ललितपुरमा दिउँसै लुटपाट : सीसीटिभीले काम गर्दैन, प्रहरीको अनुसन्धान फितलो
नेपालबहस संवाददाता
फागुन २६, २०७९ शुक्रबार २२:३७:३९
२६ फागुन, काठमाडौं । ललितपुर प्रहरी परिसर जावलाखेल अन्तरगतका प्रहरी चौकी र बिटमा सीसीटिभीले काम नगर्ने गरेको छ । पछिल्लो समय ललितपुर जिल्ला लगायत आसपासका क्षेत्रमा दैनिक लुटपाट बढ्दै गइरहेको छ । लुटपाट गर्ने गिरोह सल्बलाएको छ तर अनुसन्धान गर्न सहज पाटो सीसीटिभीले काम नगर्दा नेपाल प्रहरीलाई समस्या भएको छ भने नागरिक थप पीडित भएका छन् ।
स्थानीयबासीका अनुसार पछिल्लो केही दिनयता ललितपुरको मंगलबजार आसपास क्षेत्रमा दैनिक चोरी र लुटपाटका घटना हुँदै आइरहेका छन् । मंगलबजारमै रहेको प्रहरी प्रभाग भने यसरी दिनदाहाडै लुटपाट हुँदा पनि मुखदर्शक बन्ने गरेको छ । प्रहरीकै आँखा अगाडिबाट दिउँसै लुटेराले खुल्लमखुल्ला लुटपाट मच्चाउँदा पनि प्रहरीको नागरिक सुरक्षामा सक्रियता कम देखिएको छ ।
केही दिन अघि दिउँसो साढे २ बजे पूर्णचन्डी स्कुल हुँदै टुयुसन पढ्न निस्केका २ जना विद्यार्थीको मोबाइल गाःबाहल चोक निर लुटियो । पीडित एक यूवाका अनुसार लुटेराहरु दिउँसै नसामा लट्ठ भएका दुई युवाले धाकधम्की दिदै चक्कु देखाएर मोबाइल मागे, हिजो कृष्णमन्दिरमा होलीमा झगडा भएको थियो । तिमीहरु पनि हो हिजोको झगडामा सामेल भाको भन्दै धम्की दिए । तिमीहरुको साथीको फोटो देखा यदि तिमीहरुलाई बाच्न मन छ भने । मोबाइलमा फोटो देखाउँदै गर्दा मोबाइल खोसे र उनीहरु भागे । विद्यार्थीले लुटेराको पिछा गर्दै गए तर फेला पार्न सकेनन् ।
गाःबाहल चोकबाट लुटेरा सिधै सानो गल्ली हुँदै घरभित्र छिर्यो पीडित ती यूवाले भने । लुटेराको अर्को साथीले बाहिर निस्केर ईशारा गरे जस्तै गरेर त्यो पनि त्यही घरमा पस्यो । घटना भए लगतै विद्यार्थीले मंगलबजारकै प्रहरी बिटमा खबर गरे । प्रहरी तत्काल अनुसन्धानमा खट्नुको साटो पहिले निवेदन लेख्न लगायो बल्ल एकजना प्रहरी जवानले विद्यार्थीलाई लिएर घटनास्थलतर्फ लागे । तर ती प्रहरी जवान पनि आधा बाटोबाटै फर्केर भोली मोबाइल बक्स लिएर जाउलाखेल प्रहरीमा जानु भने । विद्यार्थी घर फर्के ।
पुनः भोली पल्ट जाउवाखेल प्रहरीमा जादा त्यहा मंगलबार पठाइयो र घटनास्थलमा फेरि अनुसन्धान गरियो । बजारमा जोडेका लतिलपुर महानगरका सीसीटिभीले काम गरे नगरेको वडाको कार्यालयमा गएर हेर्ने भनि प्रहरी प्रभाग मंगलबजारको सीसीटिभी फुटेज हेर्न लगाइयो । सोही बिटमा सीसीटिभी भएपनि काम नगर्ने रहेछ । नेटको समस्याले गर्दा सीसीटिभीमा रेकर्ड भएका फुटेज डिस्प्ले नहुने भएपछि त्यो सीसीटिभीको के अर्थ भो र ? एक स्थानीयबासी भन्छन् । यो कथा त मोबाइल दिउँदै लुटेको घटना मात्र भयो ।
मंगलबजारमा एरियामा आजकल दैनिक यसरी लुटपाट भइरहेको स्थानीयबासीको गुनासो छ । केही दिन अघि एकजना महिला कुष्णमन्दिर बाटै लुटिएकी छन् । त्यस्तै बाटोमा हिड्दै गरेका अर्का एकजना पुरुषको पर्स लुटियो । पछिल्लो समयमा जति पनि लुटपाटका घटना भएका छन् । त्यसमा प्रहरी प्रभाग मंगलबजारको ध्यान जान सकेको छैन् ।
उजुरीका निवेदन त पर्छन तर त्यसको अनुसन्धानमा प्रहरीले खासै चासो देखाउँदैन् । बजारमा ठाँउठाँउमा राखिएका सीसीटीभीमा सबै रेर्कड हुनुपर्ने हो । अनि रेकर्ड भएका फुटेज प्रहरी प्रभागमा फास्ट डिस्पेले हुनुपर्ने हो । तर दुखको कुरा स्लो गतिको नेटका कारण फुटेज डिस्पेले नभएको भन्दै प्रहरी पन्छिएपछि लुटेरा थप सक्रिय भएका छन ।
अहिले ठूला पसल, स्कुल, सहकारी जताततै सीसीटिभी राखिन्छ, तर मंगलबजारका केही पसलमा सीसीटिभीले लाइभ देखाउने तर रेकर्ड नहुने गर्दा पनि लुटेरालाई थप बल पुगेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनवीनतम् र रचनात्मक कार्य गर्न प्रहरी महानिरीक्षकको निर्देशन
मंसिर १०, २०८१ सोमबार
नेपाल प्रहरीका ८ जना डीआईजीमा बढुवाका लागि सिफारिस
मंसिर १०, २०८१ सोमबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
नेपालबहस संवाददाता
मंसिर १०, २०८१ सोमबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार
अमेरिकामा ‘पुष्पा–२’ काे बम्पर ओपनिङ, हालसम्मकाे सबै रेकर्ड ताेडिने
मंसिर १२, २०८१ बुधबार
चीन भ्रमणमा जान लागेका प्रधानमन्त्रीलाई कांग्रेसको सुझावः बीआरआईमा ऋण नलिनु, अनुदान लिनु
मंसिर १२, २०८१ बुधबार
सर्लाहीका चिनी उद्योग सञ्चालनको तयारीमा
मंसिर १२, २०८१ बुधबार
एमालेको जागरणसभा स्थलमा रक्सीका बोलत असरल्ल थिए, फोहोर २ ट्रक भयोः वेस्ट मेनेजमेन्ट
मंसिर १२, २०८१ बुधबार
भरतपुर अस्पतालमा ‘प्ले थेरापी’ सेवा
मंसिर १२, २०८१ बुधबार
चिसोसँगै रुघाखोकी, ज्वरो र श्वासप्रश्वासका बिरामी बढे
मंसिर १२, २०८१ बुधबार