सिके राउतले पनि दाबी गरे उपराष्ट्रपति, ममता झालाई उम्मेदवार बनाउने
नेपालबहस संवाददाता
फागुन २६, २०७९ शुक्रबार २२:१५:६
२६ फागुन, काठमाडौं । सिके राउत नेतृत्वको जनमत पार्टीले ममता झालाई उपराष्ट्रपति उठाउने भएको छ । जनमत पार्टीले पछिल्लो पटक उपराष्ट्रपति पद आफूले पाउनु पर्ने दाबी सुरु गर्दै झाको नाम अघि सारेको हो ।
सदभावना पार्टीबाट राजनीति सुरु गरेकी ५३ वर्षीय झा जनमतकी सप्तरी जिल्ला इञ्जार्ज हुन् । उनी स्थानीय तह चुनावमा राजविराज नगरपालिकाको मेयरमा पराजित भएकी थिइन् । यता मधेस केन्द्रित दल उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालले पनि उपराष्ट्रपतिमा पार्टीका सांसद रामसहायप्रसाद यादवलाई उम्मेदवार उठाउने निर्णय गरिसकेको छ ।
नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले पनि उपराष्ट्रपति आफूले पाउनु पर्ने दाबी सुरु गरेको छ । भावी उपराष्ट्रपति चयनका लािग आगामी चैत ३ गते हुने मतदानका लागि भोलि शनिबार मनोनय दर्ता गर्ने निर्वाचन तालिका छ ।
उपराष्ट्रपतिमाा दाबी गरेका तीन वटै दल सत्ताघटक आवद्ध ८ दलीय गठबन्धनमा सामेल छन् । गठबधन्धनबाट यसअघि राष्टपति उम्मेदवार चयन गर्दा कांग्रेसका उम्मेदवारलाई समर्थन गर्नेमा एक मत देखिएका थिए । तर उपराष्ट्रपतिको चुनावमा भने उनीहरु विभाजित हुन पुगेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआगामी भदौमा विधान अधिवेशन गर्ने एमालेको निर्णय
माघ ८, २०८१ मंगलबार
राष्ट्रिय ‘एआई’ नीति दीर्घकालीन र प्रभावकारी बनाउँछौँ : मन्त्री गुरूङ
माघ ८, २०८१ मंगलबार
यो सरकार स्थायित्व र नागरिकको पक्षमा काम गर्न बनेको हो : उपप्रधानमन्त्री सिंह
माघ ८, २०८१ मंगलबार
कालिका नगर अस्पताललाई आवश्यक सहयोग गर्ने स्वास्थ्यमन्त्रीको प्रतिबद्धता
माघ ८, २०८१ मंगलबार
निजी क्षेत्रलाई अख्तियारको क्षेत्राधिकारभन्दा बाहिर राख्न सफल भयो : अध्यक्ष ढकाल
माघ ८, २०८१ मंगलबार
पालिकास्तरीय भलिबलको उपाधि बेनी र अन्नपूर्णलाई
माघ ८, २०८१ मंगलबार
स्कुटर अनियन्त्रित भएर दुर्घटना हुँदा एकजनाको मृत्यु
माघ ८, २०८१ मंगलबार
प्रधानमन्त्री कप क्रिकेट : बागमती र आर्मी सुपर फोरमा प्रवेश, कोशी बाहिरियो
माघ ८, २०८१ मंगलबार
स्कुल बसको ठक्करले साइकल यात्रुको मृत्यु
माघ ८, २०८१ मंगलबार