कमलरी जीवनबाट मुक्ति पाएपछि जीवन फेरियाे
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_E0Qh2H6kyW.jpeg
)
नेपालबहस संवाददाता
फागुन २८, २०७९ आइतबार १७:२१:५७
![](https://nepalbahas.prixacdn.net/media/albums/kamlahari_UuDBhBkn1O.jpg)
२८ फागुन, देउखुरी । घोराही उपमहानगरपालिका–८ बेलुवाकी तिला चौधरी मुक्त कमलरी विकास मञ्चमा आबद्ध भएर ज्ञान र सीप आर्जन गरिरहेकी छिन । उनी सगरमाथा महिला समूहको अध्यक्ष समेत हुन । उनी भन्छिन “घुम्ती कोषमार्फत संस्थाले सहयोग गरेको छ । लगानी गरेर कृषि व्यवसाय गरेका छौँ । समूहमा बसेर ज्ञान, सीपका कुरा सिकेर व्यवहारमा उतारेका छौँ ।” उनले थोरै भए पनि बचत गर्नुपर्छ भन्ने कुरालाई व्यवहारमा उतार्दै भविष्यको योजनाका बारेमा छलफल गरेर काम अगाडि बढ्ने गरेको बताइन । कुखुरापालन, तरकारी खेती, बङ्गुरपालनलगायत पेसामा समूहका सदस्य आवद्ध भएका छन् ।
घोराही–२ का विपती चौधरी पूर्वकमलरी हुन । कमलरी छँदा सुखको सास फेर्न नपाएकी उनी अहिले किराना पसल खोलेर बसेकी छिन । समूहमा आबद्ध भएर ज्ञान आर्जन गर्ने अनि आफूमा लागू गर्दै आएकी उनी कमलरी जीवनबाट मुक्ति पाएपछि जीवन फेरिएको बताउछिन । उनले किराना पसलका साथै बाख्रापालन पनि गरेकी छिन ।
“अहिले मुक्त कमलरी विकास मञ्चले स्थापना गरेको समूहबाट घुम्ती कोषबाट ऋण लिएर बाख्रापालन गरेको छु”, उनले भनिन, “घरमा सानो पसल पनि सञ्चालन गरेको छु । पहिले केही गर्न सक्दैनथेँ अहिले आत्मर्निभर भएको छु, मसँग आम्दानीको स्रोत भएपछि श्रीमानसँग पैसा माग्नु पनि परेको छैन । पहिले–पहिले एक–दुई रुपैयाँ पनि कहाँ पाऊ भन्ने हुन्थ्यो, अहिले कमाउन सक्ने भएको छु ।” घरमा आइपर्ने समस्या समाधान गर्न सजिलो भएको उनले बताइन ।
दाङको घोराही उपमहानगरपालिका–२, ४ र ८ मा आइएम स्वीडिस डेभलपमेन्ट पार्टनरको साझेदारीमा मुक्त कमलरी तथा सामाजिक वहिष्करणमा परेका महिलाको सशक्तीकरणमा परियोजनामार्फत गर्दै आएको कामले मुक्त कमलरी, विपन्न महिलाको जीवनमा परिवर्तन आएको छ । तीन वडामा १३ महिला समूह गठन गरिएको छ । यसमा करिब चार सय बढी महिलाको आबद्धता छ । यतिमात्रै होइन, बालबालिकामा सचेतना बढाउन र भोलिको सुन्दर भविष्य निर्माणका लागि तीनवटै वडामा वडास्तरीय युवा क्लब पनि गठन छ । जसबाट बालविवाह अन्त्य, लैङ्गिक हिंसा निवारणका बारेमा सचेतना फैलाउने काम हुँदै आएको मञ्चका केन्द्रीय अध्यक्ष हिरामोती चौधरी बताउछिन ।
संस्थागतरूपमा हेर्ने हो भने विगतमा सरकारसँग भएको १० बुँदे सम्झौता कार्यान्वयन हुन नसक्दा कमलरी मुक्तिपछिको पुनःस्थापनामा समस्या देखिन्छ । सरकार र मुक्त कमलरीबीच विसं २०७० जेठ २४ गते १० बुँदे सहमति भएको थियो । सम्झौता कार्यान्वयनका लागि सरकारसमक्ष निरन्तररूपमा ध्यानाकर्षण गराउने काम गर्दै आएको उनी बताउछिन।
