नेपहपको श्रीपेच लाइभ इन अस्ट्रेलियामा हुने
नेपालबहस संवाददाता
फागुन २८, २०७९ आइतबार १८:२८:१६
२८ फागुन, काठमाडौं । नेपाली हिपहप रियालिटी शो नेपहपको श्रीपेचको कार्यक्रम अस्ट्रेलियामा हुने भएको छ । ‘नेपहपको श्रीपेच लाइभ इन अस्ट्रेलिया’ नाम दिइएको उक्त कार्यक्रम अस्ट्रेलियाको विभिन्न सहरमा आयोजना गरिने भएकाे हाे ।
शो का विजेता र निर्णायकहरूले मे २०२३ मा सिड्नी, पर्थ र ब्रिस्बेनमा होस्ट र डिजेसँगै आफ्नो प्रस्तुति दिनेछन् । पहिलो सिजनको विजेता भाइबर साइमनले फस्ट रनर अप जेनिस क्षेत्रीसँगै कलाकारहरूको नेतृत्व गर्ने आयोजकले जनाएकाे छ ।
कार्यक्रम मे १२ मा सिड्नी, १७ मेमा पर्थ र १९ मे २०२३ मा ब्रिसबेनमा हुने तय गरिएको छ । कार्यक्रमका मुख्य निर्णायक मानस घले नेपालका चर्चित र्यापर हुन् र उनको उपस्थितिले प्रस्तुतिलाई नयाँ उचाइमा पुर्याउने निश्चित रहेको कार्यक्रम आयोजकहरू बताउँछन् । कार्यक्रम अस्ट्रेलियामा नेपाली सांस्कृतिक कार्यक्रमको प्रमुख प्रवर्द्धक हाइपेक्स इभेन्ट्स एन्ड इन्टरटेनमेन्टले आयोजना गरेको हो ।
यस्तै कार्यक्रमका कार्यकारी निर्माता सुदिप पोखरेल र रोशन श्रेष्ठ पनि कार्यक्रमलाई लिएर निकै उत्साहित रहेको बत्ताउँछन् ।अस्ट्रेलियामा भएका दर्शकहरूले कार्यक्रम हेर्न चाहेमा टिकट बुकिङ गर्न सक्नेछन् । कार्यक्रमको सञ्चालक सुजता श्रेष्ठले कार्यक्रमभर दर्शकलाई मनोरञ्जन र व्यस्त राख्नको लागि साथ दिने पनि बताएकी छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअष्ट्रेलियाबाट रमणले ल्याएको ‘बिछोडको घाउ’मा शिल्पा र केशवराज
मंसिर २६, २०८१ बुधबार
यी अभागी छोरी,”जसले आफुले गाएको गीत बुवाआमालाई सुनाउन पाइनन्”
मंसिर २१, २०८१ शुक्रबार
गायिका स्मिता दाहालले गरिन् इन्गेजमेन्ट
मंसिर १८, २०८१ मंगलबार
गाजाको विषयलाई लिएर इजरायल र आयरल्यान्डबीच तनाव, इजरायलले दूतावास बन्द गर्ने
मंसिर ३०, २०८१ आइतबार
रविसहित ५१ जना प्रतिवादी, फरारको सूचीमा ३७ जना
पुष १, २०८१ सोमबार
जिल्लाको आदेश सदर गर्दै उच्च अदालतले भन्यो, बेचन झालाई थुनामै राख्नु
पुष १, २०८१ सोमबार
रविसहित ५१ जना प्रतिवादी, फरारको सूचीमा ३७ जना
पुष १, २०८१ सोमबार
नर्वेद्वारा युक्रेनी नौसेनालाई २४ करोड डलर सहयोग
पुष १, २०८१ सोमबार
जर्जिया स्की रिसोर्टमा कार्बन मोनोअक्साइड विषाक्तताबाट १२ जनाको मृत्यु
पुष १, २०८१ सोमबार
हुलाक सेवा संवेदनशील र महत्वपूर्ण छः सञ्चारमन्त्री गुरुङ
पुष १, २०८१ सोमबार