उपराष्ट्रपतिमा गठबन्धनकातर्फबाट जसपाका यादवले दिए उम्मेदवारी
नेपालबहस संवाददाता
फागुन २७, २०७९ शनिबार १९:२३:२८
२७ फागुन, काठमाडौं । आठदलीय गठबन्धनका तर्फबाट जनता समाजवादी पार्टी (जसपा) का संसदीय दलको नेता रामसहायप्रसाद यादवले उपराष्ट्रपति पदमा उम्मेदवारी दिएका छन् । शनिबार नयाँ बानेश्वरस्थित संसद् भवनमा रहेको राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन अधिकृतको कार्यालय पुगेर यादवले उम्मेदवारी दर्ता गरेका हुन् ।
यादवले सत्ता गठबन्धनका तर्फबाट उपराष्ट्रपति पदमा उम्मेदवारी दिएका हुन् । सत्ता गठबन्धनबाट उपराष्ट्रपतिमा ३ जनाको उम्मेदवारी पर्ने सम्भावना रहेपनि जसपाले यसबारे आधिकारिक निर्णय गर्नेछ । शनिबार बिहान प्रधानमन्त्री निवासमा बसेको गठबन्धनको बैठकमा सहमति नजुटेपछि जनमत पार्टीबाट १ जना र जनता समाजवादी पार्टीबाट २ जनाले उम्मेदवारी दिने भनिएको थियो ।
रामसहायसँगै जसपाबाट प्रमिला यादवले पनि उम्मेदवारी दिने बताइएको छ । जनमत पार्टीबाट ममता झाले उपराष्ट्रपतिमा उम्मेदवार दिएकी छन् । यसअघि एमालेबाट उपाध्यक्षसमेत रहेकी अष्टलक्ष्मी शाक्यले उपराष्ट्रपतिमा उम्मेदवार दिएका छन् ।
आठ दलीय गठबन्धनले उपराष्ट्रपतिमा जसपाका उमेदवारलाई सहयोग गर्ने भएको छ । आज बसेको गठबन्धनको संयुक्त बैठकले उपराष्ट्रपतिमा जसपाका उमेदवारलाई सहयोग गर्ने निर्णय गरेको नेकपा एसका महासचिव डा. बेदुराम भुसालले जानकारी दिए ।
महिला वा पुरुष कसलाई उमेदवार बनाउने भन्नेबारे निर्णय गर्न जसपाको केन्द्रीय कार्यकारिणी समितको बैठक आज बस्दै छ । राष्ट्रपतिमा पुरुष निर्वाचित भइसकेकाले अब उपराष्ट्रपतिमा महिला उमेदवार हुनु पर्ने निर्वाचन आयोगले स्पष्ट पारिसकेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमृगौलाको डाइलासिस र पाठेघरको उपचार व्यवस्था मिलाउँछौँं: स्वास्थ्यमन्त्री पौडेल
मंसिर ११, २०८१ मंगलबार
एमाले महासचिव पोखरेलसँग भियतनाम कम्युनिष्ट पार्टीका नेताको भेट
मंसिर ११, २०८१ मंगलबार
‘नेपालमा गणतन्त्र र लोकतन्त्रले सफलता पाएको छ’
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार
हिजबुल्लाहसँग युद्बबिरामबारे निर्णय लिन इजरायली मन्त्रिपरिषद बैठक सुरू
मंसिर ११, २०८१ मंगलबार
बाँसबारीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन घाइते
मंसिर ११, २०८१ मंगलबार
मृगौलाको डाइलासिस र पाठेघरको उपचार व्यवस्था मिलाउँछौँं: स्वास्थ्यमन्त्री पौडेल
मंसिर ११, २०८१ मंगलबार
एमाले महासचिव पोखरेलसँग भियतनाम कम्युनिष्ट पार्टीका नेताको भेट
मंसिर ११, २०८१ मंगलबार
रास्वपा सांसदविरुद्धको अवहेलना मुद्दामा थप विवरण मगाउने आदेश
मंसिर ११, २०८१ मंगलबार
सप्तरीमा दुई दिनमा ३८ जना पक्राउ
मंसिर ११, २०८१ मंगलबार