मञ्च कमलरी जीवनबाट मुक्ति पाएको, गरिब, निुमखाको उत्थानका लागि पैरवी गर्न स्थापित संस्थाले खेल्दै आएको भूमिकाका कारण आज धेरै दिदीबहिनीले आफूलाई जीवन बदल्न र सफलताको बाटोमा अग्रसर भएको र समुदायस्तरमा गरिएका कार्यक्रमले सार्थकता पाउँदै गएको उनको तर्क छ । कमलरीको जीवन बदल्न तथा सामाजिक रुपान्तरणमा मुक्त कमलरी विकास मञ्चले निकै ठूलो भूमिका खेल्ने काम गरेको घोराही–२ का वडाध्यक्ष चित्रबहादुर चौधरी बताउछन ।
मञ्चले थालेका कामले स्थानीय सरकारलाई पनि सहयोग पुगेको घोराही उपमहानगरपालिका नगरप्रमुख नरुलाल चौधरी बताउछन । मुक्त गर्ने काम भइसकेपछि अब ती कमलरीको व्यवस्थापनका लागि सरकारले गरिरहेको पहलमा स्थानीय सरकारले विशेष भूमिका निर्वाह गरिराखेको उनले बताए । उनले भने “स्थानीय सरकारले मुक्त कमलरीका बारेमा तालिम नियमितरूपमा गर्दै आएका छौँ । पढिरहेका मुक्त कमलरीको छात्राबासमा बस्न खानको समस्यालाई ध्यानमा राखेर पालिकाभरका त्यस्ता छात्राको व्यवस्थापन गर्ने काम गरेका छौँ ।”
मञ्चले संस्थागत विकासलाई पनि अघि बढाएको छ । मुक्त कमलरीलाई तालिम दिने, उनीहरूलाई सीप प्रदान गर्दै सक्षम बनाउने, पेसा रोजगारमा लगाउने काममा लागिरहँदा घोराही उपमहानगरपालिकाको तर्फबाट पनि नियमित सहयोग र सहकार्य हुँदै आएको छ । आगामी दिनमा पनि यसलाई निरन्तरता दिँदै अझ प्रभावकारी बनाउने उपमहानगरपालिकाले जनाएको छ ।
समूह र युवा क्लबबाट सरोकार निकायबाट पाउनुपर्ने सेवा सुविधाका बारेमा समन्वय हुने गरेको छ । जस्तो वडा कार्यालय, कृषि कार्यालय, स्थानीय तहहरूबाट पाउनुपर्ने सेवा सुविधका बारेमा पहुँच बढाउने काम हुने गरेको छ । युवाको पनि उनीहरुको सहभागिता बढाउनेदेखि सचेतनामूलक कार्यक्रम सञ्चालन हुने गरेको छ ।
पूर्वमुक्त कमलरीको अगुवाइमा विसं २०६७ मा सामाजिक संस्थाका रूपमा स्थापित मञ्च एक दशकयता सङ्गठितरूपमा दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर जिल्लामा लक्षित वर्गको शिक्षा, सशक्तीकरण, जीविकोपार्जन तथा पुनःस्थापनालगायत हक अधिकारको सवालमा पैरवी गर्दै आएको छ । रासस
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रधानमन्त्री ओलीले गरे लुम्बिनी प्रदेश सभामा विशेष सम्बोधन
फागुन ५, २०८१ सोमबार
प्रधानमन्त्रीले लुम्बिनी प्रदेशसभाको बैठकलाई विशेष सम्बोधन गर्ने
फागुन ४, २०८१ आइतबार
रुपन्देहीमा लागुऔषध कारोबारी बढे, ठूलो परिणामको चरेससहित ७ जना पक्राउ
फागुन ३, २०८१ शनिबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
रिंकुकुमारी मृत्यु प्रकरणको अनुसन्धान गर्न मधेश सरकारले बनायो एसएसपीको नेतृत्वमा समिति
फागुन ६, २०८१ मंगलबार
सहकारी ठगी प्रकरणः धरौटीमा रिहा भएका रवि लामिछाने तारेखका लागि धाइरहेका छन अदालत
फागुन ६, २०८१ मंगलबार
पहिलो तारिख बुझ्न काठमाडौं जिल्ला अदालत पुगे रवि
फागुन ६, २०८१ मंगलबार
सन् २०३५ मा उत्सर्जन ६० प्रतिशतले घटाउने जापानको लक्ष्य
फागुन ६, २०८१ मंगलबार
स्कुल बस दुर्घटना बढेपछि विशेष जाँच अभियान थालियो
फागुन ६, २०८१ मंगलबार
प्रकृति लम्सालको शङ्कास्पद मृत्युको विषयमा माइतीघर मण्डलामा विरोध [ फोटो फिचर ]
फागुन ६, २०८१ मंगलबार