कैलालीमा चैते धान खेती विस्तार गरिँदै
नेपालबहस संवाददाता
फागुन २७, २०७९ शनिबार २२:३६:१५
२७ फागुन, टीकापुर । कैलालीमा यस वर्ष एक हजार एक सय हेक्टरमा चैते धान खेती विस्तार हुँदैछ । कृषि ज्ञान केन्द्र कैलाली, स्थानीय सरकार र रानी जमरा कुलरिया सिँचाइ आयोजना कृषितर्फको सहयोग तथा किसानको आफ्नै पहलमा उक्त क्षेत्रफलमा चैते धान खेती गर्न थालिएको हो ।
कृषि ज्ञान केन्द्र कैलालीको अनुदान सहयोगमा विभिन्न २२ वटा कृषक, कृषि सहकारी र समूह गरी मुख्यमन्त्री नमूना कृषि गाउँ, ब्लक प्रर्दशन, धानबाली प्रवद्र्धन र चैते धान खेती विस्तार कार्यक्रमअन्तर्गत कैलालीमा चैते धान खेती हुँदैछ । धान खेती भजनी, टीकापुर, घोडाघोडी नगरपालिका, कैलारी, जोशीपुर, जानकी र बर्दगोरिया गाउँपालिकामा गरिँदैछ । जसमध्ये वर्खामा डुबान हुने क्षेत्रमा धेरै क्षेत्रफलमा चैते धान खेती भइरहेको कृषि ज्ञान केन्द्रका बाली विकास अधिकृत रामनारायण चौधरीले बताए ।
“बाढीले डुबान हुने क्षेत्रलाई चैते धानमा बढी प्रोत्साहन गर्ने गरिएको छ”, उनले भने, “भजनी कैलालीको सबैभन्दा बढी चैते धान लगाउने पालिका हो । भजनीसहित केही पालिकामा बर्र्सातमा बाढीले जलमग्न हुने भएकाले चैते धान विकल्पका रुपमा गर्ने गरिएको छ ।”
यस्तै सङ्घीय सरकारको सहयोगमा धान खेती प्रवद्र्धन कार्यक्रमअन्तर्गत किसानको आवेदन सङ्कलनको काम भइरहेको कृषि ज्ञान केन्द्र कैलालीले जनाएको छ । स्थानीय तहहरूले किसानको मागका आधारमा चैते धान खेती कार्यक्रम सञ्चालन गरेका छन् भने रानी जमरा कुलरिया सिँचाइ आयोजना कृषितर्फले चैते धान खेतीका लागि किसानसँग आवेदन माग गरेका छ । जसअनुसार अहिले टीकापुर क्षेत्रमा चैते धान खेती सहयोगका कार्यक्रम रहेका आयोजनाका बाली विकास अधिकृत जयबहादुर महतराले बताए ।
“सिँचाइ आयोजना कृषितर्फले हरेक वर्ष धान खेती प्रोत्साहनमा सघाउँदै आएको छ । यस वर्ष चैते धानका लागि पनि किसानलाई प्रोत्साहन तथा सहयोगका कार्यक्रम छन्”, उनले भने, “अहिलेसम्म दुई हेक्टरलाई माग आएको छ । धान खेतीका लागि किसानलाई बीउ, मल, प्राविधिक ज्ञान, उपकरणजस्ता कुरामा आयोजनाले सहयोग गर्ने गरेको छ ।”
आयोजनाले किसानलाई चैते धान खेतीको लागि बीउ तथा यान्त्रीकरणमा ५० प्रतिशत अनुदान दिएको छ । सिँचाइ सुविधा सहज भएको ठाउँमा चैते धान खेतीको उत्पादन प्रतिहेक्टर ६० क्विन्टलसम्म रहेको प्राविधिक बताउँछन् । चैते धान खेतीले खाद्यान्न उत्पादनसँगै बाह्यबाट आउने चामल आयात प्रतिस्थापन गर्नमा सहयोग पु¥याउने बाली विकास अधिकृत रामनारायण चौधरीले बताए । चैते धानको उत्पादनसँगै बजार सहज भएकाले पछिल्ला वर्षमा चैते धान खेती गर्ने किसान बढ्दै गएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसत्तरी लाखको लप्सीका परिकार कारोबार गर्ने लक्ष्य
पुष २२, २०८१ सोमबार
बहुउपयोगी मानिने जडीबुटी सतुवा खेतीमा किसानको आकर्षण बढ्दो
पुष २२, २०८१ सोमबार
माघेसङ्क्रान्ति नजिकिएसँगै किसानलाई तरुल खन्न भ्याइनभ्याइ
पुष २१, २०८१ आइतबार
सूर्यदर्शन सहकारी ठगी मुद्दामा पक्राउ परेका रविसहित ७ आरोपीलाई अदालत लगियो
पुष २५, २०८१ बिहिबार
आर्थिक कुटनीतिलाई प्राथमिकतामा राखेर काम गर्ने परराष्ट्र सचिवको प्रतिबद्धता
पुष २५, २०८१ बिहिबार
सार्वजनिक लेखा समितिका सभापति पोखरेलका स्वकीय सचिव पक्राउ
पुष २५, २०८१ बिहिबार
आन्ध्र प्रदेश स्थित एक मन्दिरमा भागदौड हुँदा ६ जनाको मृत्यु
पुष २५, २०८१ बिहिबार
कंगनाले दिइन प्रियंका गान्धीलाई ‘इमर्जेन्सी’ हेर्ने निम्तो
पुष २५, २०८१ बिहिबार
डल्ले च्याउको मूल्य बढ्दा, सिताके च्याउको मूल्य आधाभन्दा बढीले घट्यो
पुष २५, २०८१ बिहिबार