स्ववियु निर्वाचनको उत्साहजनक उम्मेदवारी दर्ता, रोकिएका ठाउँमा रातिसम्म प्रक्रिया गर्न निर्देशन
नेपालबहस संवाददाता
फागुन २७, २०७९ आइतबार १:४१:३३
२७ फागुन, काठमाडौं । त्रिभुवन विश्वविद्यालय ‘त्रिवि’ मा हुने स्वतन्त्र विद्यार्थी युनियन ‘स्ववियु’ निर्वाचनका लागि देशभरका क्याम्पसमा आज उत्साहजनक रुपमा उम्मेदवारी भएको छ । आज उम्मेदवारीसँगै विगत १४ वर्षदेखि नियमित हुन नसकेको स्ववियु निर्वाचन हुने सुनिश्चित भएको छ ।
त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले छिटफुट क्याम्पसमा बाहेक देशभरि नै सबै क्याम्पसमा उम्मेदवारी दर्ता भएको जानकारी दिए । उनले उम्मेदवारी दर्ता प्रक्रिया रोकिएका क्याम्पसमा वार्ता गरी सहमति गरेर राति अबेरसम्म भए पनि निर्वाचनमा प्रक्रिया गर्न निर्देशन दिएको बताए।
“देशभरिका क्याम्पसमा उत्साजनक रुपमा उम्मेदवारी दर्ता भएका छन्” उनले भने, “केही अवरुद्ध भएका क्याम्पसमा राति १० बजेसम्म भए पनि वार्ता र सम्वाद गरेर निर्वाचन प्रक्रिया सुरु गर्न निर्देशन दिएका छौँ ।” विद्यार्थी सङ्गठनले आआफ्नो ब्यानरसहित उम्मेदवारी दर्ता गराउन क्याम्पसमा पुगेका थिए । स्ववियु निर्वाचनका लागि प्रत्यक्ष तथा समानुपातिकतर्फका उम्मेदवारीले मनोनयन गरिएको हो ।
आज बिहान ११ बजदेखि दिउँसो २ बजेसम्म स्ववियु निर्वाचनमा विद्यार्थी सङ्गठनका तर्फबाट उम्मेदवारले मनोनयन पत्र दर्ता गराएका हुन् । अध्यक्ष, सचिव र कोषाध्यक्ष तथा ५० प्रतिशत सदस्य प्रत्यक्ष निर्वाचन प्रणाली र उपाध्यक्ष, सहसचिव र ५० प्रतिशत सदस्य समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित हुने छन् । निर्वाचनमा २८ वर्षे उमेर हद बन्दी कायम गरिएको छ । प्रत्यक्ष तथा समानुपातिकतर्फका उम्मेदवार विसं २०५१ पmागुन २८ गते जन्म मितिको र सोभन्दा पछि जन्मेका विद्यार्थीले उम्मेदवार बन्न पाउने छन् ।
निर्वाचनका लागि वार्षिक परीक्षाअन्तर्गत कार्यतालिका प्रकाशन भएसँगै भर्ना र सेमेष्टरतर्फ एक हप्ताअघि नै भर्ना प्रक्रिया रोकिएको थियो । त्रिविले यसअघि पटकपटक निर्वाचन घोषणा गरे पनि विद्यार्थी सङ्गठनबीच भएको विवादले निर्वाचन हुन सकेको थिएन । प्रत्येक दुई÷दुई वर्षमा हुने स्ववियु निर्वाचन विसं २०६५ यता नियमित हुनसकेको छैन ।
विसं २०६५ चैत ६ गते भएको स्ववियु निर्वाचन एकै पटक आठ वर्षमा विसं २०७३ चैत १५ गते भएको थियो । निर्देशनालयका निर्देशक अधिकारीले आज मनोनयन पत्र दर्ता गराएका प्रत्यक्षतर्फका उम्मेदवारको नाम नामावली आजै प्रकाशन गरिएको बताए । उनका अनुसार उपत्यकाको त्रिचन्द्र कलेज र आयुर्वेद क्याम्पसमा निर्वाचन प्रक्रिया सुरु भएको छैन ।
उपत्यका त्रिवि केन्द्रीय क्याम्पस, अमृत साइन्स क्याम्पस, नेपाल ल क्याम्पस, पद्मकन्या क्याम्पस, सरस्वती क्याम्पस, पशुपति बहुमुखी क्याम्पसलगायत सबै क्याम्पसमा निर्वाचनमा विद्यार्थी सङ्गठनले उत्साहजनक रुपमा सहभागी भई उम्मेदवारी दर्ता गराएका छन् । उम्मेदवारको नामावली उपर दाबी विरोध भोलि फागुन २८ गते बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म तोकिएको छ ।
उम्मेदवारमाथिको दाबी उपरमाथि छानबिन गरेपछि फागुन २८ गते बेलुका ५ बजे नामावली प्रकाशन गर्ने, फागुन २९ गते दिउँसो १ बजेसम्म उम्मेदवारले नामा फिर्ता लिने र सोही दिन दिउँसो २ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने समय तोकिएको छ ।
स्ववियु निर्वाचन आगामी चैत ५ गते बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म तोकिएको छ । निर्वाचनमा देशभरिका त्रिविका ६२ आङ्गिक र एक हजार ४० सम्बन्धन प्राप्त क्याम्पसमा हुनेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसंसदका दुई समितिको बैठक बस्दै
पुष २५, २०८१ बिहिबार
अपिहिमाल गाउँपालिकाको विकासमा पहल गर्छु : अध्यक्ष प्रचण्ड
पुष २४, २०८१ बुधबार
विपिन जोशीको रिहाइका लागि पहल गरिदिन इजरायललाई परराष्ट्रमन्त्रीको आग्रह
पुष २४, २०८१ बुधबार
आन्ध्र प्रदेश स्थित एक मन्दिरमा भागदौड हुँदा ६ जनाको मृत्यु
पुष २५, २०८१ बिहिबार
कंगनाले दिइन प्रियंका गान्धीलाई ‘इमर्जेन्सी’ हेर्ने निम्तो
पुष २५, २०८१ बिहिबार
डल्ले च्याउको मूल्य बढ्दा, सिताके च्याउको मूल्य आधाभन्दा बढीले घट्यो
पुष २५, २०८१ बिहिबार
आगलागीमा परी एक जनाको मृत्यु
पुष २५, २०८१ बिहिबार
प्रि-ओपन सेसनमा नेप्से ३.२६ अंक बढ्यो
पुष २५, २०८१ बिहिबार
समता घरेलु लघुवित्तको बोनस शेयर घोषणा
पुष २५, २०८१ बिहिबार