सहकारीले घरै पुगी आलु खरिद गरेपछि किसानलाई राहत
नेपालबहस संवाददाता
फागुन २६, २०७९ शुक्रबार २३:१६:६
२६ फागुन, जुम्ला । सहकारी संस्थाले गाउँमै पुगेर आलु खरिद गरेपछि जुम्ला पातारासी गाउँपालिका किसानलाई बजारीकरणमा सहज भएको छ । आलु उत्पादनका लागि राम्रो ठाउँ मानिने पाताराासीमा हिमालयन सहकारी संस्थाले किसानका घरै पुगी आलु खरिद गरेपछि बजारीकरणमा सहज भएको हो ।
सडक सञ्जाल जोडिनुपूर्व यहाँका महिला पैदलयात्राबाट जुम्ला सदरमुकाम खलङ्गा पुगेर धानसँग आलु साट्ने गर्दथे । तर अहिले भने गाउँमै प्रतिकेजी रू २५ मा आलु धमाधम बिक्री भइरहेको स्थानीय मायादेवी बुढाले बताए ।
घरबाटै आलु बिक्री गर्न पाउँदा किसानलाई सहज भएको पातारासी गाउँपालिका उपाध्यक्ष जनमाया रोकायाको भनाइ छ । “सहकारी संस्थाले गाउँसम्म पुगेर आलु खरिद गरेपछि महिलालाई डोको बोकेर बजार खोज्नुपर्ने बाध्यता हटेको छ उपाध्यक्ष रोकायाले भने, “यहाँको आलु सुर्खेतलगायत सुदूरपश्चिमका विभिन्न जिल्लामा निर्यात भइरहेको छ ।”
पालिका अन्तर्गत सातवटै वडामा आलु उत्पादन हुन्छ । चैतमा रोपिने आलु वैशाखमा गोडमेल गरेर असोजमा सङ्कलन गरिन्छ भने हिँउदमा घाम नलाग्ने ठाउँमा खाडल बनाएर भण्डार गरिन्छ । अहिले पातारासीका रिनी, पठमारा, बाँता गाउँबाट मात्र आठ सय क्विन्टल आलु बाहिरी जिल्लामा पठाइएको उपाध्यक्ष रोकायाले जानकारी दिए ।
आलु जोनले समेत पातारासीबाटै बिउ मगाउने गरेको हिमालयन बहुउद्देश्यीय सहकारीका बजार व्यस्थापक राजेन्द्र बुढाले जानकारी दिए । सहकारीले आलुको अग्र्यानिक ब्राण्ड नै दर्ता गरेको छ ।
पातारासीको उर्थु चौतारामा १० टन भण्डारण क्षमताको आलु सङ्कलन केन्द्र स्थापना गरिएको हिमालयन बहुउद्देश्यीय सहकारीले जनाएको छ । कृषि विकास कार्यालय जुम्लाका अनुसार जिल्लाभर दुई हजार छ सय ५० हेक्टर क्षेत्रफलमा आलु खेती भइरहेको छ । आलु उत्पादनको ६० प्रतिशत हिस्सा पातारासी गाउँपालिकाले मात्रै ओगटेको छ । यहा उत्पादन हुने आलुको ५० प्रतिशत आलु बाहिर जिल्लामा बिक्री हुने गरेको कृषि विकास कार्यालय जुम्लाका प्रमुख गणेश अधिकारीको भनाइ छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसत्तरी लाखको लप्सीका परिकार कारोबार गर्ने लक्ष्य
पुष २२, २०८१ सोमबार
बहुउपयोगी मानिने जडीबुटी सतुवा खेतीमा किसानको आकर्षण बढ्दो
पुष २२, २०८१ सोमबार
माघेसङ्क्रान्ति नजिकिएसँगै किसानलाई तरुल खन्न भ्याइनभ्याइ
पुष २१, २०८१ आइतबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
पुष २५, २०८१ बिहिबार
इजलासमा रविको हारगुहार, ‘थुनामुक्त गरिदिनुहोस्, पीडितको रकम फिर्ताका लागि पहल गर्छु’
पुष २५, २०८१ बिहिबार
बैंकले सस्तोमा जग्गा लिलाम गरेको विरोधमा लहानका स्थानीय आन्दोलित
पुष २६, २०८१ शुक्रबार
लघुवित्त वित्तीय संस्थामा खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
पुष २६, २०८१ शुक्रबार
तराईमा शीतलहरको कहर: जोखिम बढ्दो, पूर्वतयारी सुस्त !
पुष २६, २०८१ शुक्रबार
हुम्लाको खार्पुनाथमा एक महिनादेखि सिटामोलसमेत अभाव
पुष २६, २०८१ शुक्रबार
अमेरिकी डलर र युरो स्थिर, अन्य विदेशी मुद्राको मूल्य घटबढ
पुष २६, २०८१ शुक्रबार
ऊर्जा विकास मार्गचित्र सार्वजनिक, १० वर्षमा २८ हजार मेगावाट उत्पादनको लक्ष्य
पुष २५, २०८१ बिहिबार