उपराष्ट्रपतिबारे गठबन्धनमा सकस, आज ३ जनाले उम्मेदवारी दिने
नेपालबहस संवाददाता
फागुन २७, २०७९ शनिबार १८:२७:११
२७ फागुन, काठमाडौं । उपराष्ट्रपतिको नाम छनोट गर्ने विषयमा गठबनधन दलभित्र सकस देखिएको छ । निर्वाचन आयोगले उपराष्ट्रपतिमा महिला नै उम्मेदवार हुनुपर्ने सर्त राखेपछि आज उम्मेदवारले मनोनयन गराउने र नामकाबारे छलफल गर्दै जाने निर्णय लिएको छ । सअमति अनुसार नै गठबन्धनबाट उपराष्ट्रपतिमा ३ जनाले उम्मेदवारी दर्ता गर्ने भएका छन् ।
शनिबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकमा सहमति नजुटेपछि जनमत पार्टीबाट १ जना र जनता समाजवादी पार्टीबाट २ जनाले उम्मेदवारी दिने भएका हुन् । बैठकमा सहभागी जनमत पार्टीका उपाध्यक्षसमेत रहेका खानेपानी मन्त्री अब्दुल खानले जनमतबाट ममता झा र जसपाबाट रामसहायप्रसाद यादव र प्रमिला यादवले उम्मेदवारी दिने तय भएको बताए ।
शनिबार बसेको १० दलीय बैठकमा दलहरुले आफ्नो–आफ्नो दाबी गर्दा बैठकले एकल उम्मेदवार उठाउन नसकेको हो । उपराष्ट्रपतिको निर्वाचनमा महिला नै उम्मेदवार हुनुपर्ने खालको निर्णय निर्वाचन आयोगले गरेको र संविधानको मर्म पनि सोही रहेको भन्दै जनमत पार्टीले ममता झालाई उपराष्ट्रपतिमा मनोनयन दर्ता गर्ने अध्यक्ष चन्द्रकान्त(सीके) राउतले बताए ।
नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले भने अझै पनि उम्मेदवारी फिर्ता गराएर सहमतिको प्रयास हुने बताएका छन् । सत्ता गठबन्धनमा यसअघि नै उपराष्ट्रपति जसपालाई दिने सहमति भएको थियो । तर गठबन्धनबाटै जनमतले पनि दाबी नछाडेपछि समस्या उत्पन्न भएको हो । जसपाको केन्द्रीय कार्यकारिणि समितिले यसअघि नै रामसहायप्रसाद यादवलाई उम्मेदवार बनाउने निर्णय गरेको थियो ।
निर्वाचन आयोगले उपराष्ट्रपतिमा पुरुष र खस आर्य समुदायबाहेकका उम्मेदवार हुनुपर्ने स्पष्ट पारेपछि जसपाले प्रमिला यादवलाई समेत उठाउने भएको हो । जसपा नेता प्रदीप यादव पनि आइतबारसम्म सहमतिको प्रयास हुने बताएका छन् । गठबन्धनमा आफूहरूले उपराष्ट्रपति पाउने सहमति भएकाले जसपाको मात्र एकल उम्मेदवार हुने सम्भावना रहेको उनको भनाइ छ । एमालेले भने उपाध्यक्ष अष्टलक्ष्मी शाक्यलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदरबारमार्गमा फोहोर गरेको भन्दै काठमाडौं महानगरले एमालेलाई गर्यो एक लाख जरिवाना
मंसिर ७, २०८१ शुक्रबार
राष्ट्रपति पौडेलसमक्ष तीन देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेस
मंसिर ७, २०८१ शुक्रबार
प्रधानमन्त्री ओलीसँग भारतीय सेनाध्यक्ष द्विवेदीको भेट
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
मंसिर ७, २०८१ शुक्रबार
रवि र छविसहित १० जनाविरुद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी
मंसिर ७, २०८१ शुक्रबार
विशेष अदालतबाट न्यायीक फैसला नभएको भन्दै विभिन्न मुद्दा लिएर सर्वोच्च गयो अख्तियार
मंसिर ८, २०८१ शनिबार
साढे १७ करोड अमेरिकी डलर लगानीमा मनाङ मर्स्याङ्दी जलविद्युत् आयोजनाको निर्माण सुरु
मंसिर ८, २०८१ शनिबार
अमेरिकी डलरदेखि क्यानेडियन डलरसम्मको भाउ घट्यो
मंसिर ८, २०८१ शनिबार
राष्ट्रिय प्रणालीमा जोडियो साञ्जेनको बिजुली
मंसिर ८, २०८१ शनिबार
५०० पसलमा २० मात्रै नियमअनुरुप चलेका भेटिए
मंसिर ८, २०८१ शनिबार
आज जन्म लिने बच्चा सिंह राशीको हुने
मंसिर ८, २०८१ शनिबार