नवौं फिल्ममा चुकें, दशौं फिल्म करियरको दोस्रो सत्रको सुरुवात हुनेछ : अनमोल
नेपालबहस संवाददाता
फागुन २६, २०७९ शुक्रबार १९:२३:२
२६ फागुन, काठमाडौं । अभिनेता अनमोल केसी स्टारर नवौं फिल्म ‘छड्के २’ बक्सअफिसमा असफल साबित भइसकेको छ । गत साताबाट प्रदर्शनमा आएको यो फिल्म सोही मितिमा रिलिज अर्को फिल्म ‘छक्का पन्जा ४’सँग प्रतिष्पर्धा गर्नुपर्ने दबाब त छँदै थियो, तर सुरुकै दिनबाट ‘छड्के २’ले दर्शकको साथ पाउन सकेन ।
खास गरी फिल्ममा अनमोलको अभिनयप्रति दर्शकमाझ तिब्र असन्तुष्टि र निर्देशकको कमी कमजोरी उस्तै देखियो । बरु फिल्मका निर्देशक निगम श्रेष्ठ फिल्ममा हाबी देखिए । जसको असर अभिनेता अनमोलदेखि उनका समर्थकसम्म पुग्यो ।
यहीबीचमा अनमोलले शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत आफूले दर्शकलाई निराश बनाएको भन्दै दुःख व्यक्त गरेका छन् । उनले फिल्म ‘छड्के २’मा आफू परिपक्क हुनुपर्ने भए पनि त्यसमा चुकेको स्वीकारेका छन् ।
‘मलाई थाहा छ, मैले ‘२।० छड्के’मार्फत मलाई माया गर्ने दर्शकहरुलाई निराश बनाएँ, जुन दर्शकहरुको साथको कारण म यहाँ आइपुगे । वहाँहरुलाई नै निरास बनाउँदा म झनै दुःखी भएको छु । छड्के २ मेरो नवौं फिल्म थियो, नवौं फिल्ममा आइपुग्दा म झनै परिपक्क हुनुपर्ने थियो, यहाँनेर म चुक्न पुगें’, उनले लेखेका छन्, ‘विश्वस्त हुनुस्, यो समय पनि बितेर जान्छ, घाम डुबेपछि भोलि फेरि नयाँ बिहानी हुन्छ । म भोलिको सुनौलो बिहानी मेरा दर्शकसँग साट्नेछु । दुखेका घाउहरुमा मल्हम लगाउनेछु । अब नवौं पछिको दशौं फिल्म दशपछिको शुन्य हटेपछि बन्ने एक अर्थात् आज म शुन्यमा छु, र मेरो करियरकै पहिलो फिल्म मेरो दशौं फिल्म हुनेछ । अर्थात मेरो करियरको दोस्रो सत्रको सुरुवात मेरो अबको फिल्मबाट हुनेछ ।’
अनमोल अगाडि लेख्छन्, ‘जबसम्म शुभचिन्तक र दर्शकहरुको साथ र सहयोग रही रहनेछ, मेरो कोशिस निरन्तर जारी रहन्छ । पशुपतिनाथले हामी सबैको कल्याण गरुन ।’
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपुराना अभिनेत्रीहरू पुनः पर्दामा फर्किए
मंसिर १२, २०८१ बुधबार
फिल्म ‘परालको आगो’ मा सुहाना अनुबन्ध
मंसिर ८, २०८१ शनिबार
फिल्म ‘ह्रस्व दीर्घ’ को छ दिनमा ५ करोड ४ लाख कमाई
मंसिर ७, २०८१ शुक्रबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
बीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
यस्तो छ सोमबार प्रधानमन्त्री ओलीसँगै चीन जाने सरकारी र निजी क्षेत्रको जम्बो टोली
मंसिर १६, २०८१ आइतबार
एसिया कपमा बंगलादेशसँग नेपाल ५ विकेटले पराजित
मंसिर १६, २०८१ आइतबार
कविता : मनको बाघ
मंसिर १६, २०८१ आइतबार
वेडिङ फोटो अवार्डको लागि आवेदन खुल्ला, कसरी हुने सहभागी ?
मंसिर १६, २०८१ आइतबार
निर्वाचन आयोग भन्छ, उपनिर्वाचनमा ६२ प्रतिशतमाथि मत खस्यो, आजबाटै गणना सुरु हुन्छ
मंसिर १६, २०८१ आइतबार
प्रयाग अहमदको अध्यक्षतामा मदर्सा बरकतुल उलुमको नयाँ कार्यसमिति चयन
मंसिर १६, २०८१ आइतबार
सरेको सरै भयो भाटभटेनीका सञ्चालक गुरुङले एमालेलाई दान दिएको जग्गा विवादविरुद्धको रिट
मंसिर १६, २०८१ आइतबार