ठाकुरराम क्याम्पस आगजनी घटनामा अखिल (क्रान्तिकारी)का ३ विद्यार्थी गिरफ्तार
नेपालबहस संवाददाता
फागुन २६, २०७९ शुक्रबार २३:४९:५५
२६ फागुन, काठमाडौं । स्वतन्त्र विद्यार्थी यूनियन (स्ववियू) चुनावलाई लिएर उत्पन्न विवादपछि वीरगन्जको ठाकुरराम बहुमुखी क्याम्पसमा भएको आगजनी घटनामा ३ जना विद्यार्थी नेतालाई प्रहरीले गिरफ्तार गरेको छ ।
मतदाता नामावलीको विषयलाई लिएर सुरु भएको विवादका क्रममा विद्यार्थीहरुले शुक्रबार दिउँसाे क्याम्पसमा आगजनी गरेका हु्न् । उनीहरुले विद्यार्थी कल्याणकोष तथा खेलकुद शाखामा आगजनी गरेका छन् ।
आगजनीमा संलग्नताको आशंकामा अखिल क्रान्तिकारीका शिवम साह, अनेरास्ववियुका अभिषेक चौहान र सुजित गिरीलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक गिरिले पुष्टि गरे ।
आउँदो चैत ५ गते त्रिविका देशभरका आंगिक र सम्बन्धन प्राप्त क्याम्पसहरुमा स्ववियू निर्वाचन हुँदैछ । निर्वाचन नजिकिएसँगै दिद्यार्थी संगठनहरूबीच विवाद र झडप सुरू भएकाे छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआगामी भदौमा विधान अधिवेशन गर्ने एमालेको निर्णय
माघ ८, २०८१ मंगलबार
राष्ट्रिय ‘एआई’ नीति दीर्घकालीन र प्रभावकारी बनाउँछौँ : मन्त्री गुरूङ
माघ ८, २०८१ मंगलबार
यो सरकार स्थायित्व र नागरिकको पक्षमा काम गर्न बनेको हो : उपप्रधानमन्त्री सिंह
माघ ८, २०८१ मंगलबार
कालिका नगर अस्पताललाई आवश्यक सहयोग गर्ने स्वास्थ्यमन्त्रीको प्रतिबद्धता
माघ ८, २०८१ मंगलबार
निजी क्षेत्रलाई अख्तियारको क्षेत्राधिकारभन्दा बाहिर राख्न सफल भयो : अध्यक्ष ढकाल
माघ ८, २०८१ मंगलबार
पालिकास्तरीय भलिबलको उपाधि बेनी र अन्नपूर्णलाई
माघ ८, २०८१ मंगलबार
स्कुटर अनियन्त्रित भएर दुर्घटना हुँदा एकजनाको मृत्यु
माघ ८, २०८१ मंगलबार
प्रधानमन्त्री कप क्रिकेट : बागमती र आर्मी सुपर फोरमा प्रवेश, कोशी बाहिरियो
माघ ८, २०८१ मंगलबार
स्कुल बसको ठक्करले साइकल यात्रुको मृत्यु
माघ ८, २०८१ मंगलबार