प्रहरीको हिरासत फोडेर फरार थुनुवामध्ये थप १ जना पक्राउ
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_m1GUFTIt76.jpeg
)
नेपालबहस संवाददाता
फागुन २८, २०७९ आइतबार १८:२१:४७
![](https://nepalbahas.prixacdn.net/media/albums/Shankar-mahatto_X6xzaCqYsl.jpg)
२८ फागुन, जनकपुरधाम । धनुषाको महेन्द्रनगर इलाका प्रहरी कार्यालयको हिरासत फोडेर फरार रहेका थप एक थुनुवालाई पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा धनुषाको मिथिला नगरपालिका-७ का ३६ वर्षीय शंकर महतो रहेका छन् ।
उनलाई शनिबार राति ८ बजे पर्साको वीरगञ्ज महानगरपालिका–१६ इनर्वास्थित भन्सार हुँदै लुकीछिपी नेपालबाट भारततर्फ गइरहेको अवस्थामा पक्राउ गरेको धनुषा प्रहरीले जनाएको छ । माघ १२ गते उनी हातहतियार खरखजाना मुद्दामा मिथिला नगरपालिका २ स्थित नक्टाझिजबाट पक्राउपछि हिरासतमा राखिँदै आएका थिए ।
त्यसको झण्डै एक महिनापछि गत फागुन १५ गते राति इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरको हिरासत फोडेर भाग्ने ६ जना थुनुवामा उनी पनि थिए । ४ जनालाई यसअघि नै पक्राउ गरिसकेको छ । फरार रहेका अन्य १ जनाको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपक्षेत्रपाटीबाट चोरिएको मोटरसाइकल नयाँ बजारमा फेला
फागुन ५, २०८१ सोमबार
ट्राफिक प्रहरीले गर्यो सवारी जाँचमा कडाइ
फागुन ५, २०८१ सोमबार
नेपाल प्रहरीमा बढुवा भएका ७२ जना डीएसपीले दर्ज्यानी चिन्ह पाए, १४ जनाको सरुवा
फागुन ४, २०८१ आइतबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
बन्दीपुर–६ का सचिव कुट्ने वडाध्यक्ष पक्राउ
फागुन ५, २०८१ सोमबार
प्रतिनिधिसभाबाट ‘भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०८१’ सर्वसम्मतिले पारित
फागुन ५, २०८१ सोमबार
प्रधानमन्त्री ओलीद्वारा टरिगाउँ विमानस्थल अवलोकन
फागुन ५, २०८१ सोमबार
३ थान भरुवा बन्दुकसहित दुई जना पक्राउ
फागुन ५, २०८१ सोमबार
‘प्रहरी विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत
फागुन ५, २०८१ सोमबार