावट भएको नदेखिएको जानकारी गराए ।
मेलम्चीको खानेपानी वितरणका लागि विगतमा बिच्छ्याइएका तर मेलम्चीको पानी आइनसकेका कारण परीक्षण गर्न नपाइएका स्थानका नयाँ पाइपलाइनमा हाल मेलम्चीको पानी पठाई परीक्षण गर्दा तेस्रो पक्षबाट सडक तथा ढल निर्माण÷मर्मत र विद्युतका केवल तथा टेलिफोनको तार भूमिगत गर्ने कार्य हुँदा क्षति पुगेका कारण चुहावट भएको पाइएको हो । त्यसरी तेस्रो पक्षबाट क्षति भएका पाइपलाइनको तत्कालै मर्मत गर्ने गरिएको र तेस्रो पक्षबाट क्षतिपूर्ति वापतको रकम सोधभर्ना लिने कार्य समेत अगाडि बढाइएको जानकारी गराए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपऊर्जा विकास मार्गचित्र सार्वजनिक, १० वर्षमा २८ हजार मेगावाट उत्पादनको लक्ष्य
पुष २५, २०८१ बिहिबार
जोशी हाइड्रोपावरको साधारण सभा माघ १५ गतेलाई आह्वान
पुष २४, २०८१ बुधबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
इजलासमा रविको हारगुहार, ‘थुनामुक्त गरिदिनुहोस्, पीडितको रकम फिर्ताका लागि पहल गर्छु’
पुष २५, २०८१ बिहिबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
पुष २५, २०८१ बिहिबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
पुष २६, २०८१ शुक्रबार
लस एन्जलसको भयानक डढेँलोबाट बालाबाल बचिन् बलिउड अभिनेत्री नोरा फतेही
पुष २६, २०८१ शुक्रबार
सहकारी ठगी प्रकरणः रवि लामिछाने आज काठमाडौं अदालतमा उपस्थित हुने
पुष २६, २०८१ शुक्रबार
अमेरिकाको भर्जिनियामा कार हिउँमा चिप्लिदा २ नेपालीको मृत्यु
पुष २६, २०८१ शुक्रबार
संघीय संसदका ५ समितिको बैठक बस्दै, यस्तो छ छलफल हुने कार्यतालिका
पुष २६, २०८१ शुक्रबार
वडाध्यक्षको तरकारीखेती मोह
पुष २६, २०८१ शुक्रबार