उपराष्ट्रपतिबारे निर्णय लिन संयोजक खड्काले बोलाए कार्यदलको बैठक
नेपालबहस संवाददाता
फागुन २६, २०७९ शुक्रबार २०:३:९
२६ फागुन, काठमाडौं । दशदली गठबन्धनले उपराष्ट्रपतिको उम्मेदवारबारे विवाद देखिने अवस्था आएपछि उम्मेदवार र निर्वाचनबारे निर्णय लिन गठबन्धन अन्तर्गतको कार्यदलको बैठक बोलाएको छ । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा गठन भएको कार्यदलमा गठबन्धन दलका दोस्रो तहका नेताहरु रहेका छन् ।
आजको छलफलमा नेपाली कांग्रेस,नेकपा माओवादी केन्द्र नेतृत्वसहित १० दलका प्रतिनिधि उपस्थित रहेने बताइएको छ । कांग्रेस उपसभापति पूर्णबहादुर खड्का संयोजकत्वको कार्यदलमा सबै दलका दोस्रो तहका नेताहरू दिउँसो २ बजे सिंहदरवारमा भेला हुने कार्यक्रम तय भएको छ । उपराष्ट्रपतिमा नागरिक उन्मुक्ति पार्टीले पनि दावी गरेपछि संयोजक खड्काले उपराष्ट्रपतिको निर्णय गर्न कार्यदलको बैठक बोलाएका हुन् । । बैठक शुक्रबार दिउँसो २ बजे सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा बस्ने बताइएको छ ।
गठबन्धनबाट राष्ट्रपतिमा कसलाई उम्मेदवार बनाउने भन्ने विषयमा निर्णय भइसकेको छैन । बैठकमा उपराष्ट्रपतिको उम्मेदवार चयन, मनोनयन दर्ता र निर्वाचनको तयारीका विविध विषयमा छलफल हुने नेताहरूले बताएका छन् । ३ चैतमा हुने उपराष्ट्रपतिको निर्वाचनकालागि आयोगले शनिबार उम्मेदवारी मनोनयन गर्ने कार्यतालिका सार्वजनिक गरिसकेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदरबारमार्गमा फोहोर गरेको भन्दै काठमाडौं महानगरले एमालेलाई गर्यो एक लाख जरिवाना
मंसिर ७, २०८१ शुक्रबार
राष्ट्रपति पौडेलसमक्ष तीन देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेस
मंसिर ७, २०८१ शुक्रबार
प्रधानमन्त्री ओलीसँग भारतीय सेनाध्यक्ष द्विवेदीको भेट
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
मंसिर ७, २०८१ शुक्रबार
रवि र छविसहित १० जनाविरुद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी
मंसिर ७, २०८१ शुक्रबार
५०० पसलमा २० मात्रै नियमअनुरुप चलेका भेटिए
मंसिर ८, २०८१ शनिबार
आज जन्म लिने बच्चा सिंह राशीको हुने
मंसिर ८, २०८१ शनिबार
उपत्यकाको न्यूनतम तापक्रम ९.५ डिग्री, अधिकतम २३ डिग्रीसम्म पुग्ने
मंसिर ८, २०८१ शनिबार
खुमलटारमा प्रचण्ड निवास नजिकै शंकास्पद् बस्तु भेटियो
मंसिर ७, २०८१ शुक्रबार
प्रधानमन्त्री ओलीको एलन मस्कसँग भर्चुअल वार्ता, के भयो कुराकानी ?
मंसिर ७, २०८१ शुक्रबार
दरबारमार्गमा फोहोर गरेको भन्दै काठमाडौं महानगरले एमालेलाई गर्यो एक लाख जरिवाना
मंसिर ७, २०८१ शुक्रबार