सिन्धुलीमा बस दुर्घटना हुँद पाँचको मृत्यु, १९ जना घाइते
नेपालबहस संवाददाता
फागुन २८, २०७९ आइतबार १६:५३:५५
२८ फागुन, सिन्धुली । बाग्मती प्रदेश अन्तर्गत सिन्धुलीमा बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । मध्यपहाडी राजमार्ग अन्तर्गत सिन्धुलीको फिक्कल गाउँपाालिका–४ को कुहिभीरमा आइतबार भएको यात्रुवाहक बस दुर्घटनामा परी पाँच जनाको घटनास्थलमै मृत्यु भएको हो ।
सिन्धुली प्रहरीका अनुसार ओखलढुंगाबाट काठमाडौं जाँदै गरेको बा २ ख ६५९६ नम्बरको बस दुर्घटना हुँदा पाँच जनाको घटनास्थलमै मृत्यु भएको हो । मृत्यु हुनेमा दुई पुरुष, दुई महिला र एक बालक रहेका छन् ।
घटनामा करिब १९ जना घाइते भएको प्रारम्भिक विवरण आएको र उनीहरुको खुर्कोटस्थित अस्पतालमा उपचारका लागि पठाइएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख प्रहरी उपरीक्षक राजकुमार सिलवालले जानकारी दिएका छन् । बसमा करिब ३० जना यात्रु रहेको जनाइएको छ ।
सिन्धुली प्रहरीका प्रवक्ता एवं डिएसपी चिरञ्जीवी दाहालका अनुसार सडकको भित्तामा ठोक्किएर बस दुर्घटना भएको प्रारम्भिक आकलन छ । दुर्घटना भएको बस भित्तामा चेपिएर रहेकाले उद्धारमा कठिनाइ भइरहेको छ । मेसिन लगाएर दुर्घटना भएको बसलाई उठाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनाको थप विवरण भने आउन बाँकी छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपझापामा सवारी दुर्घटनामा परी एक जनाको मृत्यु
मंसिर १२, २०८१ बुधबार
बाँसबारीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन घाइते
मंसिर ११, २०८१ मंगलबार
अफगानिस्तानमा गाडी दुर्घटना हुँदा छ जनाको मृत्यु
मंसिर १०, २०८१ सोमबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार
हिजबुल्लाहसँग युद्बबिरामबारे निर्णय लिन इजरायली मन्त्रिपरिषद बैठक सुरू
मंसिर ११, २०८१ मंगलबार
प्रधानमन्त्री ओलीलाई राष्ट्रिय ज्यापु दिवसका लागि परम्परागत निमन्त्रणा
मंसिर १२, २०८१ बुधबार
प्रधानमन्त्रीले बोलाए मन्त्री र सचिवहरुको संयुक्त बैठक
मंसिर १२, २०८१ बुधबार
‘विपद् पूर्व तयारीले क्षति न्यूनीकरण गर्न सकिन्छ’
मंसिर १२, २०८१ बुधबार
एकै पटक तीन पुरी खाएका बालकको तत्कालै मृत्यु, भयो हंगामा !
मंसिर १२, २०८१ बुधबार
दुई दिन लगातार घटेको सुनको मूल्य बढ्यो
मंसिर १२, २०८१ बुधबार