विद्यार्थीको शिक्षामा अभिभावकको भूमिका
नेपालबहस संवाददाता
फागुन २७, २०७९ शनिबार १४:५८:३६
२७ फागुन, तुलसीपुर । प्रविधिको युग छ । घरघरमा वाइफाइ र स्मार्ट मोबाइल छन् । कुनै समय टिभीमा झुम्मिने बालबालिका अहिले मोबाइलमा झुम्मिन थालेका छन् ।यसले विद्यार्थीको मानसिक, शारीरिक तथा संवेगात्मक क्षमतामा ह्रास ल्याउने भन्दै अभिभावक यसमा सचेत हुनुपर्ने तुलसीपुर उपमहानगरपालिकाका अधिकृत मनबहादुर खड्काले बताए ।
“धेरै बच्चा अहिले मोबाइलमा झुम्मिने गरेका छन्”, उनले भने, “यसले बच्चामा नकारात्मक असर गरिरहेको हुन्छ, यसमा अभिभावक सचेत हुनुपर्छ ।” त्यस्तै बालबालिकाका अगाडि आमाबुबाले मोबाइल चलाउने गर्दा पनि उनीहरुमा असर पर्ने भन्दै यसमा पनि अभिभावक सचेत हुनुपर्ने उनले बताए । अभिभावक मोबाइलमा व्यस्त हुँदा बच्चाबच्चीले समय नपाउने भएकाले उनीहरुमा नकारात्मक असर पर्ने उनको भनाइ छ ।
अभिभावक आफ्नो काममा ब्यस्त हुँदा बच्चाबच्चीसँग नजिक नभएको पाइने प्रशिक्षक डिआर भण्डारीले बताए । “हामीले बच्चाबच्चीलाई समय दिन सकेका छैनौँ ।” खानेकुरामा पनि त्यत्तिकै लापर्बाही हुने गर्छ । जङ्कफुडले बच्चाको शारीरिक तथा मानसिक अवस्थामा निकै असर पु¥याउने गर्छ । बच्चालाई कुरमुरे, चाउचाउजस्ता कुरालाई खुवाउन नहुनेसमेत उनले बताए ।
बालबालिकासँग गर्ने व्यवहार पनि सरल हुनुपर्ने तुलसीपुर उपमहानगरपालिकाका पूर्वस्रोत व्यक्ति मुकुन्द रिजालले बताउछन । बालबालिकालाई उमेरअनुसार व्यवहार गर्नुपर्ने उनको भनाइ छ । उनले शिक्षा व्यावहारिक र जीवन बदल्ने शिक्षा हुनुपर्ने बताए । उनले अभिभावक र बाबुआमाबीच अन्तर हुनुपर्नेसमेत बताए ।
तुलसीपुर–६ स्थित ग्रेट अरणीको माध्यमिक विद्यालयले आयोजना गरेको अभिभावक शिक्षा कार्यक्रममा प्रशिक्षण दिँदै उनीहरुले यस्तो बताए । त्यस अवसरमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मानबहादुर बस्नेतले अभिभावक, शिक्षक र विद्यार्थीबीचको त्रिपक्षीय भूमिकाले नै विद्यार्थीको पठनपाठन गुण्स्तरीय हुने बताए । उनले विद्यार्थीको पहिलो पाठशाला घर भएकाले घरमा विद्यार्थीलाई सरल व्यवहार गर्नुपर्नेमा जोड दिए । उनले बजारमा टिक्ने, बिक्ने र सिक्ने शिक्षा अहिलेको आवश्यकता रहेको बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभारत सरकारको सहयोगमा निर्मित क्याम्पस र छात्रावास भवन हस्तान्तरण
पुष २२, २०८१ सोमबार
अब नर्सिङ कार्यक्रम लागू भएका विद्यालयमा स्वास्थ्य दूत नियुक्त गरिने
पुष १८, २०८१ बिहिबार
गरिब, दलित र असहाय बालबालिकाका लागि निःशुल्क आवासीय विद्यालय
पुष १५, २०८१ सोमबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
पुष २५, २०८१ बिहिबार
इजलासमा रविको हारगुहार, ‘थुनामुक्त गरिदिनुहोस्, पीडितको रकम फिर्ताका लागि पहल गर्छु’
पुष २५, २०८१ बिहिबार
ऊर्जा विकास मार्गचित्र सार्वजनिक, १० वर्षमा २८ हजार मेगावाट उत्पादनको लक्ष्य
पुष २५, २०८१ बिहिबार
ग्रिनल्यान्डबारे ट्रम्पको बयानलाई क्रेमलिनले नजिकबाट हेर्दै
पुष २५, २०८१ बिहिबार
संघ, प्रदेश र स्थानीय तह निर्वाचनको मिति कानुनमै तोकिने
पुष २५, २०८१ बिहिबार
रविलाई स्वास्थ्य परीक्षणका लागि अस्पताल लगियो
पुष २५, २०८१ बिहिबार
गाउँगाउँमा नागरिक सुनुवाइ गर्दै प्रहरी
पुष २५, २०८१ बिहिबार
रविलाई प्रहरीले पुनः पक्राउ नगर्ने, काठमाडौं जिल्ला अदालतमा आफैं उपस्थित हुने
पुष २५, २०८१ बिहिबार